नेभिगेशन
कर्पाोरेट

हिमालयन लाइफ इन्स्योरेन्सको १८ औं साधारण सभा सम्पन्न

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलवार सम्पन्न भएको १८ औं बार्षिक साधारण सभाले ८ प्रतिशत नगद लाभांश पारित गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभाले कम्पनीको वितरणयोग्य संञ्चित मुनाफाबाट चुक्ता पूंजी ९,१४,३२,३७,३०६ रुपैयाँको ८ प्रतिशतको दरले हुने ७३,१४,५८,९८४.४८ रुपैयाँ नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।

Ncell
Extreme Energy

यसैगरी सभाले संचालक समितिको आ.व. २०८०/८१ को बार्षिक प्रतिवेदन, कम्पनीको आ.व.२०८०/८१ को अवधिको लागि एनएफआरएस बमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा÷नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्वन्धी अनुसूचीहरु स्वीकृत गरेको छ ।

त्यस्तै सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडको आ.व. २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने संचालक समितिको सिफारिस बमोजिम आ.व. २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एस.सि.लाल एशोसिएट्स चार्टर्ड एकाउन्टेण्टलाई नियुक्ति गरेको छ ।

त्यस्तै कम्पनीको प्रस्तावित बिषय उपर नियमनकारी निकायहरुले कुनै फेरबदल, संसोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोही बमोजिम गर्न संचालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आ.व. २०८०/८१ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।

कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा संचालक समिति सदस्य प्रमिला के.सी.ले स्वागत मन्तब्य र संचालक सा्रैरभ दुगडले धन्यवाद ज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले शेयरधनीहरुको जिज्ञासाको जवाफ दिएका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
गाडीका पार्टपूर्जाको अवैध कारोबारी पक्राउ

गाडीका पार्टपूर्जाको अवैध कारोबारी पक्राउ

अवैध रुपमा टाटा गाडीका नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरी बिक्री वितरण गरी उपभोक्ता ठगी गरेको काभ्रे प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन्। यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ । एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड...
Ultima Lifestyle ले ६० घण्टा ब्याट्री ब्याकअप भएकाे Headphones ल्याउँदै, पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमै पाउने

Ultima Lifestyle ले ६० घण्टा ब्याट्री ब्याकअप भएकाे Headphones ल्याउँदै, पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमै पाउने

कलिङका क्रममा स्पष्ट आवाजका लागि Environmental Noise Cancellation (ENC) प्रविधि प्रयोग गरिएको छ । हल्का Over-Ear Design, नरम Ear Cushions, IPX4 Sweat & Splash Resistance, Voice Assistant Support,...
सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर सोधपुछ गरेको छ।