नेभिगेशन
मुख्य समाचार

मनसुनी हावा सक्रिय, देशको अधिकांश स्थानमा वर्षा

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले मनसुनी हावा सक्रिय हुँदा यतिबेला मुलुकको विभिन्न स्थानमा वर्षा सुरु भएको जनाएको छ । देशको पश्चिम र मध्य भू–भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । 

माहाशाखाका मौसमविद् गोविन्द झाले मनसुनी हावा चलिरहेको, बङ्गालको खाडीबाट जलवास्पयुक्त हावा नेपाल आएकाले वर्षा गराउने प्रणाली विकसित भई हाल मुलुकको विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको बताए । “हाल देशभर आंशिकदेखि साधारणतया बदली, कोशी प्रदेशको ईलाम, बागमती प्रदेशको काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौँ र चितवन, लुम्बिनी प्रदेशको प्युठान र रोल्पा, कर्णाली प्रदेशको सुर्खेत आसपासमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ”, उनले भने । उनका अनुसार इलाम आसपास र बर्दिया आसपासका एक–दुई स्थानमा भारी वर्षासमेत भइरहेकाले आवश्यक सतर्कता अपनाउन भनिएको छ । 

CG

झाकाअनुसार काठमाडौँ उपत्यकामा शनिबारसम्म वर्षाको सम्भावना छ । 

माहाशाखाले शुक्रबार बिहानसम्म कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ । साथै कोशी प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च–पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा÷हिमपातको सम्भावना पनि रहेको महाशाखाको भनाइ छ । 
    
महाशाखाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सोको असरबाट बच्न आवश्यक तयारी गर्नु तथा सतर्कता अपनाउन माहाशाखाको अनुरोध छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्थे । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा थिए ।...
सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य...
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।
आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

गए राति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको हो । आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै...

भर्खरै