नेभिगेशन
समाज

मिटर ब्याज पीडितलाई सिंहदरबार प्रवेशमै रोक

काठमाडौं । मिटर ब्याज पीडितलाई सिंहदरबार प्रवेशमा रोक लगाइएको छ । सरकारले नयाँ गठन गरेको जाँचबुझ अयोगसँग छलफलका लागि पुगेका मिटर ब्याज पीडितहरुलाई प्रहरीले दक्षिण गेटबाटै फर्काएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय प्रवक्ता निर्ग नविनका अनुसार सोमबार आयोगका टोलीसँग देशभरका मिटर ब्याज पीडितका प्रतिनिधिहरुले वार्ता गर्ने तय भएको थियो ।

Ncell
Extreme Energy

 त्यसैको तयारी स्वरुप आयोगको टोलीले नै पास पठाएर मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलनका केन्द्रिय पदाधिकारीहरु सिंहदरबार बाहिर पुगेका थिए । तर उनीहरुलाई गृह मन्त्रालयबाटै बस्न नदिनु भन्ने आदेश आएको भन्दै प्रहरीले छिर्न नदिएको प्रवक्ता नविनले जानकारी दिए । 

सरकारले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा बनाएको जाँचबुझ आयोगसँग मिटर ब्याज पीडितहरुले सोमबार छलफल गर्ने तय भएको थियो । 

सिंहदरबार गेटमा बसेका प्रहरीले भने नागरिकताको सक्कल कपि नभएकाले भित्र छिर्न नदिएको बताएपनि आयोगले पास पठाइसकेपछि प्रहरीले माथि आदेश भन्दै रोकेको पीडितहरुको दाबी छ । पास पठाउने सन्दर्भमा पनि आयोगले संख्या तोकेको भन्दै उनले भने,‘सरकारले अहिले तेस्रो आयोग गठन गरेको छ, यसभन्दा अघिका आयोगको गठन तथा विगठन तथा के कति काम भए भन्ने कुनै पनि जानकारी छैन। त्यही जानकारीका लागि आइतबार जान खोजेका थियौं।’

विगतका आयोगबाट के कति काम भए भनेर बुझ्न र सोमबार हुने भनिएको छलफलको पुर्व तयारी गर्न आयोगका पदाधिकारीसँग भेट्न खोजेको उनको भनाई छ । 


केहि दिन अघि रुपन्देही कारागारमा रहेको पूर्व गृहमन्त्री रवि लामिछानेलाई भेटन् गएका मिटर ब्याज पीडितले पीडितहरुका लागि सिंहदरबारको गेट बन्द भएको गुनासो सुनाएका थिए  । 
लामिछाने गृह मन्त्री भएका बेला मिटर ब्याज पीडितका लागि ठोस कदमहरु चालिएपनि अहिलेको सरकारले वेवास्ता गर्दै आएको पीडितहरुको भनाई छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

अन्तिम विवरणअनुसार १४४ परिवार भूमिहीन दलित र १८१ परिवार भूमिहीन सुकुम्बासी गरी कूल ३२५ परिवार भूमिहीन कायम भएका छन् । त्यस्तै, छानबिनपछि २४२ परिवार अव्यवस्थित बसोबासीको सूचीमा परेका...
जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका माग सम्बोधन गर्न डेडिकेटेड टिम

गृह मन्त्रालयमा सोमबार गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा भएको छलफलमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम, प्रतिनिधिसभाका सदस्यहरू, मुख्य सचिव, गृहसचिव, जेन–जी आन्दोलनका शहीद परिवार तथा घाइतेका...
उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

उदयपुरमा अटो र बस ठोक्किँदा दुई जनाको मृत्यु, तीन घाइते

सोमबार बिहान करिब ९ः४५ बजे सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र. ०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट आउँदै गरेको को।१ ख ३५१६ नम्बरको सफल आदर्श इङ्लिस बोर्डिङ...
१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

१५ वर्षदेखि कमला पुल नबन्दा जोखिम मोलेर नदी पार गर्नुपर्ने बाध्यता (तस्बिरहरु)

पुल निर्माणमा भएको ढिलाइका कारण दैनिक आवतजावत गर्ने सर्वसाधारणले समय र अतिरिक्त रकम खर्च गर्नुपरेको छ। आकस्मिक अवस्थामा अस्पताल, बजार तथा अन्य सेवा लिन जानेहरूलाई समेत नदी वारपारको...