नेभिगेशन
मुख्य समाचार

वर्षातमा पनि आगलागीका घटना

काठमाडौँ । वर्षातको समयमा आगलागीका घटना हुुँदैन होला भन्ने तपाई लाग्न सक्छ, तर अवस्था त्यस्तो छैन । देशभर वर्षात् भइरहेका बेला पनि पछिल्ला दिनमा आगलागीका घटनाका कारण ठूलो जनधनको क्षति भएको छ । 

राष्ट्रिय विपद् जोमिख न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सक्रिय मनसुन रहेको, देशव्यापी रुपमा पानी परिरहेको भए पनि आगलागीको घटना उल्लेख्य भएका छन् । यही साउन ३ गते बिहान १० बजेदेखि चार गते बिहान १० बजेसम्म मात्रै छ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट छ जनाको निधन भएको छ भने एक घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् । 

गत वैशाखदेखि साउन ४ गतेसम्म नौ सय ६९ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट १४ जनाको ज्यान गएको छ । आगलागीमा परेर एक सय ४० जना घाइते भएका छन् । त्यसबाट एक हजार ७९ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । 

गत वैशाखदेखि हालसम्म वन डढेलोको सङ्ख्या १५८ छन् । त्यसबाट दुई जना घाइते हुँदा २७ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीका दुई सय ७३ घटना रेकर्ड हुँदा आठको ज्यान गएको छ । कूल ३९ जना घाइते हुँदा पाँच सय ३१ परिवार हावाहुरीका कारण प्रभावित भएका छन् । सो अवधिमा ६३ वटा सर्पदंशको घटना घटेका छन् । सर्पदंशका कारण पाँच जनाको ज्यान गएको छभने ६४ घाइते भएका छन् । ७० परिवार प्रभावित बनेका छन् । 

देशभर बाढीको एक सय ३७ घटना रेकर्ड भएका  छन् । त्यसबाट १३ जनाको ज्यान जानुका साथै एक हजार दुई सय ४६ परिवार प्रभावित भएका छन् । बाढीमा परेर २० जना बेपत्ता भएका छन् ।  पहिरोमा एक सय ८३ वटा घटना रेकर्ड भएको छ । पहिरोमा परेर सात जनाको ज्यान जाँदा नौ घाइते भएका छन् । कूल एक सय ९९ परिवार प्रभावित भएका छन् । 

सो अवधिमा देशभर दुई सय २४ पटक परेको चट्याङबाट २८ जनाको निधन भएको छ । एक सय ६० जना घाइते हुँदा दुई सय ६० परिवार प्रभावित भएका छन् । लेक लागेर ११ जना, जनावरको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै