नेभिगेशन
समाज

प्रसव पीडाले सडकमै ढलेकी सुत्केरीलाई बचाउने महिला प्रहरी चन्द्रिका देउवा सम्मानित

काठमाडौँ । सडकमै बच्चा जन्माएकी महिलालाई सुरक्षित प्रसुती गराउन सहयोग गर्ने महिला प्रहरीलाई कैलाली प्रहरीले सम्मान गरेको छ । महिला प्रहरी जवान चन्द्रिका देउवालाई जिल्ला प्रहरी कार्यालय कैलालीले नगद र प्रशंसापत्रसहित सम्मान गरेको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार बिहान कैलालीको गोदावरी नगरपालिका १ चैतन्यपुरमा चन्द्रा आचार्य प्रसव पिडाले छटपटाइरहेकी थिइन् । स्थानीय राम प्रसाद पाण्डेको आँगनमा आचार्य छट्पटिए पछि कसैले प्रहरीलाई खबर गरिदिएको थियो । प्रहरी चौकी खैरानाबाट प्रहरी हवल्दार सहित प्रहरी जवान चन्द्रिका देउवा यी महिला भएको ठाउँमा पुगेकी थिइन् । 

Ncell
Extreme Energy

प्रहरीलाई पहिले महिलाले अस्वभाविक गतिविध देखाएको भनेर स्थानीयले खबर गरेका थिए । तर त्यहाँ पुग्दा महिला सुत्केरी व्यथाले छट्पट्टिएकी थिइन् । उनको पीडा रमिता मानेर हेर्ने थुप्रै थिए तर उनलाई सहयोग गर्न कोहि अघि बढेनन् । उनलाई छुँदा रोग लाग्ने भन्दै मान्छेहरु छेउछाउनै आएनन् ।  त्यसपछि प्रहरी जवान चन्द्रिकाले आफैँ ति महिलालाई सुत्केरी गराउन लागिन् । 

झण्डै एक घण्टामा महिलाले छोरालाई जन्म दिइन् । चन्द्रिकाले महिलालाई छोराको अनुहार देखाइदिइन् र आफ्नै अंगालोमा सुरक्षित राखिन् । 

बैतडीकी प्रहरी जवान चन्द्रिका प्रहरी सेवामा लागेकाो ११ वर्ष भयो । यो ड्युटीमा आइपर्ने सबै खाले काम गरिन् तर यस्तो अवस्थामा आमाको उद्धार गर्नु परेको थिएन । प्रसव पीडाले छटपट्टिएकी महिला देखेपछि र स्थानीयले दुरदुर गरेको देखेपछि ति महिलालाई बचाउनै पर्छ भनेर आँटेको देउवा बताउँछिन् । 

२ वर्षको छोराकी आमा समेत रहेकी चन्द्रिकालाई सुरुमा प्रसुती गराउन डर लागेपनि, कुनै हालतमा महिलालाई बचाउन पर्छ भनेर सहयोग गर्न लागेको बताउँछिन् । 

बच्चा जन्मिएको केहि बेरपछि अत्तरीया स्थित पद्मा अस्पतालबाट डाक्टर गणेश फुलारा सहितको टोली पुगेको थियो । डा. फुलाराका अनुसार अस्पतालको टोली पुग्ने बेलासम्म प्रहरी जवान चन्द्रिकाले आमा र बच्चालाई खतरा मुक्त गराइसकेकी थिइन् । 

इलाका प्रहरी कार्यालय अत्तरीयाका डिएसपी रणबहादुर चन्दका अनुसार सुत्केरी महिला सुर्खेतको भेरिगंगा ८ माइतीघर भएकी २४ वर्षीय चन्द्रा आचार्य हुन् । उनका श्रीमान् बझाङ थलाराका २४ वर्षिय डम्बर जोशी हुन् । 

केही सयम अघिनै श्रीमान् भारत तर्फ लागेपछि कैलालीमा चन्द्रा एक्लै थिइन् । स्थानीयले मानसिक अवस्था असामान्य भएकाले बेवारीसे अवस्थामा भेटिएको दाबी गरेपनि चन्द्रा त्यस्तो नभएको पद्यम अस्पतालका डाक्टर गणेश फुलाराले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै