नेभिगेशन
मुख्य समाचार

दश महिनामा १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको दश महिनामा रु १३ खर्ब ५६ अर्ब ६१ करोड रेमिन्यान्स आप्रवाह भएको छ ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दश महिनाको तथ्याङ्कमा आधारित भएर आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक प्रतिवेदनअनुसार गत वैशाख मसान्तसम्म उक्त रकम स्वदेश भित्रिएको हो । वैशाख महिनामा मात्र रु एक खर्ब ६५ अर्ब ३० करोड भित्रिएको थियो । 

CG

गत वैशाख मसान्तसम्ममा वैदेशिक रोजगारीका लागि  चार लाख पाँच हजार ६१० जनाले अन्तिम स्वीकृति र दुई लाख ८० हजार ३१४ ले पुनः श्रम स्वीकृति लिएका छन् । 

प्रतिवेदनअनुसार वैशाख मसान्तसम्ममा मुलुकको चालु खाता रु दुई खर्ब ५५ अर्ब ९३ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु एक खर्ब ९३ अर्ब ३१ करोडले बचतमा थियो ।

वैशाख मसान्तसम्ममा खुद पुँजीगत ट्रान्सफर रु आठ अर्ब ४८ करोड रहेको छ भने रु १० अर्ब ६० करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । समीक्षा अवधिमा शोधनान्तर बचत रु चार खर्ब ३८ अर्ब ५२ करोड रहेको छ । विदेशी विनिमय सञ्चिति रु २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ । 

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रमा रहेको विदेशी विनिमय सञ्चितिले १७ दशमलव चार महिनाको वस्तु आयात र १४ दशमलव छ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने केन्द्रीय बैंकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

ललितपुरको ठेंचोमा यसरी भयो माधव नारायणको नगर यात्रा (तस्बिरहरु)

स्थानीयका अनुसार खासिलाई गोसाइँकुण्ड र बालकलाई भगवान शिव को प्रतिकको रुपमा लिइन्छ । माधव नारायण मेला र जात्रा पुस शुक्ल पूर्णिमादेखि सुरु भएर माघ शुक्ल पूर्णिमासम्म मनाउने श्री...
सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

सूनको मूल्य हालसम्मकै उच्च, प्रतितोला ३ लाख ९ हजार पुग्यो

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला  हजार २ सय रुपैयाँले बढेर ३ लाख ९ हजार रुपैयाँ पुगेको हाे ।
देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

देशको पश्चिमी क्षेत्रमा हिमपात र वर्षा हुँदा काठमाडौँको आकाश धुम्म

दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा...
मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

मौसम बदलीः यी जिल्लामा भए वर्षा र हिमपात

विभागका अनुसार बागलुङ, म्याग्दी, रुकुमपूर्व, रोल्पा, दाङ बाँके, बर्दिया, सुर्खेत, गुल्मीलगायत जिल्लामा पनि हल्का वर्षा र हिमपात भएको छ ।

भर्खरै