नेभिगेशन
समाज

रसुवाको बाढीपीडितप्रति नाइमाको समवेदना, चाडपर्वमा आपूर्ति संकट गहिरिने चिन्ता

काठमाडौँ । रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले गहिरो दुःख व्यक्त गर्दै तत्काल उद्धार, राहत र पूर्वाधार पुनर्निर्माणलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नाइमाका अध्यक्ष रितु सिंह वैद्यद्वारा जारी विज्ञप्तिमा बाढीले परिवारहरूको जीवन, घर र व्यवसायमा अपूरणीय क्षति पुर्‍याएको उल्लेख गर्दै पीडितहरूप्रति सहानुभूति प्रकट गरिएको छ।

Ncell
Extreme Energy

साथै, रसुवागढी नाकामा रहेको मितेरी पुल पूर्ण रूपमा भत्किएपछि चीनबाट सवारीसाधन आयातमा अवरोध पुगेको भन्दै नाइमाले आपूर्ति प्रणालीमा गम्भीर असर परेको जनाएको छ। “नेपाल भित्रिने गाडीमध्ये ६० प्रतिशतभन्दा बढी उत्तरी नाकाबाट आउने गर्दा यो अवरोधले चाडपर्वमा स्थिति अझ गम्भीर बन्नेछ,” विज्ञप्तिमा भनिएको छ।

नाइमाले तत्कालीन राहत र पुनःस्थापनाका लागि समन्वयकारी भूमिकामा आफुहरू सधैं तत्पर रहेको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...