नेभिगेशन
समाज

रसुवाको बाढी र पहिरोले अटोमोबाइल आयातमा असर, पीडितप्रति नाडाको समवेदना

काठमाडौं । रसुवा जिल्लामा हालै आएको बाढी र पहिरोका कारण मानवीय जनधनका साथैअटोमोबाइल क्षेत्र पनि प्रभावित भएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ। विशेषगरी केरुङ–रसुवागढी नाकाबाट हुँदै आउने अटोमोबाइल आयातमा गहिरो असर परेको नाडाले जनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीका कारण भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनर बगाएको उल्लेख गर्दै नाडाले अटो व्यवसायीहरूलाई संयमित रहन आग्रह गरेको छ।

Ncell
Extreme Energy

‘आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ,’ नाडाले विज्ञप्तिमा भनेको छ, ‘हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दछौं ।’

नाडाले अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूसँग कठिन समयमा साथ रहेको स्मरण गराउँदै पीडितहरूको धैर्यता, हिम्मत र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता जनाएको छ। अध्यक्ष करण चौधरीद्वारा जारी विज्ञप्तिमा यदि कुनै सहयोग आवश्यक परे नाडालाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

‘यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...