नेभिगेशन
समाज

बानेश्वरमा अल्टिमाको नयाँ स्टोर सञ्चालन, आउटलेट भ्रमण गर्ने ग्राहकलाई अफरै अफर

काठमाडौँ । नेपालको अडियो तथा वेयरेबल प्रविधि ब्रान्ड अल्टिमा लाइफस्टाइलले आज नयाँ बानेश्वर, काठमाडौँमा आफ्नो तेस्रो आधिकारिक रिटेल स्टोरको उद्घाटन गरेको छ। यसै अवसरमा कम्पनीले आफ्नो नयाँ तथा हालसम्मकै सबैभन्दा प्रिमियम स्मार्टवाच अल्टिमा म्याग्नम ई-७०० सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उद्घाटनको अवसरमा ग्राहकहरूका लागि विशेष अफर पनि ल्याइएको छ। कुनै पनि आधिकारिक आउटलेटमा भ्रमण गर्ने ग्राहकहरुका लागि विशेष इन स्टाेर लन्च अफरहरु प्रदान गर्दैछ । 

Ncell
Extreme Energy

ग्राहकहरुले ५ हजार ९ सय ९९ रुपैयाँ खर्च गर्दा २ हजार ४ सय ९९ मूल्य बराबरकाे अल्टिमा एटम १९२ निशुल्क पाउनेछन् । त्यस्तै ७ हजार ९ सय ९९ रुपैयाँ खर्च गर्दा ३ हजार ४ सय ९९ मूल्य बराबरकाे अल्टिमा मार्भल निशुल्क पाउनेछन् भने ११ हजार ९ सय ९९ रुपैयाँ खर्च गर्दा ५ हजार ९ सय ९९ रुपैयाँ बराबरकाे अल्टिमा वाच सर्कल २.० निशुल्क पाउनेछन् । 

यसैगरी, अल्टिमा डटकम डट एनपी, अल्टिमाको आधिकारिक स्टोरहरू र दराजमार्फत अल्टिमा वाच म्याग्नम ई-७०० खरिद गर्ने ग्राहकहरूले रु. १ हजार ४ सय ९९ मूल्यको निःशुल्क स्टेनलेस स्टील स्ट्र्याप प्राप्त गर्नेछन् ।

अल्टिमा लाइफस्टाइलले नेपाली उपभोक्ताहरूलाई अत्याधुनिक प्रविधि अनुभवहरू प्रदान गर्ने आफ्नो प्रतिबद्धता विस्तार क्रम जारी राखेको छ। नयाँ बानेश्वरमा शुरु भएको कम्पनीको स्टोर ब्रान्डको द्रुत वृद्धि र लोयल ग्राहक आधारको प्रमाण भएकाे जनाएकाे छ । 

म्याग्नम ई ७०० अल्टिमाको अहिलेसम्मकै सबैभन्दा प्रिमियम स्मार्टवाच हो । जसमा: जीवन्त ३६.३३ एमएम ट्रु एमाेलेड डिस्प्ले, स्वचालित स्वास्थ्य ट्र्याकिङ, आईओएस र एन्ड्राेइडकाे लागि अल्टिमा फिट एप समर्थन, आईपी ६८ वाटरप्रुफ, ब्लुटुथ संस्करण ५.३, १००० निट्स ब्राइटनेस, शक्तिशाली ३९० एमएएच ब्याट्री समावेश छ, जसले ७-९ दिनको प्रयोग र ३० दिनसम्मको स्ट्यान्डबाइ प्रदान समय गर्छ। जसमा १ वर्षकाे वारेन्टी समेत कम्पनीले प्रदान गर्दछ । यो आधुनिक जीवनशैलीका लागि बनाइएको अत्याधुनिक प्रविधि र बोल्ड डिजाइनको उत्तम संयोजन हो।

11253803062025Lruy5X-1749052526.webp
अल्टिमा म्याग्नम ई७०० यही जेठ २२ (जुन ५) देखि अल्टिमाको आधिकारिक वेबसाइट (Ultima.com.np) र स्टोरहरू (पुल्चोक, पुतलीसडक, नयाँ बानेश्वर) मा रु. ४,९९९ मूल्यमा उपलब्ध हुनेछ। साथै, यो उत्पादन दराज, खल्ती, जेभी, हुकुत, ब्रदरमार्ट, नियो स्टोर लगायत अन्य खुद्रा स्टोरहरूमार्फत पनि किन्न सकिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा रु ८,००० सम्म छुट

एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा रु ८,००० सम्म छुट

यो साझेदारी अन्तर्गत रु ९९ वा सोभन्दा बढी मूल्यको प्याक खरिद गर्ने हरेक एनसेल ग्राहकले अब बस टिकट बुकिङ, आन्तरिक हवाई यात्रा र साहसिक गतिविधिलगायतका कार्यमा आकर्षक छुट...
रसुवा भन्सारबाट विद्युतीय सवारी आयात गर्दा कैफियत गर्ने १३ जना कर्मचारी निलम्बित, साइमेक्स इन्ङ्कसहित १ दर्जन कम्पनीलाई कारबाही सिफारिस

रसुवा भन्सारबाट विद्युतीय सवारी आयात गर्दा कैफियत गर्ने १३ जना कर्मचारी निलम्बित, साइमेक्स इन्ङ्कसहित १ दर्जन कम्पनीलाई कारबाही सिफारिस

सो कार्यमा संलग्न विद्युतीय सवारीसाधन पैठारीकर्ताहरू लक्ष्मी ई माेबिलिटी (Laxmi E-mobility Pvt. Ltd. Kathmandu), साइमेक्स इन्ङ्क(Cimex Inc.Pvt.Ltd.Kathmandu), सिजि माेटर्स (C.G. Motors Pvt. Ltd. Lalitpur) पुजा इन्टरनेसनल(Puja International Nepal...
उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

उच्चले पनि भन्यो– दिपक भट्ट र सुलभ अग्रवाललाई थुनामै राख्नु

बैंकिङ कसुर मुद्दामा न्यायाधीशद्वय ऋषि राजभण्डारी र सोमकान्त मैनालीको इजलासले थुनामा पठाउन आदेश दिएको हो ।
दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

दीपक भट्ट र सुलभ अग्रवाल कारागार चलान

भट्ट चैत १९ गते रअग्रवाल चैत २२ गते पक्राउ परेका थिए । भट्टलाई २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ रअग्रवाललाई २५ अर्ब ५९ करोड...