नेभिगेशन
कर्पाोरेट

नेपालमा भित्रियो एमजी विन्डसर इभी, के छन् विशेषता ?

काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको सार्वजनिक गरेको छ ।कम्पनीले हायात रिजेन्सी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एमजी विन्डसर इभी सार्वजनिक गरेको हो । एमजी विन्डसर इभीले  प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ आयाम स्थापित गर्ने कम्पनीले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एमजी विन्डसर इभीको लन्च कार्यक्रम, एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हो। भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ। विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउँछ, जसले यो परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउँछ। यसमा १३५० रेक्लाइन हुने एरो लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउँछ।

यसका साथै, विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ जसले शहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ। यसको ३८ पध ब्याट्रीले ३३२ किमीको भरपर्दो रेन्ज प्रदान गर्छ। वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउँछ। 

प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्।सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ, साथै यो आईपी ६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ। ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्छ।

ग्राहकहरूको मनोबल र भरोसा बढाउन, विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउने विश्वास गरिएको छ।एमजी मोटर्स नेपालका प्रवक्ता  सुनील बहादुर क्षेत्रीले भने , “एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ। हामी विश्वस्त छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ ।’’

पारामाउन्ट मोटर्स प्रालिले सधैं उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको छ। नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, र एमजी एस ५ इभी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

बाइक–स्कुटर साटेर टियागो इभि चढ्ने मौका : टाटा मोटर्सको ‘स्विच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प

यो विशेष क्याम्पेन मार्च १३, १४ र १५, २०२६ मा देशभर सञ्चालन हुनेछ । अभियान अन्तर्गत जुनसुकै ब्रान्डको बाइक वा स्कुटर प्रयोगकर्ताले आफ्नो सवारीको एक्सचेन्ज गरी आकर्षक सुविधासहित...
काठमाडौँको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १०% विशेष छुट

काठमाडौँको कपनमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो आउटलेट, ओपनिङको अवसरमा सम्पूर्ण उत्पादनमा १०% विशेष छुट

यसअघि काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा सञ्चालनमा आएको पहिलो आउटलेटको अपार सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कपनमा दोस्रो शाखा विस्तार गरेको हो कम्पनीले जनाएको छ ।
‘देशको गहना’ साम्बाको कठिन घडीमा भायानेटको साथ, उपचारका लागि ५ लाख सहयोग प्रतिबद्ध

‘देशको गहना’ साम्बाको कठिन घडीमा भायानेटको साथ, उपचारका लागि ५ लाख सहयोग प्रतिबद्ध

यस कठिन समयमा इन्टरनेट सेवा प्रदायक भायानेट कम्युनिकेशन ले आफ्नी ब्रान्ड एम्बेसडर साम्बाको उपचार तथा पुनरागमनका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कम्पनीले उनको शल्यक्रिया...
सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

सिजी इलेक्ट्रोनिक्सका ४० भाग्यशाली विजेताहरू ‘नेपाल र वेस्ट इन्डिज’ को खेल हेर्न मुम्बई प्रस्थान

कम्पनीले गत मंसिर २९ गतेदेखि माघ १२ गतेसम्म सञ्चालन गरेको यस विशेष वर्ल्डकप लक्षित योजनामा ग्राहकहरूको उत्साहजनक सहभागिता रहेको थियो। उक्त समयावधिमा सिजी इलेक्ट्रोनिक्स अन्तर्गतका विश्वप्रख्यात ब्रान्डहरू एलजी,...