नेभिगेशन
समाज

बन्न सुरु भएको १० वर्षपछि सम्पन्न भयो कटारी नगरपालिकाको प्रशासकीय भवन, शनिवार उद्घाटन

उदयपुर । कटारी नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको  शनिवार एक विशेष समारोहबिच उद्घाटन भएको छ। नगरप्रमुख राजेशचन्द्र श्रेष्ठ र उपप्रमुख गीता खड्काले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।

भवन निर्माण सुरु भएको १० वर्षपछि कटारी नगरपालिकाले सुविधा सम्पन्न भवन पाएको हो । २०७२ सालमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल रहँदा भवनको पहिलो तल्लाको ठेक्का लागेको थियो। भ्याटसहित ३ करोड १५ लाखमा जोशी आजाद जेभीले  ठेक्का लिएर पहिलो तल्ला निर्माण गरेको हो। भवन शिलान्यास भने तत्कालीन कार्यालय प्रमुख पुण्यप्रसाद पौडेलको समयमा गरिएको थियो ।

CG

पछिल्लो पटक २०७९ चैत ३० मा भुस्नाम्छा प्राइम बेल्टार  जेभीले भ्याट बाहेक ५ करोड ५६ लाख ५३ हजार २४२ रुपैयाँमा ठेक्का लिएर काम गरेको नगरपालिकाका इन्जिनियर अरुण हमालले बताए ।

तीन तलाको उक्त भवनमा नगर प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कक्षका साथै शिक्षा, लेखा न्यायिक समिति, कृषि, पशु, योजना शाखा, प्रशासन, स्वास्थ्य शाखा लगायत रहेका छन्। भवनमा ३० वटा कोठा र एउटा आकर्षक सभा हल रहेको छ। विशेष गरी, यो भवन अपाङ्गमैत्री बनाइएको छ र अशक्त तथा ज्येष्ठ नागरिकहरूका लागि लिफ्टको व्यवस्था गरिएको प्रमुख प्रशासकीय अधिकृत राजन थापाले बताए। यो भवनले सेवाग्राही र नागरिकहरूलाई सरल, सहज र झन्झटमुक्त सेवा प्रदान गर्ने लक्ष्य राखिएको अधिकृत थापाले जानकारी दिए। 

नगरप्रमुख श्रेष्ठले उद्घाटन समारोहमा बोल्दै भवनले सुशासन र समृद्धिको अभियानलाई थप सशक्त बनाउने बताए । “यो भवन केवल इँटाको संरचना मात्र होइन, यो कटारीवासीको समृद्धि र सुविधाको प्रतीक हो ।’, मेयर श्रेष्ठले बताए। आफू निर्वाचित भएर आएपछि स्वास्थ्य र शिक्षामा सुधारोन्मुख कामहरू भएको मेयर श्रेष्ठको भनाई थियो। उपप्रमुख गीता खड्काले जनताको नजिकको सरकार स्थानीय सरकार भएकाले नागरिकलाई छिटोछरितो सेवा प्रदान गर्न भवन कोसे ढुङ्गा साबित हुने विश्वास रहेको बताइन्। 

Udaypur-1748755644.jpg
कार्यक्रममा कटारी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका राजन थापालाई स्वागत गरिएको थियो । त्यसै गरी पूर्व जनप्रतिनिधि ,इलाका प्रहरी कार्यालय कटारीका प्रमुख तथा डिएसपी कमल बजगाईँ,कटारी अस्पताल प्रमुख तथा मेडिकल सुपरिटेन्डेन्ट डाक्टर गौरव शाह , कटारी नगरपालिकाको पूर्व इन्जिनियर प्रियङ्का थापा लगायतलाई सम्मान गरेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले नगरपालिकाको नव निर्मित प्रशासकीय भवनबाट जनप्रतिनिधि र कर्मचारीहरूले नागरिकमैत्री सेवा प्रवाह गर्नु पर्नेमा जोड दिएका थिए । नगरपालिका क्षेत्रमा अझै पनि विभिन्न समस्या, चुनौती रहेकाले नगरपालिकाले गम्भीरताका साथ पालिकाको समस्याहरूलाई समाधान गर्न तर्फ लाग्नुपर्नेमा जोड दिएका थिए ।

उद्घाटनको समयमा शिलालेखमा आफूहरूको नाम नराखिएको भन्दै कार्यपालिकाका केही सदस्यले विरोध समेत गरेका थिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

शुल्क महँगो भएकाले आन्तरिक तथा बाह्य पर्यटकहरु यो गतिविधिबाट टाढिन थालेको एभिया क्लबकी प्रबन्ध निर्देशक नतासा श्रेष्ठको बुझाइ छ । “पहिले धेरै राम्रो थियो तर अहिले शुल्क महँगो...
डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न

सत्तरी प्रतिशत काम गर्न पाँच वर्ष लगाएको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको ठेकेदारलाई बाँकी ३० प्रतिशत काम पाँच महिनामा पुरा गर्न चुनौति छ ।
किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राईको धर्मसंस्कृति र परम्परा झल्काउने पार्क निर्माण

किराँत राई समुदायको परम्परागत संस्कार र संस्कृतिसँग सम्बन्धित मूर्ति र  वनस्पतिहरु, सुप्तुलुङ (चुला)लगायत संरचना भएको लालीखर्कमा निर्माण गरिएको पार्क पछिल्ला दिनमा आन्तरिक पर्यटकीय स्थलका रुपमा  विकसित भएको छ...
मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

मुलुक हरेक दृष्टिकोणले सम्पन्न छः अध्यक्ष लिङ्देन

झापाको हल्दिबारी गाउँपालिका–१ र ५ जोड्ने भुल्का मार्गको बुधबार उद्घाटन गर्दै उनले हरेक दृष्टिकोणले सम्पन्न नेपाल नबन्नुपर्ने कुनै कारण नरहेको धारणा व्यक्त गरेका हुन ।