नेभिगेशन
मुख्य समाचार

पाँचथर बोलेरो दुर्घटनाः ज्यान गुमाउने ६ जनाको पहिचान खुल्यो

पाँचथर । तमोर कोरिडोरअन्तर्गत यहाँको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने छ जनाको पहिचान खुलेको छ ।  जिल्लाको मिक्वाखोला गाउँपालिका–४ साँवाबाट धरान जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो शनिबार मध्याह्न कुम्मायक–३ कात्तिकेमा सडकबाट करिब ३०० मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रुपेश तामाङका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा मोरङको उर्लाबारी नगरपालिका–८ की २८ वर्षीया मनिषा कार्की, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ की २९ वर्षीया युना तामाङ, ३३ वर्षीय धनकुमार चोङबाङ र ३२ वर्षीय अभिषेक लिम्बू, मेरिङदेन गाउँपालिका–२ का ३३ वर्षीय विनोद लङ्वा लिम्बू र मेरिङदेन गाउँपालिका–४ का २१ वर्षीया गीता हाङगाम छन् ।
    
घाइतेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमा मेरिङदेन–५ का २२ वर्षीय महेश लिम्बू र २५ वर्षीय विमल लिम्बू, मिक्वाखोला गाउँपालिका–४ का २५ वर्षीया मनु साँवा लिम्बू, सोही स्थानका सन्तोष लिम्बूका सात वर्षीय छोरा अनिश लिम्बू र ३० वर्षीय संजोहाङ लिम्बू तथा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का ३५ वर्षीय महेश गुरागाइँ रहेका छन् । बोलेरो आफैँ अनियन्त्रित भई सडकको दायाँतर्फबाट झरेको प्रहरीले जनाएको छ । 

CG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

टाटा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु

काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको ना.१ ज १७७८ नं.को सुमो गाडी सडकबाट अन्दाजी १०० मिटर तल खोल्सामा खस्न गई दुर्घटना भएको हो ।
जेनजी आन्दोलनः ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्

जेनजी आन्दोलनः ‘पसल पुगेर आउँछु’ भनेका निरज कहिल्यै फर्किएनन्

त्यो दिनको स्मरण गर्दै श्रीमती कमला अवस्थी भन्छिन्, “खाना खाएपछि पसल पुगेर आउँछु भनेर घरबाट निस्कनुभएको थियो, उहाँ महाराजगञ्ज जानु होला भन्ने कल्पना नै थिएन, तर उहाँ फर्केर...
डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न मानवअधिकार आयोगकाे आग्रह

डा. निकोलस भुसाल र हरिश विष्टको जीवन रक्षा गर्न मानवअधिकार आयोगकाे आग्रह

विज्ञप्तिमा भनिएको छ, “निजहरुको प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गर्दै वार्ताको माध्यमबाट अनसनरत व्यक्तिहरूको माग सम्बन्धमा निष्कर्षमा पुग्न, पु¥याउन र उनीहरूको जीवन रक्षा गर्न आयोग नेपाल सरकारको ध्यानाकर्षण...
तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा बाँकी उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली हुने अनुमान गरिएको...