नेभिगेशन
मुख्य समाचार

मुग्लिन-मलेखु सडक राति बन्द गरेर स्तरोन्नति गरिने

चितवन । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–मलेखु सडकखण्डमा राति सवारी आवागमन बन्द गरेर स्तरोन्नति गरिने भएको छ । यही जेठ ३० गतेदेखि आगामी असार ७ गतेसम्म रातिको समयमा सवारी आवागमन बन्द गरेर स्तरोन्नति गर्न लागिएको हो ।
 
नागढुङ्गा–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का प्रमुख केदारप्रसाद नेपालका अनुसार सडकको बार्बाङ खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसी बिम राख्ने कामका लागि सवाारी बन्द गर्न लागिएको हो । बिम राख्न भारी क्रेनको प्रयोग गर्नुपर्ने भएकाले सवारी आवागमन रोक्नु परेको बताउँदै उनले शुक्रबारदेखि असार ७ गतेसम्म राति १०ः३० बजेदेखि बिहान ३ः०० बजेसम्म अत्यावश्यकबाहेक सबै सवारीसाधन बन्द हुने जानकारी दिए । 
 
नेपालका अनुसार मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मुग्लिन र हलुका सवारीसाधनहरू कुरिनटारमा रोकिनेछन् । यसैगरी मलेखुबाट मुग्लिनतर्फ जाने भारी सवारीसाधनहरू मलेखु र हलुका सवारीसाधनहरू शितलबजारमा रोकिनेछन् । रोकिएका सवारीसाधनलाई बिहान ३ः०० बजेपछि मात्रै छोडिने उनले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

‘मेनपावर’ जान्छु भनेर हिँडेका थिए शुभराम, बेलुका टिकटकमा खबर आयो- 'गोली लागेर मृत्यु भयाे'

नुवाकोटको ककनी गाउँपालिका–१, सिमटार (कागती गाउँ) निवासी २७ वर्षीय शुभराम विगतमा सवारी चालकको काम गर्थे । केही वर्षयता त्यो काम छाडेर वैदेशिक रोजगारीमा मलेसिया जाने प्रक्रियामा थिए ।...
सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

सुनको मूल्य हालसम्मै उच्च, तोलाको २ लाख ६९ हजार ३०० पुग्यो

गत बुधबार छापावाल सुन प्रतितोला रु दुई लाख ६८ हजार १०० मा र चाँदी रु चार हजार ४२० मा कारोबार भएको थियो । बिहीबार दुवै धातुको मूल्यमा सामान्य...
मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव

महोत्सवमा इच्छाकामनाका १०० सुन्तला उत्पादन गर्ने किसानले आफ्नो उत्पादनको प्रत्यक्ष लाभ लिनेछन् । यसबाट स्थानीय कला, संस्कृति र परम्पराको संरक्षण तथा संवद्र्धन हुने आयोजकको विश्वास छ ।
आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

आगलागीबाट दुई जना घाइते, पाँच घरमा क्षति

गए राति लैबा फडेराको घरबाट अचानक आगलागी सुरु भएको हो । आगलागीमा परेर लैबा फेडेरा र बम्बु फडेरा घाइते भएका छन् । घाइते दुवैजनालाई उपचारका लागि राति नै...

भर्खरै