नेभिगेशन
समाज

रसुवाको बाढी र पहिरोले अटोमोबाइल आयातमा असर, पीडितप्रति नाडाको समवेदना

काठमाडौं । रसुवा जिल्लामा हालै आएको बाढी र पहिरोका कारण मानवीय जनधनका साथैअटोमोबाइल क्षेत्र पनि प्रभावित भएको नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ। विशेषगरी केरुङ–रसुवागढी नाकाबाट हुँदै आउने अटोमोबाइल आयातमा गहिरो असर परेको नाडाले जनाएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बाढीका कारण भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह र पार्किङमा रहेका कन्टेनर बगाएको उल्लेख गर्दै नाडाले अटो व्यवसायीहरूलाई संयमित रहन आग्रह गरेको छ।

Ncell
Extreme Energy

‘आफ्नो घर, व्यवसाय र जीवनयापन गुमाउनु परेको पीडा अवर्णनीय छ,’ नाडाले विज्ञप्तिमा भनेको छ, ‘हामी त्यसमा गहिरो सहानुभूति प्रकट गर्दछौं ।’

नाडाले अटोमोबाइल क्षेत्रका सम्पूर्ण सदस्यहरूसँग कठिन समयमा साथ रहेको स्मरण गराउँदै पीडितहरूको धैर्यता, हिम्मत र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता जनाएको छ। अध्यक्ष करण चौधरीद्वारा जारी विज्ञप्तिमा यदि कुनै सहयोग आवश्यक परे नाडालाई जानकारी गराउनसमेत अनुरोध गरिएको छ।

‘यो संकटको घडीमा हामी सबै मिलेर सहयोग र करुणाका साथ अघि बढ्नुपर्छ,’ विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...