नेभिगेशन
कर्पाोरेट

इन्डष्ट्रि फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्री सहित बीवाईडी डल्फिन २०२५ नेपालमा सार्वजनिक

काठमाडौँ । नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालको इलेक्ट्रिक ह्याचब्याकको स्तरलाई नयाँ परिभाषा दिंदै बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अघिल्लो संस्करणको सफलतामा आधारित यस अपग्रेड गरिएको बीवाईडी डल्फिन २०२५ मा थुप्रै उन्नत विशेषताहरू समावेश गरिएका छन्। सबैभन्दा प्रमुख रूपमा, यसमा ईभी उद्योगमै पहिलो पटक लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको छ। यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्ष सम्म हुन सक्ने छ । यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनियतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको छ। एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ । 

Ncell
Extreme Energy

बीवाईडी डल्फिन २०२५ ले अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ, जसले ३४० किमीको डब्लुएलटीपी रेन्ज प्रदान गर्छ । यसमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ । 

२०२५ संस्करणमा थपिएका प्रमुख नयाँ विशेषताहरूः
१. नेपालका विविध भू–परिस्थितिमा प्रदर्शन सुधार गर्न स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन 
२. रातको समयमा अझ राम्रो दृश्यता दिने प्रभावशाली एलईडी हेडलाइट्स 
३. उन्नत कुलिङ र हिटिङ कार्यक्षमतासहितको सुधारिएको एसी सिस्टम 
४. मोबाइल फोन एनएफसी की, ब्लुटुथ कि र प्यासेन्जर डोर स्विच जस्ता नयाँ नयाँ विशेष सुविधाहरू

यस संस्करणमा नयाँ आकर्षक एटलान्टिस ग्रे रंग पनि थपिएको छ, जसले बीवाईडी डल्फिनको आधिकारिक कलर अप्सनलाई तीन अप्सनमा विस्तार गरेको छ । अब सो गाडी एट्लान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट कलरमा उपलब्ध हुनेछ । 

यी सम्पूर्ण प्रविधि र विशेषता थपिएसँगै बीवाईडी डल्फिन २०२५ को मूल्य प्रतिस्पर्धात्मक रुपमा रु ४१.१५ लाख राखिएको छ, जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको छ।

साथै, सार्वजनिक कार्यक्रममा बीवाईडी डल्फिनको विश्वव्यापी रूपमा ८ लाख ३० हजार युनिट डेलिभरी पूरा भएको उपलब्धि पनि मनाइएको थियो । जसअन्तर्गत २ हजार ४९०औं युनिट नेपालमा डेलिभर गरिएको हो। यो उपलब्धि नेपालमा इलेक्ट्रिक मोबिलिटीप्रतिको बढ्दो विश्वासको प्रमाण हो। बीवाईडी डल्फिन नेपालकै सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक ह्याचब्याक बनेको छ, र यसको गति अझ तीव्र हुँदै गइरहेको छ। यसले प्रदर्शन, सहजता, र वातावरणमैत्री डिजाइनका कारण ग्राहकहरूलाई आकर्षित गरिरहेको छ।

सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहक, सहकर्मी र सरोकारवालाहरुलाई धन्यवाद दिदै भने, ‘हामी टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध छौं। बीवाईडी डल्फिन २०२५ केवल फिचर अपग्रेड मात्र होइन– यो नेपालका लागि हरित भविष्यतर्फको हाम्रो यात्राको निरन्तरता हो ।’

साइमेक्स इंकका प्रमुख कार्यकारी अधिकृत साहिल श्रेष्ठले भने, ‘बीवाईडी डल्फिन एउटा गाडी मात्र होइन, यो इलेक्ट्रिक जीवनशैलीको वाहक हो। हरेक नयाँ संस्करणमार्फत हामी स्वदेशी ऊर्जाको प्रयोग, शून्य उत्सर्जन र सुरु देखि सेवा–पश्चातसम्म उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्ने वातावरण बनाइरहेका छौं ।’

बीवाईडी डल्फिन २०२५ हाल बीवाईडीका शोरूमहरू र डिलर नेटवर्कहरूमा टेस्ट ड्राइभ र बुकिङको लागि उपलब्ध छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...