नेभिगेशन
सबै कुरा

सर्वोच्चको आदेशपछि रिगल भनिने योगराज ढकाल नेपालगंजबाट पक्राउ

कैद मिनाहको निर्णय बदर गर्ने सर्वोच्चको परमादेश पछि रिगल भनिने योगराज ढकाल नेपालगंजबाट पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको जनाएकाे छ ।  अब रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद बस्नु पर्ने छ  । 

बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्यायाधीशहरू सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएसगै ढकालले अब बाँकी कैद कारागारमै बसेर पुरा गर्नु पर्ने छ । 

CG

सर्वोच्चले  रिगललाई तत्काल पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैदमध्ये उनीबाट बाँकी सजाय असुल गर्न भनेको छ। 

सर्वोच्चको आदेशमा भनिएको छ‘रिगललाई तकाल पक्राउ गरी उल्लेख भएबमोजिम कर्तव्य ज्यान मुद्दामा ठहर भएको जन्मकैद मध्ये निजबाट असुल उपर हुन बाँकी देखिएको ११ वर्ष ११ महिना ५ दिन कैद निजलाई कारागारमा राखेर कानुनबमोजिम असुल गर्नू भनी प्रतयार्थीहरूका नाममा परमादेश जारी हुने ठहर्छ,’

यस्तै सर्वोच्चको आदेशमा भनिएको छ ‘प्रत्यर्थमध्येका रिगल ढकाललाई कर्तव्य ज्यान मुद्दामा सुरूमा बाँके जिल्ला अदालत र उच्च जिल्ला अदालत तुलसीपुर, नेपालगञ्ज इजलासबाट हुने ठहर गरिएको जन्मकैदको सजायमध्ये भुक्तान गर्न बाँकी कैद सजाय कट्टा गर्ने (कम गर्नेरछोट्याउने) गरी भएका काम कारबाही, सम्माननीय राष्ट्रपतिबाट भएको निर्णय र सो सम्बन्धी पत्राचारहरू समेत उत्प्रेषणको आदेशले बदर,’ गरेको छ । 

रिगल असोज ३ गते संविधान दिवसका दिन राष्ट्रपतिबाट कैद मिनाह पाएर छुटेका थिए । सरकारले रिगलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरूद्ध चेतनकी श्रीमती भारती मानन्धरले गत असोज २२ गते सर्वोच्चमा रिट दायर गरेकी थिइन् । 

उक्त रिटलाई सर्वोच्चले प्राथमिकताका साथ हेरेको थियो । बुधबार सुनुवाइ सकेर बिहीबारका लागि निर्णय सुनाउने समय तोकेको थियो ।

०७२ असार २८ गते नेपालगञ्जको धम्बोझी चोक नजिकै रिगलले चेतन मानन्धरमाथि खुँडा प्रहार गरी हत्या गरेका थिए ।

जिल्ला अदालत बाँकेले ०७६ वैशाखमा मानन्धरको हत्यामा रिगललाई दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय तोकेको थियो ।  तर उनि ८ वर्ष मात्रै कारागार बसेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

आयोगले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो ।
भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  ...
नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको...