नेभिगेशन
समाज

ट्रम्पद्वारा १५% भन्सार शुल्कसहित ‘विशाल’ जापान व्यापारिक सम्झौताको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार संयुक्त राज्य अमेरिका जापानसँग ‘विशाल’ व्यापार सम्झौतामा सहमत भएको र यसमा जापानको निर्यातमा १५ प्रतिशत भन्सार शुल्क लाग्ने बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रम्पले आफ्नो विश्वव्यापी व्यापारिक आक्रमण सुरु गरेपछि दुवै मुलुक महिनौँदेखि वार्तामा बाँधिएका छन् । वार्तामा महत्त्वपूर्ण जापानी निर्यातका रूपमा रहेको स्टिल र अटोमोबाइलमा लक्षित भन्सार शुल्कहरू विशेष बाधाका रूपमा देखिएका छन् ।

Ncell
Extreme Energy

यसअघि ट्रम्पले अमेरिकाको प्रमुख व्यापारिक साझेदार जापानलाई सम्झौता नभए अगस्ट १ देखि २५ प्रतिशत कर लगाउने धम्की दिएका थिए ।

“हामीले भर्खरै जापानसँग ठूलो सम्झौता सम्पन्न गर्‍यौँ, सायद अहिलेसम्मको सबैभन्दा ठूलो सम्झौता”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा घोषणा गरे, “सम्झौता अन्तर्गत जापानले मेरो निर्देशनमा संयुक्त राज्य अमेरिकामा पाँच खर्ब ५० अर्ब डलर लगानी गर्नेछ, जसले ९० प्रतिशत नाफा प्राप्त गर्नेछ ।”

उनले असामान्य लगानी योजनामा थप विवरणहरू प्रदान गर्नुभएन तर यो सम्झौताले लाखौँ रोजगारी सिर्जना गर्ने दाबी गर्नुभयो ।

जापानी प्रधानमन्त्री शिगेरु इशिबाले टिप्पणी गर्नुअघि सम्झौताको जाँच गर्न आवश्यक रहेको बताए।

“वार्ताको नतिजाका बारेमा के गर्ने भन्नेबारे हामीले वार्ता र सम्झौताको विवरणहरू सावधानीपूर्वक जाँच नगरेसम्म म यसमा छलफल गर्न सक्दिन”, इशिबाले वासिङ्टनमा ट्रम्पको घोषणापछि टोकियोमा पत्रकारहरूलाई भने।

– चामल आयात –

“जापान कार र ट्रक, चामल र केही अन्य कृषि उत्पादनहरू र अन्य चीजहरू सहित व्यापारका लागि आफ्नो देश खोल्न सहमत भएको छ”, ट्रम्पले भने ।

चामल आयात जापानमा संवेदनशील मुद्दा हो र इशिबाको सरकारले यस विषयमा कुनै पनि छुटलाई पहिले नै अस्वीकार गरेको थियो ।

सम्झौताको खबरपछि जापानको निक्केई सूचकाङ्कमा एक प्रतिशतभन्दा बढी उछाल आएको छ भने जापानी अटो सेयर छ प्रतिशतले बढेको छ ।

इशिबाले सप्ताहन्तमा भएको चुनावको सामना गरेपछि यो सम्झौता आएको हो । चुनावमा इशिबाको गठबन्धनले माथिल्लो सदनमा बहुमत गुमाएको छ ।

ट्रम्प आफ्नो अगस्ट १ को भन्सार शुल्क समयसीमाअघि धेरै सम्झौता गर्ने वाचा गरेपछि व्यापार सम्झौताहरू समाप्त गर्न दबाबमा छ्न्र ।

यसअघि मङ्गलबार उहाँले फिलिपिन्ससँग सम्झौता भएको घोषणा गर्नुभयो । सम्झौताअनुसार फिलिपिन्सको अमेरिका निर्यातमा १९ प्रतिशत कर लाग्नेछ ।

ह्वाइट हाउसले इन्डोनेसियासँगको सम्झौताको विवरण पनि प्रस्तुत गरेको छ । उक्त सम्झौताअन्तर्गत इन्डोनेसियाले महत्त्वपूर्ण खनिज निर्यात प्रतिबन्धहरू कम गर्नेछ र १९ प्रतिशत भन्सार शुल्कको सामना पनि गर्नेछ ।

बेलायत र भियतनामसँग पनि यस्तै सम्झौताहरू भएका छन् । यद्यपि अमेरिकाका शीर्ष तीन ठूला व्यापारिक साझेदारहरू चीन, क्यानाडा र मेक्सिकोसँग वार्ता जारी छ ।

बेइजिङसँग बढ्दो प्रतिकारात्मक सङ्घर्षपछि दुई प्रमुख अर्थतन्त्रले भन्सार शुल्कहरूको अस्थायी कटौती गर्न सहमति जनाएका छन् । अर्को चरणको वार्ता अर्को हप्ता स्टकहोममा हुने अपेक्षा गरिएको छ ।

जनवरीमा ह्वाइट हाउस फर्केपछि ट्रम्पले स्टिल, एल्युमिनियम र अटोमा उच्च स्तरको साथसाथै सहयोगी र प्रतिस्पर्धीहरूमा समान रूपमा १० प्रतिशत कर लगाएका छन् ।

ट्रम्पको गैर–क्षेत्रीय भन्सार शुल्कहरूविरुद्ध कानूनी चुनौतीहरू जारी छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सचिवालयका अनुसार आजको बैठकले भदौ १० गते रसुवाको भोटेकोशीमा बाढीपछिको खोजी तथा उद्धार,राहत  र पुनस्थापनालाई थप प्रभावकारी बनाउन आवश्यक निर्णय गर्ने छ ।
५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

५३ हजार बढी ग्यास सिलिन्डर काठमाडौँ पठाइयो

कृष्णभीरमा पहिरोका कारण ग्यासको बुलेट काठमाडौँ जान नसक्ने भएपछि विभिन्न जिल्लामा रहेका उद्योगबाट ५३ हजार ४६९ सिलिन्डर एलपी ग्यास भरेर काठमाडौँ पठाइएको छ ।
कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ ।
आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

आज रसुवासहित २३ जिल्लामा आकस्मिक बाढी आउने

बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा आकस्मिक बाढी आउने प्रक्षेपण गरेको छ ।