नेभिगेशन
समाज

रसुवागढीको पुल बगाएपछि चीनमा अलपत्र परेका नेपाली स्वदेश फर्किए

काठमाडौँ । बाढीका कारण रसुवागढीको मितेरी पुल बगाएपछि चीनमा अलपत्र परेका नेपाली नागरिकहरुले सिन्धुपाल्चोकको तातोपानी नाका हुदै स्वदेश फर्कन पाएपछि खुसी व्यक्त गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार तातोपानी नाका हुदै नेपाल फर्केका नेपाली नागरिकहरुले सरकारको पहलमा अर्को नाका हुँदै स्वदेश फर्कन पाएको भन्दै खुसी व्यक्त गरेका हुन् । साथै उनीहरुले चीनमा रहदा चीन सरकारले आफुहरुको राम्रो व्यस्थापन गरेको जनाएका छन् । दोलखाका निर बहादुर श्रेष्ठले सुरुको तीन दिन केहि समस्या भएपनि त्यसपछि भने चीन सरकारले खाने व्यवस्था गरेको जानकारी दिए । 

Ncell
Extreme Energy

त्यस्तै रसुवाका ईश्वर कुमार आचार्यले रसुवागढीको मितेरी पुल बगाएपछि चीनको नाकामा रोकिएका सवारी साधान ल्याउन नसकिएको बताए । चीन सरकारले दिनको तीन पटक खाने व्यवस्थाका साथै होटलमा बस्न चाहनेलाई समेत उचित व्यवस्था गरेको भन्दै खुसी व्यक्त गरे । 

त्यस्तै चीनमा फसेका नेपालीहरुको स्वास्थ्य उपचारको पनि उचित हेरचाह भएको आचार्यले बताए । गत असार २४ गते भोटेकोसीमा आएको बाढीले रसुवागढीको मितेरी पुल बगाएपछि टिमुरे केरुङ सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध भएपछि असारको पहिलो साता रसुवा नाका हुँदै केरुङ, कैलाश, मानसरोवर जाने नेपालीहरु तिब्बतीय भूभागमा नै अलपत्र परेका थिए । चीन सरकारले अलपत्र परेका २ सय ३ नेपालीहरुलाई उद्धार गर्दै बुधवार तातोपानी नाकासम्म ल्याइदिएपछि उनीहरु नेपाल आएका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

‘हाइड्रो हब’ का ७ सुरुङः कहाँ कसरी हुँदैछ उद्धार ?

नेपाली सेनाले आज दिउँसो विदुरमा पत्रकार सम्मेलन गरी बाढीले थुनिएका सबै सुरुङमा खोजी र उद्धार जारी रहेको जनाएको हो ।
त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

त्रिशूली–३ ‘ए’ हाइड्रोको सुरुङबाट एकजनाको शव निकालियो

खोज तथा उद्धार कार्य जारी रहेको नुवाकोटको सिम्ले क्षेत्रमा रहनुभएका स्थानीयवासी शेषनाथ भट्टराईले विदेशीविज्ञ सम्मिलित विशेष टोलीले सुरुङभित्रबाट अहिले एक व्यक्तिको शव निकालेको जानकारी दिए ।
यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

यस्तो छ छाउनीमा उपचाररत २ जनाको स्वास्थ्य अवस्था

त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये उद्धार गरिएका दुई जनाको छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ ।
भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

भोटेकोशी बाढीमा बेपत्ताका बालबच्चा भन्छन्– ‘हेलिकप्टर अंकल हाम्रो बुवालाई यहीँ झारिदिनुस् न!’

गत मंगलबार, दिउँसो २ बजेको हुँदो हो । चञ्चली विक निकै अधैर्य र विह्वल देखिन्थिन् । उनका आँखामा गहिरो पीडा थियो । रूँदारूँदै थाकेकी जस्ती देखिने चञ्चलीको अनुहारले...