नेभिगेशन
समाज

वर्षातमा पनि आगलागीका घटना

काठमाडौँ । वर्षातको समयमा आगलागीका घटना हुुँदैन होला भन्ने तपाई लाग्न सक्छ, तर अवस्था त्यस्तो छैन । देशभर वर्षात् भइरहेका बेला पनि पछिल्ला दिनमा आगलागीका घटनाका कारण ठूलो जनधनको क्षति भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राष्ट्रिय विपद् जोमिख न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सक्रिय मनसुन रहेको, देशव्यापी रुपमा पानी परिरहेको भए पनि आगलागीको घटना उल्लेख्य भएका छन् । यही साउन ३ गते बिहान १० बजेदेखि चार गते बिहान १० बजेसम्म मात्रै छ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट छ जनाको निधन भएको छ भने एक घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् । 

Ncell
Extreme Energy

गत वैशाखदेखि साउन ४ गतेसम्म नौ सय ६९ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट १४ जनाको ज्यान गएको छ । आगलागीमा परेर एक सय ४० जना घाइते भएका छन् । त्यसबाट एक हजार ७९ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ । 

गत वैशाखदेखि हालसम्म वन डढेलोको सङ्ख्या १५८ छन् । त्यसबाट दुई जना घाइते हुँदा २७ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीका दुई सय ७३ घटना रेकर्ड हुँदा आठको ज्यान गएको छ । कूल ३९ जना घाइते हुँदा पाँच सय ३१ परिवार हावाहुरीका कारण प्रभावित भएका छन् । सो अवधिमा ६३ वटा सर्पदंशको घटना घटेका छन् । सर्पदंशका कारण पाँच जनाको ज्यान गएको छभने ६४ घाइते भएका छन् । ७० परिवार प्रभावित बनेका छन् । 

देशभर बाढीको एक सय ३७ घटना रेकर्ड भएका  छन् । त्यसबाट १३ जनाको ज्यान जानुका साथै एक हजार दुई सय ४६ परिवार प्रभावित भएका छन् । बाढीमा परेर २० जना बेपत्ता भएका छन् ।  पहिरोमा एक सय ८३ वटा घटना रेकर्ड भएको छ । पहिरोमा परेर सात जनाको ज्यान जाँदा नौ घाइते भएका छन् । कूल एक सय ९९ परिवार प्रभावित भएका छन् । 

सो अवधिमा देशभर दुई सय २४ पटक परेको चट्याङबाट २८ जनाको निधन भएको छ । एक सय ६० जना घाइते हुँदा दुई सय ६० परिवार प्रभावित भएका छन् । लेक लागेर ११ जना, जनावरको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...