नेभिगेशन
समाज

मन्त्रालयका महत्वपूर्ण विभागमा काम गरिरहेका सहसचिवलाई अध्यागमन पठाएको हुँः गृहमन्त्री

काठमाडौँ । विपक्षीको अवरोधका बिच रोष्टम पुगेका गृहमन्त्री रमेश लेखकले आफूले गृहमन्त्रालयमा महत्वपूर्ण विभाग सम्हालेका सहसचिवलाई अध्यागमन पठाएको बताएका छन् । संसदमा बोल्दै गृहमन्त्री लेखकले अहिले भ्रष्टाचारमा मुछिएका सहसचिव आफूले अन्य कुनै मन्त्रालयबाट नभई गृहमन्त्रालयमै कार्यरत कर्मचारीलाई अध्यागमन पठाएको बताए । 

‘अध्यागमन कार्यालयमा कार्यरत सहसचिव मैले अन्य कुनै मन्त्रालयबाट सरुवा गरी ल्याएका अधिकारी होइनन्। गृह मन्त्रालय अन्तर्गत कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशकको काम गरिरहेका सहसचिवलाई मैले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको हुँ। निज सहसचिवले यसअघि मन्त्रालयका महत्वपूर्ण विभाग र प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसक्नु भएको छ। त्यो मभन्दा अगाडिका माननीय मन्त्री ज्यूहरुबाट खटनपटन भएको थियो।’, गृहमन्त्रीले भने । 

CG

त्यस्तै उनले आफूले कानुनबमोजिम नै निजामती तर्फको उपसचिवलाई निजी सचिव बनाएको स्पष्टिकरण दिएका छन् । उनले भने, ‘कुनै पनि मन्त्रीले आफूलाई सहयोग गर्न निजामती तर्फको उपसचिवलाई निजी सचिवको रुपमा तोक्ने कार्य गरिन्छ। सोही बमोजिम मेरो सचिवालयमा निजी सचिवको रुपमा एकजना उपसचिव रहेका छन्। अन्य कर्मचारीको खटनपटन कार्यचाप अनुसार मन्त्रालयले गर्ने गरेको छ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

प्रधानमन्त्रीको सम्बोधनः 'आन्दोलनको आक्रोश र सपनालाई मतपत्रमा राखौँ, फागुन २१ को निर्वाचन निर्विकल्प मार्ग हो'

कार्कीले भनिन् 'आज म यही मञ्चबाट देश र दुनियाँलाई प्रष्ट पार्न चाहन्छु( २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचन अब केवल एउटा कार्यतालिका मात्र रहेन, यो हाम्रो देशलाई...
वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

वीरगञ्ज महानगरले बिपी उद्यान अतिक्रमण गरेर व्यवसाय गर्नेलाई हटायो

उनले घण्टाघरसँगै रहेको उद्यानको फलफूल, तरकारी तथा अन्य अस्थायी पसल राखेर अव्यवस्थित भएकाले तिनलाई हटाएर पार्क निर्माण गर्न लागिएको बताए । “अव्यवस्थित बजारलाई आज बिहान एक्जाभेटर लगाएर हटाउने...
यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

यस्ता छन् जेनजी र सरकारले गरेका सम्झौता (पूर्णपाठ)

गत भदौ २३ र २४ गतेको आन्दोलनको मर्म र भावना तथा जेनजी पुस्ताले उठाउँदै आएको सुशासनका मुद्दा, संविधान संशोधन, निर्वाचन प्रणालीमा सुधारलगायत विषयहरू समेटिएका छन् । सो अवसरमा...
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...