नेभिगेशन
समाज

मन्त्रालयका महत्वपूर्ण विभागमा काम गरिरहेका सहसचिवलाई अध्यागमन पठाएको हुँः गृहमन्त्री

काठमाडौँ । विपक्षीको अवरोधका बिच रोष्टम पुगेका गृहमन्त्री रमेश लेखकले आफूले गृहमन्त्रालयमा महत्वपूर्ण विभाग सम्हालेका सहसचिवलाई अध्यागमन पठाएको बताएका छन् । संसदमा बोल्दै गृहमन्त्री लेखकले अहिले भ्रष्टाचारमा मुछिएका सहसचिव आफूले अन्य कुनै मन्त्रालयबाट नभई गृहमन्त्रालयमै कार्यरत कर्मचारीलाई अध्यागमन पठाएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अध्यागमन कार्यालयमा कार्यरत सहसचिव मैले अन्य कुनै मन्त्रालयबाट सरुवा गरी ल्याएका अधिकारी होइनन्। गृह मन्त्रालय अन्तर्गत कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशकको काम गरिरहेका सहसचिवलाई मैले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेको हुँ। निज सहसचिवले यसअघि मन्त्रालयका महत्वपूर्ण विभाग र प्रमुख जिल्ला अधिकारीको रुपमा काम गरिसक्नु भएको छ। त्यो मभन्दा अगाडिका माननीय मन्त्री ज्यूहरुबाट खटनपटन भएको थियो।’, गृहमन्त्रीले भने । 

Ncell
Extreme Energy

त्यस्तै उनले आफूले कानुनबमोजिम नै निजामती तर्फको उपसचिवलाई निजी सचिव बनाएको स्पष्टिकरण दिएका छन् । उनले भने, ‘कुनै पनि मन्त्रीले आफूलाई सहयोग गर्न निजामती तर्फको उपसचिवलाई निजी सचिवको रुपमा तोक्ने कार्य गरिन्छ। सोही बमोजिम मेरो सचिवालयमा निजी सचिवको रुपमा एकजना उपसचिव रहेका छन्। अन्य कर्मचारीको खटनपटन कार्यचाप अनुसार मन्त्रालयले गर्ने गरेको छ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै