नेभिगेशन
सबै कुरा

रिगल प्रहरीले अदालतमा लग्यो, अदालतले कारागार पठाउँदै

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले रिगल भनिने योगराज ढकाललाई अदालतमा उपस्थित गराएको छ ।

हिजो सेतुबिक चोकबाट पक्राउ गरिएको रिगललाई प्रहरीले एक दिन जिल्ला प्रहरी कार्यालयमा राखेर अदालतमा बुझाएको हो ।

CG


बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डांगीले प्रहरीले रिगललाई १० बजे अदालत खुल्ने बित्तिकै पठाएको जानकारी दिए । अब अदालतले उनलाई कारागार पठाउँछ ।

रिगललाई बाँके कारागारमा पठाएमा त्यही मुद्दामा कारागारमा रहेकासंग झडप हुन सक्ने धेरैले अकलन गरेका छन् । किनकी झडपकै डरले यसअघि रिगललाई नेपालगञ्ज ल्याउन दिइएको थिएन ।

२०७२ असार २८ गते चेतन मानन्धरको हत्या गरेको अभियोगमा रिगललाई सर्वस्वसहित कैद सजाय भएको छ । संविधान दिवसका दिन राष्ट्रपतिबाट माफी पाएपछि रिगल छुटेका थिए । चेतनकी श्रीमती भारतीले माफी बदरको माग गरेर सर्वोच्च गएपछि अदालतले आममाफीलाई उल्ट्याइदिएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

आयोगले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो ।
भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  ...
नक्कली नोटसहित एक जना पक्राउ

नक्कली नोटसहित एक जना पक्राउ

‘अनटेष्ट’ लेखिएको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा जिल्लाकै कौडेना गाउँपालिका–५ छपकैयाका ३० वर्षीय फिरोज खानलाई उक्त नोटसहित पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

यापर स्यामुएद्वारा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको स्वीकार

प्रहरीका अनुसार, स्थानीय समयअनुसार गत अक्टोबर १८ राति ११ः३० बजे इल्फोर्डको रेडब्रिजमा २० वर्षीय नेपाली विद्यार्थी युविन लामाङलाई ठक्कर दिएपछि स्यामुयल घटनास्थलमा नरोकिई भागेका थिए । ठक्कर दिएको...