नेभिगेशन
समाज

जङ्गली च्याउ खाँदा एकै परिवारका २ जनाको मृत्यु, २ जना गम्भीर घाइते

रुकुम पूर्व । रुकुम पूर्वमा जङ्गली च्याउ खाँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । जिल्लाको भूमे गाउँपालिका–५ सेराबाङका तीन वर्षीय योजन विक र छ वर्षीया भाग्यरेखा विकको मृत्यु भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

योजनको मङ्गलबार दिउँसो र भाग्यरेखाको मङ्गलबार राति राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ । सोही परिवारका अन्य दुई जना भने गम्भीर घाइते छन् । मृतकका आमा ३५ वर्षीया रामकुमारी सुनार र उनकी छोरी नौ वर्षीया आयुषा विकको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

यही २ गते जङ्गलबाट ल्याइएर च्याउ खाएर बिरामी भएकामा साउन ५ गते मात्र रुकुम पूर्व अस्पतालमा आएका थिए । अस्पतालमा उपचार हुन नसकेपछि सबैलाई जिल्ला अस्पतालले ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ पठाएको थियो । दुई जनाको उपचारका क्रममा मृत्यु भएको छ भने बाँकी दुई जनालाई नेपालगञ्ज भेरी अस्पताल पठाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...