नेभिगेशन
समाज

सतिघाटमा ‘फेरी’कै भर थियो, त्यही पनि बन्द हुँदा समस्यामा सर्वसाधारण

सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुदा वैकल्पिक उपायको रुपमा ‘फेरी’ सञ्चालन गरिएपनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ ।

काठमाडौँ । भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल बन्न नसक्दा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको सतिघाटमा पक्की पुल नहुँदा  सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका हुन् । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुदा वैकल्पिक उपायको रुपमा ‘फेरी’ सञ्चालन गरिएपनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ ।  

Ncell
Extreme Energy

अहिले पनि पानीको बहाव बढेपछि पूर्ण रुपमा ‘फेरी’ बन्द भएको छ । जसका कारण झोलुङ्गे पुलबाट नै आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको भोजपुर षडानन्द नगरपालिका–४ स्थीत सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन भट्टराईले बताए । 

सो क्षेत्रबाट चूनाव जितेर पटक पटक राजनीतिक दलका नेता सत्तामा पुगेपनि सतिघाटमा पक्की पुल निर्माणमा चासो नदेखाउदा आफुहरु समस्यामा परेको  उनले बताए । 

pul-tardai-1747823591.jpg
 

‘फेरी’ बन्द हुँदा सवारी साधनहरु नदीको किनारमा नै रोकिने गरेको छ । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन नसकेको भोजपुरबासी कल्पना बस्नेतले बताए । उनले पुल नहुदा बोकेर सामान ओसार पसार गर्नुपर्दा महङ्गी बढेको र भनेको समयमा पनि पुग्न नसकिएको गुनासो गरे । 

अरुण नदीमा पुल नहुँदा सामानओसारका लागि भरियाको भर पर्नुपरेको छ । भरियाले प्रतिकिलो डेड रुपैयाका दरले भारी बोक्दै आएका छन् । ‘फेरी’ले केही समय नदी तर्ने समस्या समाधान गरेपनि स्थायी समस्याको समाधान लागि पक्की पुल बन्नुपर्ने स्थानीयहरुको माग छ । स्थानीय सरकारले पक्की पुल निर्माणको लागि पहल गरेपनि बन्न भने नसकेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

५ हजार बेपत्ता हुँदा ४ जनाको पुनर्जन्म

रसुवादेखि धादिङसम्म विपत्ति मच्चाएको भदौ १० गतेको बाढीले कति मानिसलाई बगायो ? कति मानिसको मृत्यु भयो ? वा कति मानिस अझै जीवनको पर्खाइमा छन् ? यसको कुनै टुंगो...
बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भन्ने आवाज आयो, त्यसपछि ६४ वर्षीया चन्द्रीकाको उद्धार भयो

तर, खोज तथा उद्धारमा खटिएका सुरक्षा फौजको संयुक्त टोलीले विनाशकारी बाढीमा पुरिएको एउटा घरबाट ११औँ दिनमा एक महिलाको जीवितै उद्धार ग¥र्यो । टोलीले बेत्रावतीका आनन्दलाल श्रेष्ठको श्रीमती ६४...
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

बाढीले जिल्लामा ४१ किलोमिटर सडक, छ वटा पक्की पुल, आठ वटा ‘बेलिब्रिज’ र १० वटा झोलुङ्गे पुल बगाएको छ । बाढीबाट भोटेकोशी र त्रिशूली नदी तथा लाङ्टाङ खोलामा...

भर्खरै