नेभिगेशन
मुख्य समाचार

प्रसव पीडाले सडकमै ढलेकी सुत्केरीलाई बचाउने महिला प्रहरी चन्द्रिका देउवा सम्मानित

काठमाडौँ । सडकमै बच्चा जन्माएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयोग गर्ने महिला प्रहरीलाई कैलाली प्रहरीले सम्मान गरेको छ । महिला प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नगद र प्रशंसापत्रसहित सम्मान गरेको हो ।  

मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका १ चैतन्यपुरमा चन्द्रा आचार्य प्रसव पिडाले छटपटाइरहेकी थिइन् । स्थानीय राम प्रसाद पाण्डेको आँगनमा आचार्य छट्पटिए पछि कसैले प्रहरीलाई खबर गरिदिएको थियो । प्रहरी चौकी खैरानाबाट प्रहरी हवल्दार सहित प्रहरी जवान चन्द्रिका देउवा यी महिला भएको ठाउँमा पुगेकी थिइन् । 

CG

प्रहरीलाई पहिले महिलाले अस्वभाविक गतिविध देखाएको भनेर स्थानीयले खबर गरेका थिए । तर त्यहाँ पुग्दा महिला सुत्केरी व्यथाले छट्पट्टिएकी थिइन् । उनको पीडा रमिता मानेर हेर्ने थुप्रै थिए तर उनलाई सहयोग गर्न कोहि अघि बढेनन् । उनलाई छुँदा रोग लाग्ने भन्दै मान्छेहरु छेउछाउनै आएनन् ।  त्यसपछि प्रहरी जवान चन्द्रिकाले आफैँ ति महिलालाई सुत्केरी गराउन लागिन् । 

झण्डै एक घण्टामा महिलाले छोरालाई जन्म दिइन् । चन्द्रिकाले महिलालाई छोराको अनुहार देखाइदिइन् र आफ्नै अंगालोमा सुरक्षित राखिन् । 

बैतडीकी प्रहरी जवान चन्द्रिका प्रहरी सेवामा लागेकाो ११ वर्ष भयो । यो ड्युटीमा आइपर्ने सबै खाले काम गरिन् तर यस्तो अवस्थामा आमाको उद्धार गर्नु परेको थिएन । प्रसव पीडाले छटपट्टिएकी महिला देखेपछि र स्थानीयले दुरदुर गरेको देखेपछि ति महिलालाई बचाउनै पर्छ भनेर आँटेको देउवा बताउँछिन् । 

२ वर्षको छोराकी आमा समेत रहेकी चन्द्रिकालाई सुरुमा प्रसुती गराउन डर लागेपनि, कुनै हालतमा महिलालाई बचाउन पर्छ भनेर सहयोग गर्न लागेको बताउँछिन् । 

बच्चा जन्मिएको केहि बेरपछि अत्तरीया स्थित पद्मा अस्पतालबाट डाक्टर गणेश फुलारा सहितको टोली पुगेको थियो । डा. फुलाराका अनुसार अस्पतालको टोली पुग्ने बेलासम्म प्रहरी जवान चन्द्रिकाले आमा र बच्चालाई खतरा मुक्त गराइसकेकी थिइन् । 

इलाका प्रहरी कार्यालय अत्तरीयाका डिएसपी रणबहादुर चन्दका अनुसार सुत्केरी महिला सुर्खेतको भेरिगंगा ८ माइतीघर भएकी २४ वर्षीय चन्द्रा आचार्य हुन् । उनका श्रीमान् बझाङ थलाराका २४ वर्षिय डम्बर जोशी हुन् । 

केही सयम अघिनै श्रीमान् भारत तर्फ लागेपछि कैलालीमा चन्द्रा एक्लै थिइन् । स्थानीयले मानसिक अवस्था असामान्य भएकाले बेवारीसे अवस्थामा भेटिएको दाबी गरेपनि चन्द्रा त्यस्तो नभएको पद्यम अस्पतालका डाक्टर गणेश फुलाराले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...