नेभिगेशन
बजार

नेपालमा ‘क्याम्पा कोला’ भित्रियो, चौधरी ग्रुप र रिलायन्स इन्डस्ट्रिजको सहकार्यमा उत्पादन सुरु

काठमाडौँ । भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डस्ट्रिज र नेपालको अग्रणी औद्योगिक घराना चौधरी ग्रुप (सीजी) बीचको सहकार्यमा अब नेपाली बजारमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’को उत्पादन सुरु गरिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भारतीय बजारमा पुनःस्थापित भइसकेको र अन्तर्राष्ट्रिय रूपमा चिनिएको कोल्ड ड्रिंक ब्रान्ड ‘क्याम्पा कोला’ अब नेपालमै उत्पादन हुनेछ । रिलायन्सको एफएमसीजी विङ रिलायन्स कन्जुमर प्रडक्ट्स लिमिटेड (आरसीपीएल) र सीजीबीचको सहकार्यमा ब्रान्डको उत्पादन तथा वितरण नेपालमा सुरु भएको हो।

Ncell
Extreme Energy

क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, इनर्जी ड्रिंक ‘गोल्ड बुस्ट’ र ‘बेरी किक’ नेपाली बजारमा उपलब्ध हुनेछन्। आरसीपीएलका कार्यकारी निर्देशक केतन मोदीले ५० वर्ष पुरानो ऐतिहासिक ब्रान्ड क्याम्पा कोलालाई चौधरी ग्रुपजस्तो विश्वसनीय साझेदारसँग मिलेर नेपाल ल्याउन पाउँदा उत्साहित भएको बताए । 

कम्पनीका अनुसार क्याम्पा कोला, लेमन र अरेन्ज स्वादको २५० मिलिलिटर बोतलको खुद्रा मूल्य ३० रुपैयाँ तोकिएको छ भने इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ हुनेछ।

चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले यो सहकार्यलाई देशका लागि गौरवको रुपमा वर्णन गर्दै नेपाली उपभोक्तालाई गुणस्तरीय तथा ऐतिहासिक पेय पदार्थको स्वाद दिएर क्याम्पा कोलालाई लोकप्रिय बनाउने बताए । 

यस सहकार्यले नेपाल र भारतबीचको औद्योगिक सम्बन्ध सुदृढ गर्ने मात्र होइन, नेपाली उपभोक्ताको रोजाइमा नयाँ स्वाद थप गर्ने चौधरी ग्रुप (सीजी)ले अपेक्षा गरेको जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप बजार
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...