नेभिगेशन
समाज

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।
 
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो । बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतेसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए । 
 
नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन् । यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन् । रोकिएका सवारीसाधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

भोटेकोशी बाढीको ११औं दिनमा बेत्रावतीबाट एक महिलाको जीवितै उद्धार

सशस्त्र प्रहरी निरीक्षक सुमनकुमार विकको कमाण्डमा खटिएको उद्धार टोलीले आज दिउँसो १३ः३५ बजे नुवाकोट, विदुर नपा–१० बेत्रावतीस्थित चार तले घरबाट ६० वर्षीया चण्डिका श्रेष्ठको जीवितै उद्धार गरेको हो...
भोटेकोशी बाढीः भारतीय मूलका चार अस्ट्रेलियन नागरिक सम्पर्कविहीन

भोटेकोशी बाढीः भारतीय मूलका चार अस्ट्रेलियन नागरिक सम्पर्कविहीन

सम्पर्कविहीन हुनेमा ५१ वर्षीय श्रीधरण अयर, ४९ वर्षीया लक्ष्मीश्रीधरण अयर, २१ वर्षीय रुद्र श्रीधरण अयर र २३ वर्षीय रिसब श्रीधरण अयर सम्पर्कविहीन भएका हुन् । भारतको केरला राज्यबाट...
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।