नेभिगेशन
मुख्य समाचार

रसुवागढीको पुल बगाएपछि चीनमा अलपत्र परेका नेपाली स्वदेश फर्किए

काठमाडौँ । बाढीका कारण रसुवागढीको मितेरी पुल बगाएपछि चीनमा अलपत्र परेका नेपाली नागरिकहरुले सिन्धुपाल्चोकको तातोपानी नाका हुदै स्वदेश फर्कन पाएपछि खुसी व्यक्त गरेका छन् ।

बुधबार तातोपानी नाका हुदै नेपाल फर्केका नेपाली नागरिकहरुले सरकारको पहलमा अर्को नाका हुँदै स्वदेश फर्कन पाएको भन्दै खुसी व्यक्त गरेका हुन् । साथै उनीहरुले चीनमा रहदा चीन सरकारले आफुहरुको राम्रो व्यस्थापन गरेको जनाएका छन् । दोलखाका निर बहादुर श्रेष्ठले सुरुको तीन दिन केहि समस्या भएपनि त्यसपछि भने चीन सरकारले खाने व्यवस्था गरेको जानकारी दिए । 

त्यस्तै रसुवाका ईश्वर कुमार आचार्यले रसुवागढीको मितेरी पुल बगाएपछि चीनको नाकामा रोकिएका सवारी साधान ल्याउन नसकिएको बताए । चीन सरकारले दिनको तीन पटक खाने व्यवस्थाका साथै होटलमा बस्न चाहनेलाई समेत उचित व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरे । 

त्यस्तै चीनमा फसेका नेपालीहरुको स्वास्थ्य उपचारको पनि उचित हेरचाह भएको आचार्यले बताए । गत असार २४ गते भोटेकोसीमा आएको बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि टिमुरे केरुङ सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि असारको पहिलो साता रसुवा नाका हुँदै केरुङ, कैलाश, मानसरोवर जाने नेपालीहरु तिब्बतीय भूभागमा नै अलपत्र परेका थिए । चीन सरकारले अलपत्र परेका २ सय ३ नेपालीहरुलाई उद्धार गर्दै बुधवार तातोपानी नाकासम्म ल्याइदिएपछि उनीहरु नेपाल आएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै