नेभिगेशन
मुख्य समाचार

मिटर ब्याज पीडितलाई सिंहदरबार प्रवेशमै रोक

काठमाडौं । मिटर ब्याज पीडितलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । सरकारले नयाँ गठन गरेको जाँचबुझ अयोगसँग छलफलका लागि पुगेका मिटर ब्याज पीडितहरुलाई प्रहरीले दक्षिण गेटबाटै फर्काएको हो । 

मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविनका अनुसार सोमबार आयोगका टोलीसँग देशभरका मिटर ब्याज पीडितका प्रतिनिधिहरुले वार्ता गर्ने तय भएको थियो ।

CG

 त्यसैको तयारी स्वरुप आयोगको टोलीले नै पास पठाएर मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रिय पदाधिकारीहरु सिंहदरबार बाहिर पुगेका थिए । तर उनीहरुलाई गृह मन्त्रालयबाटै बस्न नदिनु भन्ने आदेश आएको भन्दै प्रहरीले छिर्न नदिएको प्रवक्ता नविनले जानकारी दिए । 

सरकारले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा बनाएको जाँचबुझ आयोगसँग मिटर ब्याज पीडितहरुले सोमबार छलफल गर्ने तय भएको थियो । 

सिंहदरबार गेटमा बसेका प्रहरीले भने नागरिकताको सक्कल कपि नभएकाले भित्र छिर्न नदिएको बताएपनि आयोगले पास पठाइसकेपछि प्रहरीले माथि आदेश भन्दै रोकेको पीडितहरुको दाबी छ । पास पठाउने सन्दर्भमा पनि आयोगले संख्या तोकेको भन्दै उनले भने,‘सरकारले अहिले तेस्रो आयोग गठन गरेको छ, यसभन्दा अघिका आयोगको गठन तथा विगठन तथा के कति काम भए भन्ने कुनै पनि जानकारी छैन। त्यही जानकारीका लागि आइतबार जान खोजेका थियौं।’

विगतका आयोगबाट के कति काम भए भनेर बुझ्न र सोमबार हुने भनिएको छलफलको पुर्व तयारी गर्न आयोगका पदाधिकारीसँग भेट्न खोजेको उनको भनाई छ । 


केहि दिन अघि रुपन्देही कारागारमा रहेको पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेटन् गएका मिटर ब्याज पीडितले पीडितहरुका लागि सिंहदरबारको गेट बन्द भएको गुनासो सुनाएका थिए  । 
लामिछाने गृह मन्त्री भएका बेला मिटर ब्याज पीडितका लागि ठोस कदमहरु चालिएपनि अहिलेको सरकारले वेवास्ता गर्दै आएको पीडितहरुको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

हेटौंडा सडक विस्तार २६ गतेसम्मलाई स्थगन

सर्वोच्चको अल्पकालिन पत्र कार्यालयमा आधिकारिक रुपमा नआएकाले हिजो शनिबार करिब ७ किलोमिटर क्षेत्रमा घरटहरा भत्काउने कार्य भएको थियो । तथ्यांक अनुसार हेटौंडा बजार क्षेत्रको ९.५ किलोमिटर क्षेत्रमा ५३१...
युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा छानबिन समिति गठन

युवतीले नागरिकता नपाएर आत्महत्या गरेको भनिएको घटनामा छानबिन समिति गठन

गृहमन्त्री ओमप्रकाश अर्यालले यस घटना बारेमा सर्वत्र चासो र चिन्ता प्रकट भएपछि मन्त्रालयको पनि गम्भीर ध्यानाकर्षण भनेको जनाउँदै सचिवस्तरीय निर्णय गर्दै सहसचिव पन्थीको संयोजकत्वमा मन्त्रालयकै उपसचिव कुलशेखर अर्याल...
आलु भित्राउँदै पनौतीका किसानहरु

आलु भित्राउँदै पनौतीका किसानहरु

नेपालमा उत्पादित अधिकांश आलु घरेलु रुपमा खपतमा प्रयोग हुन्छ। पहाडी क्षेत्रमा यो मुख्य खाद्यबाली हो भने सहरी क्षेत्रमा तरकारी र खाजाको रूपमा प्रयोग हुन्छ। औद्योगिक क्षेत्रमा भने चिप्स...
भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

भारतीय ट्रकको ब्रेक फेल हुँदा धादिङको धुनिबेसीमा एकै ठाउँमा ७ सवारी ठोक्किए

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार भारतीय नम्बर प्लेटको ट्रकको ब्रेक फेल भएपछि अन्य सवारीलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।