नेभिगेशन
मुख्य समाचार

सुरु भयो गुँला पर्व (तस्विरहरु)

काठमाडौँ । बौद्ध धर्मावलम्बीको एक महिने गुँला पर्व आजदेखि सुरु भएको छ । विशेषगरी बौद्ध धर्मावलम्बीहरुले धुमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गर्दछ । आजदेखि आगामी भदौ ८ गतेसम्म यस पर्व मनाइने गरिन्छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसअर्थमा नेपाल संवत्को नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मी बताउँछन् । यस पर्वको अवसरमा मुख्यगरी नौ बाजा बजाउने परम्परा छ । गुँला पर्व विशेषगरी बौद्धमार्गीहरुको पर्व भए तापनि गुँला पर्वमा अन्य धर्मावलम्बीहरु समेत सहभागी हुने गर्छन् । पर्वको अवसरमा नगरका बहाः, बही, चैत्यलगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन  छ ।

गुँला पर्वमा बौद्धमार्गीहरु दैनिक महाचैत्यको परिक्रमा गर्नुका साथै उपत्यकाका विभिन्न चैत्यहरुको परिक्रमा गर्ने गर्दछन् । यस पर्वको प्रमुख विशेषता न्याकुँ बाजा बजाउनु हो । यो बाजा राँगाको सिङबाट निर्माण गरिएको हुन्छ । पछिल्लो समय विभिन्न मौलिक बाजागाजासहित गुँला पर्व मनाउने प्रचलन वृद्धि भएको छ । जसअनुसार धाः बाजा, बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिकालगायतका देवीदेवताको समेत परिक्रमा गर्ने प्रचलन छ । 

Gunla-parba-ktm-4-1753421344.jpg

Gunla-parba-ktm-3-1753421344.jpg

Gunla-parba-ktm-1-1753421344.jpg

Gunla-parba-ktm-6-1753421343.jpg

Gunla-parba-ktm-5-1753421343.jpg

Gunla-parba-ktm-7-1753421342.jpg

Gunla-parba-ktm-8-1753421342.jpg

Gunla-parba-ktm-10-1753421340.jpg

Gunla-parba-ktm-9-1753421340.jpg

Gunla-parba-ktm-11-1753421339.jpg

Gunla-parba-ktm-12-1753421339.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै