नेभिगेशन
समाज

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

काठमाडौँ । एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमजीको बिको (BICO) (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ र बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ। ५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ।

Ncell
Extreme Energy

यस्ता छन् अपग्रेड गरिएका फिचरहरू

रियर पार्किङ क्यामेरा 

सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि

फास्ट चार्जिङ (7 kW) 

३.५ घण्टामै ०% बाट १००% चार्ज हुने— छिटो, सहज र प्रभावकारी

पावर फोल्डेबल साइड मिरर (ORVMs)

स्टाइल र स्पेस दुबै ध्यानमा राखिएको डिजाइन

सक्षम, भरपर्दो र यात्राको लागि तयार

कमेट इभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा अराइ (ARAI) प्रमाणित २३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। आइपी ६७ (IP67) रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ।

उन्नत प्रविधि र आधुनिक सुविधाको मिलन  

कमेट इभीमा १०.२५” को डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) को सुबिधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ। साथै, स्मार्ट की. को सुविधा समेत दिइएको यस इभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ।

सुरक्षामा कुनै सम्झौता छैन

एमजी कमेट इभीमा विभिन्न सुरक्षा फिचरहरू उपलब्ध छन्, जस्तै: डुअल फ्रन्ट एअरब्याग, एबिएस र इबिडी, अगाडिको र पछाडिको ३-पोइन्ट सिटबेल्ट, रियर पार्किङ क्यामेरा र सेन्सर, TPMS टिपीएमएस (टायर प्रेशर मनिटरिङ सिस्टम - इनडाइरेक्ट)

ISOFIX चाइल्ड सिट एन्कर

गाडीको स्ट्रक्चरमा १७ वटा हट-स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ, जसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्छ।

वारेन्टी र सेवा

इभी ब्याट्रीमा ८ वर्ष / १,२०,००० किमीको वारेन्टी

हाई-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष / १,००,००० किमी वारेन्टी

नेपालभर इभी पूर्वाधारको विस्तार गर्दै

एमजीका सेवा केन्द्रहरू काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, बिराटनगर, बिर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रहरुमा उपलब्ध छन्। चार्जिङ स्टेशनहरू काठमाडौं, बिर्तामोड, बिराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा छन्।

हरित भविष्यका निम्ति स्मार्ट विकल्प 

एमजी कमेट इभी स्मार्ट साइज, आधुनिक फिचर, सुरक्षामा प्रतिबद्धता र भरपर्दो सेवा सुविधासँगै नेपालको दिगो शहरी यातायातको भविष्यसँग पूर्ण रूपमा मेल खान्छ। यो केवल गाडी मात्र नभई स्वच्छ, प्रभावकारी र स्मार्ट मोबिलिटीतर्फको एक साहसी कदम हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भईसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एनसेलले यो अफर संचालनमा ल्याईएको हो । यस अफरमा...
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च

अध्यक्ष वैद्यले नाइमाको दृष्टि “Empowering Growth Through Mobility” र मिसन “Mobility for All” एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको...
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा...
नयाँ प्रविधि अपनाउन १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

नयाँ प्रविधि अपनाउन १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी...