नेभिगेशन
समाज

गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीमा वृक्षारोपण, ६ स्थानमा बर–पिपल रोपियो

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसरमा देशका विभिन्न ६ स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार (२०८२ असार २२ गते) सम्पन्न उक्त कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धार्मिक र वातावरणीय दृष्टिले महत्वपूर्ण मानिने बर र पिपलका बिरुवाहरू कास्कीको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट, छायाँक्षेत्र शिवमन्दिर परिसर र दाङको मोतिपुर पुल क्षेत्रमा रोपिएको हो।

Ncell
Extreme Energy

वृक्षारोपण कार्यक्रममा बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी, शेयरधनी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

गरिमा विकास बैंकले यस्तो कार्यक्रमले वातावरणीय सन्तुलन, हरित विकास, धार्मिक सम्पदा संरक्षण र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न टेवा पुग्ने विश्वास लिएको जनाएको छ। वृक्षारोपण भएका क्षेत्रलाई ‘बर–पिपल चौतारी’को रूपमा विकास गरिने लक्ष्य समेत बैंकले लिएको छ।

बैंकले सामाजिक उत्तरदायित्व बोक्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
गाडीका पार्टपूर्जाको अवैध कारोबारी पक्राउ

गाडीका पार्टपूर्जाको अवैध कारोबारी पक्राउ

अवैध रुपमा टाटा गाडीका नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरी बिक्री वितरण गरी उपभोक्ता ठगी गरेको काभ्रे प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलले ल्यायो मनसुन अफर: प्याक वा सिम कार्ड किन्दा २० प्रतिशतसम्म क्यासब्याक पाइने

एनसेलका प्रिपेड ग्राहकहरूले अब प्याक एक्टिभेट गरेर बचत गर्न सक्नेछन्। यो योजनामा सहभागी हुन ग्राहकहरूले रु. ५० वा सोभन्दा माथिको योग्य प्याक एक्टिभेट गर्नुपर्छ । एक्टिभेसनपछि ग्राहकहरूले रिवार्ड...
Ultima Lifestyle ले ६० घण्टा ब्याट्री ब्याकअप भएकाे Headphones ल्याउँदै, पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमै पाउने

Ultima Lifestyle ले ६० घण्टा ब्याट्री ब्याकअप भएकाे Headphones ल्याउँदै, पहिलो १९ जना ग्राहकले १९ रुपैयाँमै पाउने

कलिङका क्रममा स्पष्ट आवाजका लागि Environmental Noise Cancellation (ENC) प्रविधि प्रयोग गरिएको छ । हल्का Over-Ear Design, नरम Ear Cushions, IPX4 Sweat & Splash Resistance, Voice Assistant Support,...
सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

सीआईबीले किन बोलायो उपेन्द्र महतोलाई ?

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले व्यवसायी एवं गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र यादवलाई बोलाएर सोधपुछ गरेको छ।