नेभिगेशन
बजार

नेपालमा ‘क्याम्पा कोला’ भित्रियो, चौधरी ग्रुप र रिलायन्स इन्डस्ट्रिजको सहकार्यमा उत्पादन सुरु

काठमाडौँ । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिज र नेपालको अग्रणी औद्योगिक घराना चौधरी ग्रुप (सीजी) बीचको सहकार्यमा अब नेपाली बजारमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’को उत्पादन सुरु गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय बजारमा पुनःस्थापित भइसकेको र अन्तर्राष्ट्रिय रूपमा चिनिएको कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ अब नेपालमै उत्पादन हुनेछ । रिलायन्सको एफएमसीजी विङ रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड (आरसीपीएल) र सीजीबीचको सहकार्यमा ब्रान्डको उत्पादन तथा वितरण नेपालमा सुरु भएको हो।

Ncell
Extreme Energy

क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, इनर्जी ड्रिंक ‘गोल्ड बुस्ट’ र ‘बेरी किक’ नेपाली बजारमा उपलब्ध हुनेछन्। आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले ५० वर्ष पुरानो ऐतिहासिक ब्रान्ड क्याम्पा कोलालाई चौधरी ग्रुपजस्तो विश्वसनीय साझेदारसँग मिलेर नेपाल ल्याउन पाउँदा उत्साहित भएको बताए । 

कम्पनीका अनुसार क्याम्पा कोला, लेमन र अरेन्ज स्वादको २५० मिलिलिटर बोतलको खुद्रा मूल्य ३० रुपैयाँ तोकिएको छ भने इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ हुनेछ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यो सहकार्यलाई देशका लागि गौरवको रुपमा वर्णन गर्दै नेपाली उपभोक्तालाई गुणस्तरीय तथा ऐतिहासिक पेय पदार्थको स्वाद दिएर क्याम्पा कोलालाई लोकप्रिय बनाउने बताए । 

यस सहकार्यले नेपाल र भारतबीचको औद्योगिक सम्बन्ध सुदृढ गर्ने मात्र होइन, नेपाली उपभोक्ताको रोजाइमा नयाँ स्वाद थप गर्ने चौधरी ग्रुप (सीजी)ले अपेक्षा गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...