नेभिगेशन
मुख्य समाचार

सतिघाटमा ‘फेरी’कै भर थियो, त्यही पनि बन्द हुँदा समस्यामा सर्वसाधारण

सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुदा वैकल्पिक उपायको रुपमा ‘फेरी’ सञ्चालन गरिएपनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ ।

काठमाडौँ । भोजपुर–संखुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा पक्की पुल बन्न नसक्दा सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका छन् । 

उत्तरी क्षेत्रबाट अन्य जिल्ला प्रवेश गर्ने मुख्य नाकाका रुपमा रहेको सतिघाटमा पक्की पुल नहुँदा  सर्वसाधारणहरु सास्ती भोग्न बाध्य भएका हुन् । भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने भोजपुरको षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीमा पक्की पुल नहुदा वैकल्पिक उपायको रुपमा ‘फेरी’ सञ्चालन गरिएपनि हावाहुरी तथा पानीको बहाव बढेसँगै फेरी बन्द हुने गरेको छ ।  

CG

अहिले पनि पानीको बहाव बढेपछि पूर्ण रुपमा ‘फेरी’ बन्द भएको छ । जसका कारण झोलुङ्गे पुलबाट नै आवतजावतसँगै पिँठ्यूमा बोकेर सामान ओसार्नुपर्ने बाध्यात्मक अवस्था रहेको भोजपुर षडानन्द नगरपालिका–४ स्थीत सारदा आधारभूत विद्यालयका प्रधानाध्यापक मधुसुदन भट्टराईले बताए । 

सो क्षेत्रबाट चूनाव जितेर पटक पटक राजनीतिक दलका नेता सत्तामा पुगेपनि सतिघाटमा पक्की पुल निर्माणमा चासो नदेखाउदा आफुहरु समस्यामा परेको  उनले बताए । 

pul-tardai-1747823591.jpg
 

‘फेरी’ बन्द हुँदा सवारी साधनहरु नदीको किनारमा नै रोकिने गरेको छ । सतिघाटमा पक्की पुल निर्माणको लागि राज्यले ध्यान दिन नसकेको भोजपुरबासी कल्पना बस्नेतले बताए । उनले पुल नहुदा बोकेर सामान ओसार पसार गर्नुपर्दा महङ्गी बढेको र भनेको समयमा पनि पुग्न नसकिएको गुनासो गरे । 

अरुण नदीमा पुल नहुँदा सामानओसारका लागि भरियाको भर पर्नुपरेको छ । भरियाले प्रतिकिलो डेड रुपैयाका दरले भारी बोक्दै आएका छन् । ‘फेरी’ले केही समय नदी तर्ने समस्या समाधान गरेपनि स्थायी समस्याको समाधान लागि पक्की पुल बन्नुपर्ने स्थानीयहरुको माग छ । स्थानीय सरकारले पक्की पुल निर्माणको लागि पहल गरेपनि बन्न भने नसकेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्रीको राजीनामा माग्दै आमरण अनसनमा निकोलस भुसाल (तस्बिरहरु)

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गर्दै डा. निकोलस भुसालले माइतीघरमा आमरण अनसन सुरु गरेका छन् । उनले  पुस ८ गते राती १० बजेदेखि अनसन सुरु गरेका हुन् ।
हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडा सडक विस्तारका पीडितहरूको माइतिघरमा बाजा सहित विरोध प्रदर्शनी (तस्बिरहरु)

हेटौंडामा २५ गजको सडक सीमाभित्रका मुख्य बजार क्षेत्रका घरटहराहरु सरकारी पक्षले भत्काएपछि त्यहांका स्थानियहरूले प्रदर्शन गरेका हुन् । माइतिघरमा भेला भएर उनीहरूले प्ले कार्ड प्रदर्शन गरेर र धिमे...
अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालयमा बिदा दिइएको उहाँले जानकारी दिए । केही दिनदेखि बढेको शीतलहर र चिसोका कारण रौतहटको जनजीवन प्रभावित बनेको छ ।
अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

अन्तिम समयमा किन रोकियो धोबीखोला करिडोरका १८८ रोपनी अतिक्रमित संरचना हटाउने निर्णय ?

सोही अनुसार विकास प्राधिकरणले भत्काउने पर्ने संरचना र फिल्डको नक्साङ्कन समेत गरेर पुस ५ गते शनिबार बिहान ८ बजेका लागि भत्काउने समय तय गरेको थियो । तर, शुक्रबार...