नेभिगेशन
समाज

एमजीले नेपाली बजारमा भित्र्यायो अपग्रेडेड ‘कमेट इभी’

काठमाडौँ । एमजी गाडीको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्सले नयाँ एमजी कमेट इभी नेपाली बजारमा सार्वजनिक गरेको छ। आधुनिक सहरी जीवनशैलीलाई मध्यनजर गरि डिजाइन गरिएको यो इलेक्ट्रिक गाडी भविष्यदर्शी डिजाइन, अत्याधुनिक प्रविधि, दिगो इञ्जिनियरिङ र उत्कृष्ट सुरक्षाको संयोजन हो, जसको कम्प्याक्ट आकारमा पर्याप्त स्पेस रहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमजीको बिको (BICO) (भित्र फराकिलो, बाहिर कम्प्याक्ट) डिजाइन दर्शनबाट प्रेरित कमेट इभीमा चार सिट क्षमता छ र बाहिरी रूपमा सानो देखिए पनि भित्री हिस्सा पर्याप्त फराकिलो स्पेस छ। ५०:५० अनुपातमा स्प्लिट भएका पछाडिका सिटहरूले यात्राको आराम बढाउँदै दैनिक यात्रा, सहरी आवागमन र छोटो दूरीका यात्रालाई सहज बनाउँछ।

Ncell
Extreme Energy

यस्ता छन् अपग्रेड गरिएका फिचरहरू

रियर पार्किङ क्यामेरा 

सहरी क्षेत्रमा पार्क गर्न सजिलो बनाउने प्रविधि

फास्ट चार्जिङ (7 kW) 

३.५ घण्टामै ०% बाट १००% चार्ज हुने— छिटो, सहज र प्रभावकारी

पावर फोल्डेबल साइड मिरर (ORVMs)

स्टाइल र स्पेस दुबै ध्यानमा राखिएको डिजाइन

सक्षम, भरपर्दो र यात्राको लागि तयार

कमेट इभीमा १७.३ किलोवाट क्षमता भएको प्रिज्मेटिक सेल साथ आउने लिथियम आएन ब्याट्री जडित छ, जसले एकपटक चार्ज गर्दा अराइ (ARAI) प्रमाणित २३० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ। आइपी ६७ (IP67) रेटिङ भएको यो ब्याट्री धुलो र पानीबाट सुरक्षित छ र ३९ वटा सुरक्षा परीक्षण सफलतापूर्वक पास गरेको छ।

उन्नत प्रविधि र आधुनिक सुविधाको मिलन  

कमेट इभीमा १०.२५” को डुअल स्क्रिन (इन्फोटेन्मेन्ट टचस्क्रिन र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर) को सुबिधा रहेको छ, जसले भित्री भागलाई अत्याधुनिक र आकर्षक बनाउँछ। साथै, स्मार्ट की. को सुविधा समेत दिइएको यस इभीले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउँछ।

सुरक्षामा कुनै सम्झौता छैन

एमजी कमेट इभीमा विभिन्न सुरक्षा फिचरहरू उपलब्ध छन्, जस्तै: डुअल फ्रन्ट एअरब्याग, एबिएस र इबिडी, अगाडिको र पछाडिको ३-पोइन्ट सिटबेल्ट, रियर पार्किङ क्यामेरा र सेन्सर, TPMS टिपीएमएस (टायर प्रेशर मनिटरिङ सिस्टम - इनडाइरेक्ट)

ISOFIX चाइल्ड सिट एन्कर

गाडीको स्ट्रक्चरमा १७ वटा हट-स्ट्याम्पिङ प्यानल प्रयोग गरिएको छ, जसले गाडीको मजबुती र यात्रु सुरक्षामा सहयोग गर्छ।

वारेन्टी र सेवा

इभी ब्याट्रीमा ८ वर्ष / १,२०,००० किमीको वारेन्टी

हाई-भोल्टेज कम्पोनेन्टमा ३ वर्ष / १,००,००० किमी वारेन्टी

नेपालभर इभी पूर्वाधारको विस्तार गर्दै

एमजीका सेवा केन्द्रहरू काठमाडौं (कुसुन्ती, सुकेधारा), भक्तपुर, बिराटनगर, बिर्तामोड, बुटवल, भैरहवा, दाङ, पोखरा, वीरगञ्ज, नेपालगञ्ज र धनगढी जस्ता नेपालका प्रमुख क्षेत्रहरुमा उपलब्ध छन्। चार्जिङ स्टेशनहरू काठमाडौं, बिर्तामोड, बिराटनगर, चितवन, बर्दिबास, सिन्धुली, पोखरा, कुरिनटार, मुलकोट, बुटवल, वीरगञ्ज, इटहरी, जनकपुर र ढल्केवरमा सञ्चालनमा छन्।

हरित भविष्यका निम्ति स्मार्ट विकल्प 

एमजी कमेट इभी स्मार्ट साइज, आधुनिक फिचर, सुरक्षामा प्रतिबद्धता र भरपर्दो सेवा सुविधासँगै नेपालको दिगो शहरी यातायातको भविष्यसँग पूर्ण रूपमा मेल खान्छ। यो केवल गाडी मात्र नभई स्वच्छ, प्रभावकारी र स्मार्ट मोबिलिटीतर्फको एक साहसी कदम हो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...