नेभिगेशन
समाज

नाइमा अटो सो २०२५ मा डेब्यु गर्दै अल-इलेक्ट्रिक ‘जेइको जे-५’ एसयुभि

काठमाडौँ । एसपिजि अटोमोबाइल्स प्रा.लि. ले नाइमा नेपाल मोबिलिटि एक्सपो २०२५ मा पूर्ण विद्युतीय प्रिमियम एसयुभि ‘जेइको जे-५ सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि नै सार्वजनिक गरिसकेको ओमोडा इ-५ र जेइको जे-६ इभि लाइनअपसँगै नयाँ जेइको जे-५ ले, बोल्ड स्टाइलिङ र अत्याधुनिक प्रविधिका विशेषताहरूसहित, नेपाली विद्युतीय सवारी साधनको बजारमा नयाँ अध्याय सुरू गर्ने लक्ष्य लिएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एडभेन्चरस यात्राका लागि बनाइएको जेइको जे-५ एसयुभि, आरामदायी विशेषताहरूसँगै अल-रोड-रेडि देखिने रगेड बनावट तथा डिजाइनको संयोजन हो । जे-५ को सार्प-एन्गुलर डिजाइन विशेषताहरू ‘रेन्ज रोभर’को डिजाइन विशेषताहरूसँग तुलनायोग्य रहेको छ । यसका साथै लेभल २ एडास (एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम), श्रेणीमा उत्कृष्ट इन्टिग्रेटेड प्यानोरोमिक सनरुफ, ५४०-डिग्री सराउन्ड भ्यु क्यामरा, र इन्डिपेन्डेन्ट सस्पेन्सनजस्ता उच्च गुणस्तरका सुविधाहरू समावेश रहेका छन् । जसले यसलाई सहरी यात्रा तथा हल्का अफ-रोड यात्रा दुवैका लागि एकदमै उपयुक्त बनाउँछ ।

Ncell
Extreme Energy

जे-५ को भित्री भाग फराकिलो र प्रविधि तथा सुविधाहरूले सुसज्जित रहेको छ । यसमा कनेक्टेड कार टेक्नोलोजिसहितको भेन्टिलेटेड सिट, पूर्ण डिजिटल स्मार्ट इन्सट्रुमन्ट क्लस्टर, १३२० मिलिमिटर चौडाइ भएको फराकिलो र आरामदायी सेकेन्ड-रो सिट, २५६-कलर एम्बिएन्ट लाइटिङ र ४८० लिटरको ट्रन्क स्पेस तथा ३६ इन्टेलिजेन्ट स्टोरेज कम्पार्टमेन्टहरू समावेश रहेका छन् ।

जेइको जे-फाइभको लम्बाई ४३८० मिलिमिटर, चौडाई १८६० मिलिमिटर र उचाई १६५० मिलिमिटरको छ भने यसमा १८-इन्चको अग्लो एलोय ह्विल्स रहेको छ । १५५ किलोवाटको इलेक्ट्रिक मोटर र ५८.९ किलोवाटआवरको ब्याट्रि प्याकबाट सञ्चालित यो एसयुभिले एकै चार्जमा ४०२ किलोमिटरको डब्लुएलटिपि सर्टिफाइड रेन्ज प्रदान गर्दछ ।

जेइको जे-५ ले चालक-यात्रुको सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दछ । जेइको जे-५ मा लेभल २ एडासको विशेषताहरू समावेश रहेको छ जस अन्तर्गत ‘फरवार्ड कोलिजन वार्निङ (एफसिडब्लु), ब्लाइन्ड स्पट मनिटरिङ (बिएसएम), इन्टिग्रेटेड क्रुज कन्ट्रोल, इमर्जेन्सि ब्रेकिङ’, र १९ वटा थप इन्टेलिजेन्ट सुरक्षा विशेषताहरू रहेका छन् ।

नाइमा २०२५ मा ‘जेइको जे-५’ सार्वजनिक गर्दै जेइकोले नेपालको इभि बजारमा आफ्नो उपस्थितिलाई अझ मजबुत बनाउने लक्ष्य लिएको छ । पर्फमेन्स, प्रविधि, र लक्जरीको साथ आउटडोर एडभेन्चरको लागि सुहाउँदो रगेड डिजाइनसहित, जेइको जे-५ ले, नेपाली ग्राहकहरूका लागि एक उत्कृष्ट आधुनिक इलेक्ट्रिक एसयुभिको रूपमा आफ्नो परिचय स्थापित गर्नेछ ।

एसपिजि अटोमोबाइल्स प्राइभेट लिमिटेड नेपालमा ओमोडा एन्ड जेइकोको लागि आधिकारिक वितरक हो जसले नेपाली ग्राहकहरूका लागि ब्रान्डका सवारीसाधनहरूको विक्री वितरण तथा उत्कृष्ट आफ्टर-सेल्स सर्भिस प्रदान गर्दछ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...