नेभिगेशन
समाज

आइतबारदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा अवरुद्ध

काठमाडौँ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा आंशिक रूपमा अवरुद्ध भएको जानकारी गराएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीको नियमित मर्मत सम्भार तथा क्षमता विस्तार  भइरहेको हुनाले मर्मत पूरा नभएसम्म विभागसम्बद्ध तोकिएका  सेवाहरू आंशिकरुपमा अवरुद्ध भएको विभागका सूचना अधिकारी शिवराज सेढाइँले जानकारी दिए । 

Ncell
Extreme Energy

उनका अनुसार अनलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन तथा कार्ड वितरण सेवा, राष्ट्रिय परिचयपत्रको विवरण सच्याउने सेवा, जन्म दर्ता गर्दाका बखत राष्ट्रिय परिचय नम्बर प्राप्त हुने सेवा, सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरूको नाम दर्ता तथा नवीकरणका क्रममा राष्ट्रिय परिचय नम्बर÷जैविक विवरणबाट प्रमाणीकरण सेवा र राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीसँग अन्तरआबद्धता भएका अन्य सार्वजनिक सेवाहरु अवरुद्ध भएका छन् ।

विभागले सरोकारवाला एवम् सेवाग्राहीको जानकारीका लागि सार्वजनिक सूचना प्रकाशन गरी मर्मतको कार्य सम्पन्न हुनासाथ सेवा प्रवाह सूचारु हुने जनाएको छ । आइतबारदेखि नै उक्त सेवा रोकिएको विभागले जनाएको छ ।

राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन र वितरणसम्बन्धी कार्य अफलाईनमार्फत् गर्न सकिने हुनाले सोही बमोजिम गर्ने गराउने व्यवस्था हुन सबै राष्ट्रिय परिचयपत्र सेवा इकाईहरूलाई जानकारी गराउँदै विभागले सो कार्यमा सहयोग गरिदिनुहुन सेवाग्राही सर्वसाधारण महानुभावहरूमा अनुरोध पनि गरेको छ । 

अफलाईनमार्फत् राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गराएका सेवाग्राहीलाई अनलाईन सेवा सुचारु भएपछि राष्ट्रिय परिचय नम्बर एसएमएसमार्फत प्राप्त हुने सूचना अधिकारी सेढाइँले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...