नेभिगेशन
कर्पाोरेट

‘मन्जुश्री’ ले सुरु गर्याे स्मार्ट डिपोजिट : डिजिटल वालेटमार्फत अब नियमित बचत सम्भव

काठमाडौं । मञ्जुश्री फाईनाईन्सले खल्ती सँगको सहकार्यमा डिजिटल वालेट मार्फत बचत गर्न सकिने ‘स्मार्ट डिपोजिट’ सुविधा सुरु गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्जुश्री फाईनाईन्स र खल्तीको सहकार्यमा सुरु गरिएको स्मार्ट डिपोजिट जस्तो नविनतम प्रविधिले वित्तिय कारोबारमा प्रविधि प्रयोगलाई थप व्यापक बनाउने छ । खल्तीमार्फत् आफ्नो वित्तिय कारोबार गरिरहनु भएका सम्पूर्ण ग्राहक सदस्यहरुले सजिलै मन्जुश्रीमा खाता खोल्न र आफ्नो कारोबार गर्न सक्नेछन् । यसले वित्तिय संस्थामा गएर खाता खोल्नका लागि खर्चनु पर्ने समय बचत हुनेछ भने वित्तिय कारोबार गर्न झनै सहज हुने विश्वास रहेको मञ्जुश्री फाइनान्सका सीईओ तेजराज तिमिल्सिनाले बताए ।

Ncell
Extreme Energy

यस सेवामार्फत खल्ती प्रयोगकर्ताले आफ्नो वालेटबाटै दैनिक, साप्ताहिक वा मासिक रूपमा निश्चित रकम बचत गर्न सक्नेछन् । बचत अवधि ६ महिना देखि ६० महिना सम्म चयन गर्न मिल्नेछ भने न्यूनतम १०० रुपैयाँबाट सुरुआत गर्न सकिने सुविधा रहेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार खल्ती र मञ्जुश्री फाइनान्सको सहकार्यमा सुरु गरिएको ‘स्मार्ट डिपोजिट जस्तो डिजीटल बचत फिचरले नेपाल राष्ट्र बैंकको वित्तीय पहुँच विस्तारको लक्ष्यलाई सार्थक बनाउन थप सहयोग र्पुयाउने विश्वास छ । यस्ता नविनतम प्रविधिमार्फत प्रदान गरिने सेवा तथा सुविधाले डिजीटल समावेशीकरणलाई बलियो बनाउने र दीगो आर्थिक समृद्धिमा टेवा र्पुयाउन योगदान दिने विश्वास गरिएको छ ।

हाल लाई यो स्मार्ट डिपोजिट सुबिधा अन्तर्गत मन्जुश्री खल्ती बचत खातामा वार्षिक ५ प्रतिशत साथै स्मार्ट रिकरिङ्ग खातामा वार्षिक ७ प्रतिशत ब्याज प्राप्त गर्न सकिनेछ ।

निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ । हालको मिति सम्म १ लाख ५० हजार भन्दा बढी सन्तुष्ट ग्राहकहरुलाइ सेवा पुर्याउदै आइरहेको मन्जुश्री फाइनान्स, फाइनान्सहरुको श्रेणीमा अग्रणी स्थानमा रहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...