नेभिगेशन
सबै कुरा

एचएले अपरेसन गरेर पाठेघर नै फालिदिएकी महिलाकाे मृत्यु

रौटहट । रौटहट गरुडाको इमर्जेन्सी जनसेवा हस्पिटल प्रालिका स्वास्थ्य सहाएक (एचए) मार्फत अनधिकृत रुपमा महिलाकाे पाठेघरको अपरेसन गर्दा एक महिलाको मृत्यु भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पेट दुखेर उपचारको लागि पुगेकी रौटहटको चन्द्रपुर नगरपालिका ७ मुस्लिम टोल बस्ने नुरजहान खातुनको अपरेसनकाे क्रममा मृत्यु भएको हो ।

Ncell
Extreme Energy

खातुनको मृत्युपछि प्रहरीले उपचारमा संलग्न क्लिनिकका एचए चन्द्रदेव महरालाई पक्राउ गरेको छ । 

पेट दुखेपछि उपचारको लागि कात्तिक २० गते गरुडास्थित अस्पताल पुगेकी खातुनको दिउँसो २ बजे स्वास्थ्यकर्मीले पाठेघर झिकेर फालिदिएका थिए । त्यसपछि उनको अवस्था झनै बिग्रिएको थियो । साँझ वीरगञ्ज रेफर गरेकी खातुनको वीरगञ्जस्थित मेट्रोसिटी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका  थिए । 

प्रहरीको अनुसन्धानका क्रममा हस्पिटल लेखिए पनि एमबीबीएस चिकित्सक नै नभएको क्लिनिक मात्रै भएको पाइएको  प्रहरीले जनाएको छ । अस्पतालमा भिडिओ एक्स-रे, आइसीयू, भेन्टिलेटर लगायत उपचारका लागि आवश्यक कुनै पनि सामान नभएको देखिएको प्रहरीले जनाएको छ । 

उक्त क्लिनिकले बिरामीको अप्रेसन पुर्व नै २० हजार रुपैयाँ लिएको थियो । 


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।