नेभिगेशन
समाज

रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

काठमाडौँ । रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाइमाका अध्यक्ष रितु सिंह वैद्यद्वारा जारी विज्ञप्तिमा बाढीले परिवारहरूको जीवन, घर र व्यवसायमा अपूरणीय क्षति पुर्‍याएको उल्लेख गर्दै पीडितहरूप्रति सहानुभूति प्रकट गरिएको छ।

Ncell
Extreme Energy

साथै, रसुवागढी नाकामा रहेको मितेरी पुल पूर्ण रूपमा भत्किएपछि चीनबाट सवारीसाधन आयातमा अवरोध पुगेको भन्दै नाइमाले आपूर्ति प्रणालीमा गम्भीर असर परेको जनाएको छ। “नेपाल भित्रिने गाडीमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने गर्दा यो अवरोधले चाडपर्वमा स्थिति अझ गम्भीर बन्नेछ,” विज्ञप्तिमा भनिएको छ।

नाइमाले तत्कालीन राहत र पुनःस्थापनाका लागि समन्वयकारी भूमिकामा आफुहरू सधैं तत्पर रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...