नेभिगेशन
कर्पाोरेट

नेपालमा भित्रियो एमजी विन्डसर इभी, के छन् विशेषता ?

काठमाडौँ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक आयातकर्ता एवम् वितरक पारामाउन्ट मोटर्स प्रालिले एमजी विन्डसर इभीको सार्वजनिक गरेको छ ।कम्पनीले हायात रिजेन्सी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एमजी विन्डसर इभी सार्वजनिक गरेको हो । एमजी विन्डसर इभीले  प्रिमियम इलेक्ट्रिक मोबिलिटीमा नयाँ आयाम स्थापित गर्ने कम्पनीले जनाएको छ ।

एमजी विन्डसर इभीको लन्च कार्यक्रम, एमजीको नेपाल र विश्वव्यापी यात्रामा अर्को महत्वपूर्ण उपलब्धि हो। भारतमा निर्मित यस गाडीले व्यवहारिकता, सुविधा र प्रिमियम डिजाइनलाई एउटै गाडीमा समेट्दै एमजीको इलेक्ट्रिक मोबिलिटी पोर्टफोलियो विस्तार गरेको छ। विन्डसर इभीले थप स्पेस, थप कम्फर्ट र थप प्रिमियम फिचरहरू उपलब्ध गराउँछ, जसले यो परिवार र व्यवसायिक व्यक्तिहरूका लागि उत्तम विकल्प बनाउँछ। यसमा १३५० रेक्लाइन हुने एरो लाउन्ज सिटहरू, ६०४ लिटरको ठुलो बुट स्पेस, र १५.६ इन्चको ग्रान्डभ्यू टच डिस्प्ले रहेको छ, जसले गाडीभित्रको अनुभवलाई अझ उचाइमा पुर्याउँछ।

CG

यसका साथै, विन्डसर इभीमा शक्तिशाली मोटर पावर रहेको छ जसले शहर र हाइवेको ड्राइभलाई सहज बनाउँछ। यसको ३८ पध ब्याट्रीले ३३२ किमीको भरपर्दो रेन्ज प्रदान गर्छ। वायरलेस चार्जिङ सुविधाले थप सहजता दिन्छ भने एप्पल र एन्ड्रोइड कारप्ले इन्टिग्रेशनले कनेक्टिभिटीलाई सहज बनाउँछ। 

प्रिमियम अपिल बढाउन यसमा लेदरेट सिटहरू र स्मार्ट फ्लश डोर ह्यान्डल पनि राखिएका छन्।सुरक्षाका लागि यसमा ६ वटा एयरब्याग राखिएको छ, साथै यो आईपी ६७ रेटेड भएको र ३९ वटा कडा सेफ्टी टेस्टहरू पार गरेको छ। ६ स्पिकर सिस्टमले गाडीभित्रको मनोरञ्जन अनुभवलाई अझ उत्कृष्ट बनाउँछ भने १८६ मिमि ग्राउन्ड क्लियरेन्सले सबै बाटोमा सहज र आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्छ।

ग्राहकहरूको मनोबल र भरोसा बढाउन, विन्डसर इभीमा ८ वर्षको ब्याट्री वारेन्टी रहेको छ। साथै, नेपालभर फैलिएको एमजीको डिलर नेटवर्कले बिक्री र सर्भिसमा उत्कृष्ट सेवा अनुभव गराउने विश्वास गरिएको छ।एमजी मोटर्स नेपालका प्रवक्ता  सुनील बहादुर क्षेत्रीले भने , “एमजी विन्डसर इभीले स्पेस, कम्फर्ट र प्रिमियम फिचरहरूलाई एउटै विद्युतीय यात्रा अनुभवमा समेटेको छ। हामी विश्वस्त छौं कि यसले नेपालमा इलेक्ट्रिक मोबिलिटीको नयाँ आयाम स्थापित गर्नेछ ।’’

पारामाउन्ट मोटर्स प्रालिले सधैं उच्च गुणस्तरीय, नवप्रवर्तनयुक्त र दिगो अटोमोटिभ समाधानहरू उपलब्ध गराउने आफ्नो प्रतिबद्धता कायम राख्दै आएको छ। नेपालमा उपलब्ध अन्य एमजी गाडीहरूमा एमजी ४ इभी, एमजी कोमेट इभी, एमजी जेडएस इभी, र एमजी एस ५ इभी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

श्रमिक युनियनका गतिविधिप्रति जगदम्बा स्टील्सको आपत्ति, बोनस ऐनअनुसार मात्र वितरण गर्ने स्पष्टोक्ति

जगदम्बा स्टील्सका अनुसार बोनस वितरणको विषयमा उद्योग र श्रमिकबीच विवाद उत्पन्न भएपछि प्रचलित कानूनबमोजिम समाधानका लागि श्रम कार्यालय वीरगञ्ज, पर्सामा समेत सहजीकरणको अनुरोध गरिएको थियो। तर बोनस ऐन...
प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

प्रभु बैंकका रेमिट्यान्स डिपार्टमेण्ट हेड सुगेन भन्ने सुजित शाक्य पनि पक्राउ

रेमिट कारोबार गर्ने क्रममा प्रभु बैंक लि. लाई हानी र आफ्नो स्वार्थ समुह अन्तर्गतको प्रभु मनी ट्रान्सफरलाई फाईदा हुने गरी रेमिट बापतको PREFUNDING दिन सक्ने कानूनी व्यवस्थाको दुरुपयोग...
अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अल्टिमाको १२.१२ अफर, ३ नयाँ उत्पादन लन्चमा आकर्षक छुट

अडियाे वेरेबल्स एक्सेसोरीज ब्रान्ड Ultima Lifestyle ले १२.१२ अफर घोषणा गरेको छ । जसमा कम्पनीले तीन नयाँ उत्पादन लन्च गर्दै सम्पुर्ण उत्पादनमा आकर्षक छुट र अफरहरु उपलब्ध गराउनेछ...
“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

“करेन्ट नूडल्सू” अब ग्रीन इनर्जीबाट बनाइने: यशोदा फूड्स

उक्त सौर्य परियोजना नेपालकै अग्रणी स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यूएवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडले वित्तीय सहयोग उपलब्ध गराएको थियो भने जर्मन ग्रान्ट...