नेभिगेशन
सबै कुरा

एचएले अपरेसन गरेर पाठेघर नै फालिदिएकी महिलाकाे मृत्यु

रौटहट । रौटहट गरुडाको इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिका स्वास्थ्य सहाएक (एचए) मार्फत अनधिकृत रुपमा महिलाकाे पाठेघरको अपरेसन गर्दा एक महिलाको मृत्यु भएको छ । 

पेट दुखेर उपचारको लागि पुगेकी रौटहटको चन्द्रपुर नगरपालिका ७ मुस्लिम टोल बस्ने नुरजहान खातुनको अपरेसनकाे क्रममा मृत्यु भएको हो ।

CG

खातुनको मृत्युपछि प्रहरीले उपचारमा संलग्न क्लिनिकका एचए चन्द्रदेव महरालाई पक्राउ गरेको छ । 

पेट दुखेपछि उपचारको लागि कात्तिक २० गते गरुडास्थित अस्पताल पुगेकी खातुनको दिउँसो २ बजे स्वास्थ्यकर्मीले पाठेघर झिकेर फालिदिएका थिए । त्यसपछि उनको अवस्था झनै बिग्रिएको थियो । साँझ वीरगञ्ज रेफर गरेकी खातुनको वीरगञ्जस्थित मेट्रोसिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका  थिए । 

प्रहरीको अनुसन्धानका क्रममा हस्पिटल लेखिए पनि एमबीबीएस चिकित्सक नै नभएको क्लिनिक मात्रै भएको पाइएको  प्रहरीले जनाएको छ । अस्पतालमा भिडिओ एक्स-रे, आइसीयू, भेन्टिलेटर लगायत उपचारका लागि आवश्यक कुनै पनि सामान नभएको देखिएको प्रहरीले जनाएको छ । 

उक्त क्लिनिकले बिरामीको अप्रेसन पुर्व नै २० हजार रुपैयाँ लिएको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।