नेभिगेशन
समाज

गरिमा विकास बैंकद्वारा हरिशयनी एकादशीमा वृक्षारोपण, ६ स्थानमा बर–पिपल रोपियो

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले हरिशयनी एकादशीको अवसरमा देशका विभिन्न ६ स्थानमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। आइतबार (२०८२ असार २२ गते) सम्पन्न उक्त कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको हो।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

धार्मिक र वातावरणीय दृष्टिले महत्वपूर्ण मानिने बर र पिपलका बिरुवाहरू कास्कीको खोरपाथे डाँडा र तुलसीघाट, स्याङ्जाको गह्रौ कालिका मन्दिर परिसर, शितलटार पार्क चापाकोट, छायाँक्षेत्र शिवमन्दिर परिसर र दाङको मोतिपुर पुल क्षेत्रमा रोपिएको हो।

Ncell
Extreme Energy

वृक्षारोपण कार्यक्रममा बैंकका अध्यक्ष, पूर्व अध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी, शेयरधनी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति थियो।

गरिमा विकास बैंकले यस्तो कार्यक्रमले वातावरणीय सन्तुलन, हरित विकास, धार्मिक सम्पदा संरक्षण र भावी पुस्तालाई स्वच्छ वातावरण हस्तान्तरण गर्न टेवा पुग्ने विश्वास लिएको जनाएको छ। वृक्षारोपण भएका क्षेत्रलाई ‘बर–पिपल चौतारी’को रूपमा विकास गरिने लक्ष्य समेत बैंकले लिएको छ।

बैंकले सामाजिक उत्तरदायित्व बोक्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...