नेभिगेशन
समाज

रिद्धि सिद्धि सिमेन्टद्वारा “मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८२” छात्रवृत्ति कार्यक्रम सम्पन्न

मकवानपुर | रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मकवानपुर जिल्लामा तेस्रो पटक आयोजना गरेको “मकवानपुर स्मार्ट स्टुडेन्ट अफ द इयर २०८२” छात्रवृत्ति कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पिप्ले रंगशालामा आयोजित उक्त कार्यक्रममा जिल्लाभरिका १८७ जना विद्यार्थीहरू सहभागी भएका थिए। कार्यक्रममा लिखित परीक्षा तथा दौड प्रतियोगिता गरी छात्रवृत्ति प्रदान गरिन्थ्यो। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तथा यस वर्षको एसईई परीक्षामा ४.० जीपीए ल्याउने चार जना विद्यार्थीहरू—अनुषा उप्रेती, अस्मिता घिमिरे, अनुप्रस्था देवकोटा र बिमर्श श्रेष्ठलाई नगद रु ५,००१।– का दरले छात्रवृत्ति प्रदान गरिएको थियो।

Ncell
Extreme Energy

कार्यक्रम जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख प्रशासकीय अधिकृत श्री गुणराज प्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा विभिन्न विद्यालयहरू—बाल जागृति इंग्लिश बोर्डिङ्ग स्कूल, नवोदय शिशु सदन, श्री बाल ज्योति सेकेन्डरी स्कूल र सोलिडारिटी इन्टरनेशनल एकेडेमी—का प्रतिनिधिहरूलाई पनि सम्मान गरिएको थियो।

साथै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने मकवानपुर जिल्ला प्रहरी कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई, शिक्षा विकास महाशाखा, सन्चो अस्पताल, पिप्ले युवा क्लब, हेटौंडा उपमहानगरपालिका वडा नं. ५ लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूलाई प्रमाणपत्रसहित कृतज्ञता अर्पण गर्दै सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यार्थी, शिक्षक, विद्यालय प्रधानाध्यापक, अभिभावक तथा विभिन्न शैक्षिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई एक वर्षसम्म मासिक रूपमा छात्रवृत्ति उपलब्ध गराउने व्यवस्था गरेको छ।
छात्रवृत्ति विवरण यसप्रकार छः

प्रथम स्थान: रु ५,०००।– प्रति महिना

द्वितीय स्थान: रु ३,५००।– प्रति महिना

तृतीय स्थान: रु २,५००।– प्रति महिना

सान्त्वना छात्रवृत्तिः थप १२ जना विद्यार्थीलाई रु १,५००।– प्रति महिना

कार्यक्रममा सहभागी विद्यार्थीहरूको नतिजा कम्पनीको आधिकारिक वेबसाइट www.riddhisiddhicements.com र फेसबुक पेज facebook.com/RiddhiSiddhicements मा सार्वजनिक गरिनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...