नेभिगेशन
मुख्य समाचार

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गर्यो जबरजस्ती निष्कासन प्रतिवेदन

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले संविधानमा सुनिश्चित गरिएको आवासको हक र आवासको अधिकारसम्बन्धी ऐन कार्यान्वयमा सरकारी पक्षबाट कमजोरी भएको जनाएको छ । 

मंगलबार काठमाडौंमा नेपालमा जबरजस्ती निष्कासन प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीले आवासको अधिकार संरक्षणमा नेपाल सरकारको विफलताका कारण जबरजस्ती निष्कासनका घटनाहरु बढ्दै गएको समेत जनाएको छ । 

आवासको हक र आवासको अधिकारसम्बन्धी ऐन, २०७५ लागू भएयता कानुनी सुरक्षा र संरक्षणात्मक उपायहरूसहितको प्रक्रिया पालना गर्नमा निरन्तर कमजोरी देखिएको एम्नेस्टीले जनाएको छ । जसले गर्दा बिभिन्न समुदायहरु दुव्र्यवहार, उपेक्षा र प्रणालीगत अन्यायको सामना गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

अहिले जुनसुकै बेला जबरजस्ती निष्कासनमा पारिन सक्ने त्रासमा जीवन बिताइरहेका देशका सीमान्तकृत समुदायहरूले भोगिरहेका वास्तविकता र नेपालको संविधानमा वाचा गरिएका कानुनी संरक्षणबीचको खाडल झनै फराकिलो बन्दै गएको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले बताए । 

समाजका सबैभन्दा धेरै जोखिममा रहेका मध्येका भूमिहीनहरूको अधिकार संरक्षण गर्नका लागि सरकार आफ्नो कानुनी दायित्व पूरा गर्न विफल भइरहेको उनले बताए । थपलियाले भूमि सम्बन्धी समस्या आयोगले केहि प्रयत्न गरिरहेपनि आयोग आफँै चरम राजनीतिक दुष्चक्रमा फसिरहेकाले समस्या अझ पेचिलो बनिरहेको उल्लेख गरे । 

प्रतिवेदन सन् २०२० देखि २०२४ का बीच काठमाडौं, सिरहा, सुनसरी, झापा र कैलालीलगायत नेपालमा भएका जबरजस्ती निष्कासनका प्रतिनिधिमूलक घटनाहरूमा केन्द्रित रहेको एम्नेस्टीले जनाएको छ ।

पर्याप्त आवासको अधिकारलाई कार्यान्वयन गर्न र नियामक संरचना स्थापनाका लागि तत्काल र समन्वयकारी कार्य नगरिएमा नेपालमा जबरजस्ती निष्कासन र मानवअधिकार उल्लंघनको दुष्चक्र जारी रहने थपलियाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै