नेभिगेशन
समाज

रिद्धि सिद्धि सिमेन्टद्वारा “मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८२” छात्रवृत्ति कार्यक्रम सम्पन्न

मकवानपुर | रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मकवानपुर जिल्लामा तेस्रो पटक आयोजना गरेको “मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८२” छात्रवृत्ति कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पिप्ले रंगशालामा आयोजित उक्त कार्यक्रममा जिल्लाभरिका १८७ जना विद्यार्थीहरू सहभागी भएका थिए। कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता गरी छात्रवृत्ति प्रदान गरिन्थ्यो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा यस वर्षको एसईई परीक्षामा ४.० जीपीए ल्याउने चार जना विद्यार्थीहरू—अनुषा उप्रेती, अस्मिता घिमिरे, अनुप्रस्था देवकोटा र बिमर्श श्रेष्ठलाई नगद रु ५,००१।– का दरले छात्रवृत्ति प्रदान गरिएको थियो।

Ncell
Extreme Energy

कार्यक्रम जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत श्री गुणराज प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विद्यालयहरू—बाल जागृति इंग्लिश बोर्डिङ्ग स्कूल, नवोदय शिशु सदन, श्री बाल ज्योति सेकेन्डरी स्कूल र सोलिडारिटी इन्टरनेशनल एकेडेमी—का प्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो।

साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने मकवानपुर जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा विकास महाशाखा, सन्चो अस्पताल, पिप्ले युवा क्लब, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूलाई प्रमाणपत्रसहित कृतज्ञता अर्पण गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय प्रधानाध्यापक, अभिभावक तथा विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई एक वर्षसम्म मासिक रूपमा छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छ।
छात्रवृत्ति विवरण यसप्रकार छः

प्रथम स्थान: रु ५,०००।– प्रति महिना

द्वितीय स्थान: रु ३,५००।– प्रति महिना

तृतीय स्थान: रु २,५००।– प्रति महिना

सान्त्वना छात्रवृत्तिः थप १२ जना विद्यार्थीलाई रु १,५००।– प्रति महिना

कार्यक्रममा सहभागी विद्यार्थीहरूको नतिजा कम्पनीको आधिकारिक वेबसाइट www.riddhisiddhicements.com र फेसबुक पेज facebook.com/RiddhiSiddhicements मा सार्वजनिक गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...