नेभिगेशन
समाज

स्वतन्त्र मेयरले नेतृत्व सम्हालेका धरान र काठमाडौँको बजेट अनिश्चित, आज आएन बजेट

काठमाडौँ। स्थानीय सरकारहरूले आगामी आर्थिक वर्षको बजेट असार १० गतेसम्म पेश गर्नुपर्ने कानुनी म्याद पुग्दा पनि सुनसरीको धरान उपमहानगरपालिका र देशकै ठूलो काठमाडौं महानगरपालिकाले समयमै बजेट ल्याउन असफल भएका छन् । दुवै स्थानीय तहमा राजनीतिक बेमेल र झैझगडाले गर्दा समयमै बजेट आउन नसकेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ महानगरपालिकामा बजेट आउन नसक्नुको प्रमुख कारण हो, प्रमुख प्रशासकीय अधिकृत विवाद । महानगरपालिकाका मेयर बालेन शाहले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ काठमाडौँ भ्यू टावरको नक्सा पास गराउने प्रक्रियामा अनियमितता गरेको भन्दै उनीसँग बैठक राख्न अनिच्छुक छन् । सुरुमा निलम्बन गरिएका उनलाई उपप्रमुख सुनिता डंगोलसहित वडाध्यक्ष र कर्मचारीको समूहले बलजफ्ती कार्यालय प्रवेश गराएका थिए । 

Ncell
Extreme Energy

जबरजस्ती उनलाई कार्यालयमा हाजिर गराएपनि मेयर शाहले नगर सभाको बैठक नबोलाउँदा बजेट प्रस्तुत गर्ने प्रक्रिया अगाडि नबढेको हो । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगरसभाको सदस्य सचिव रहेका कारण उनीसहितको बैठक गर्न बालेन अनिच्छुक देखिँदा बजेट प्रक्रिया नै अन्यौल भएको थियो । यद्यपि मेयर शाहले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिको बैठक असार ४ गते राख्न सहमत भएपनि अन्तिम समयमा उक्त बैठक समेत बस्न सकेको थिएन । बैठक बस्न नसक्दा सो प्रक्रिया नै रोकिएको थियो । महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बजेट ल्याउन कुनै तयारी नभएको र अन्तिम दिन पनि बजेट आउने सम्भावना नरहेको बताए। 

त्यस्तै यस वर्ष धरान उपमहानगरपालिकामा समेत समयमा बजेट आउन सकेन । मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघाको विवादका कारण साम्पाङ नेतृत्वको बजेट सीमा निर्धारण समिति बैठक नबस्दा बजेट आउन नसकेको हो । सीमा निर्धारण समितिको बैठक नबस्दा बजेट निर्माण प्रक्रिया अलपत्र परेको छ। यही विवादका कारण गत साता मेयर र उपमेयरबीच विवाद हुँदा समिति बैठक अवरूद्ध भएको थियो। उपमहानगरमा हालसम्म राजस्व परामर्श समितिले मात्र प्रतिवेदन तयार पारेको छ, जसले धरानमा करिब १ अर्ब ६० करोड रुपैयाँको बजेट ल्याउन सकिने सुझाव दिएको थियो।

कानुन अनुसार सबै स्थानीय तहहरूले असार १० गतेभित्र आगामी आर्थिक वर्षको बजेट नगर वा गाउँ सभामा पेस गर्नुपर्ने व्यवस्था छ। तर धरान र काठमाडौं महानगरमा राजनीतिक विवादका कारण म्याद काट्दासम्म पनि बजेट ल्याउन नसकिएको हो । यसले दुबै स्थानीय तहमा विकासका कार्यहरूमा असर पार्ने देखिन्छ । 

स्थानीय सरकारले बजेट नल्याए आगामी आर्थिक वर्षको योजना कार्यान्वयनमा अवरोध आउन सक्ने खतरा रहेको र जनतालाई आवश्यक सेवाहरू प्रदान गर्न चुनौती बढ्ने भन्दै छिट्टै समस्या समाधान गरी बजेट ल्याउन आवश्यक रहेको विज्ञहरूले सुझाएका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...
पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै नयाँ योजनाः अर्थमन्त्री

दोस्रो प्याकेजअन्तर्गत शिथिल पुँजीबजारलाई सम्बोधन गर्न एक साताभित्रै १० देखि १२ बुँदे नीतिगत सुधारको योजना ल्याइने तयारी भइरहेको उनले बताए ।
६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

६ वटा संसदीय समितिको बैठक बस्दै, भोटेकोशी बाढी र जलवायु परिवर्तनबारे मन्त्री तथा विज्ञ बोलाएर छलफल गर्दै

संघीय संसदमा ६ वटा संसदीय समितिको बैठक आज बस्दैछ । समितिहरुले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट सम्बन्धमा आआफ्नो कार्यक्षेत्र भित्र पर्ने विषयमा मन्त्री बोलाएर छलफल गर्न लागेका हुन्...
आज १६१औँ मोती जयन्ती मनाइँदै

आज १६१औँ मोती जयन्ती मनाइँदै