नेभिगेशन
समाज

दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिन्यान्स आप्रवाह भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो । 

Ncell
Extreme Energy

गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि  चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् । 

प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता रु दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो ।

वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर रु आठ अर्ब ४८ करोड रहेको छ भने रु १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । समीक्षा अवधिमा शोधनान्तर बचत रु चार खर्ब ३८ अर्ब ५२ करोड रहेको छ । विदेशी विनिमय सञ्चिति रु २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । 

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

एयरपोर्टमा एम्बुलेन्स स्ट्यान्डबाइ, गेटमा आफन्त पर्खिनेको भीड (तस्बिरहरू)

त्रिभुवन विमानस्थलमा एम्बुलेन्सहरु तयारी अवस्थामा छन्। कतै हेलिकोप्टरले आफ्नो मान्छे ल्याइहाल्छ कि भन्ने आशामा बेपत्ताका आफन्तहरु विमानस्थल बाहिर कुरिरहेका छन्।
चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

चितवन अस्पतालको कारुणिक दृष्यः फोटो बोकेर आफन्तको पर्खाइ (फोटोकथा)

अस्पतालको शव गृहबाहिर अन्य बेपत्ताका परिवार र आफन्त पनि जम्मा भएका छन् । उनीहरुले फोटो प्रिन्ट गरेर र मोबाइलमा आफूले खोजी गरिरहेकाहरुको तस्बिर लिएर आएका छन् ।
भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भोटेकोशी बाढी– दिनभर केके भए, कहाँ कति क्षति?

भौतिक क्षति त एउटा कुरा भयो, यो भन्दा ठूलो क्षति मानवीय क्षति हो । सुरक्षा पहरा दिँदै गरेका सुरक्षाकर्मी बेपत्ता छन्, भन्सारमा काम गर्दै गरेका कर्मचारी सम्पर्कविहीन छन्...
खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

खोज तथा उद्धारका लागि सेनाका दुई वटा हेलिकप्टर त्रिशूली बजारमा अवतरण भएका छन् ।  त्रिशूली जिल्ला अस्पतालमा आपतकालीन मेडिकल टोली पनि पुगेको छ ।