नेभिगेशन
समाज

एम्नेस्टी इन्टरनेसनलले सार्वजनिक गर्यो जबरजस्ती निष्कासन प्रतिवेदन

काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले संविधानमा सुनिश्चित गरिएको आवासको हक र आवासको अधिकारसम्बन्धी ऐन कार्यान्वयमा सरकारी पक्षबाट कमजोरी भएको जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार काठमाडौंमा नेपालमा जबरजस्ती निष्कासन प्रतिवेदन सार्वजनिक गर्दै एम्नेस्टीले आवासको अधिकार संरक्षणमा नेपाल सरकारको विफलताका कारण जबरजस्ती निष्कासनका घटनाहरु बढ्दै गएको समेत जनाएको छ । 

Ncell
Extreme Energy

आवासको हक र आवासको अधिकारसम्बन्धी ऐन, २०७५ लागू भएयता कानुनी सुरक्षा र संरक्षणात्मक उपायहरूसहितको प्रक्रिया पालना गर्नमा निरन्तर कमजोरी देखिएको एम्नेस्टीले जनाएको छ । जसले गर्दा बिभिन्न समुदायहरु दुव्र्यवहार, उपेक्षा र प्रणालीगत अन्यायको सामना गर्न बाध्य भएको प्रतिवेदनमा उल्लेख छ ।

अहिले जुनसुकै बेला जबरजस्ती निष्कासनमा पारिन सक्ने त्रासमा जीवन बिताइरहेका देशका सीमान्तकृत समुदायहरूले भोगिरहेका वास्तविकता र नेपालको संविधानमा वाचा गरिएका कानुनी संरक्षणबीचको खाडल झनै फराकिलो बन्दै गएको एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियाले बताए । 

समाजका सबैभन्दा धेरै जोखिममा रहेका मध्येका भूमिहीनहरूको अधिकार संरक्षण गर्नका लागि सरकार आफ्नो कानुनी दायित्व पूरा गर्न विफल भइरहेको उनले बताए । थपलियाले भूमि सम्बन्धी समस्या आयोगले केहि प्रयत्न गरिरहेपनि आयोग आफँै चरम राजनीतिक दुष्चक्रमा फसिरहेकाले समस्या अझ पेचिलो बनिरहेको उल्लेख गरे । 

प्रतिवेदन सन् २०२० देखि २०२४ का बीच काठमाडौं, सिरहा, सुनसरी, झापा र कैलालीलगायत नेपालमा भएका जबरजस्ती निष्कासनका प्रतिनिधिमूलक घटनाहरूमा केन्द्रित रहेको एम्नेस्टीले जनाएको छ ।

पर्याप्त आवासको अधिकारलाई कार्यान्वयन गर्न र नियामक संरचना स्थापनाका लागि तत्काल र समन्वयकारी कार्य नगरिएमा नेपालमा जबरजस्ती निष्कासन र मानवअधिकार उल्लंघनको दुष्चक्र जारी रहने थपलियाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...