नेभिगेशन
समाज

इरानको जेलमा रहेका पाँच नेपाली स्वदेश फिर्ता

काठमाडौँ । विभिन्न कारणवश इरानको जेलमा रहेका पाँच नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।
    
जेलमा नेपाली नागरिकलाई त्यहाँको अदालतले थुनामुक्त गर्ने आदेश दिएपश्चात् तेहरानस्थित नेपाली अवैतनिक वाणिज्यदूत  र अन्तरराष्ट्रिय आप्रवासन सङ्गठनको सहयोगमा स्वदेश फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि भारत सरकारलाई अनुरोध गरी भारतीय नागरिकलाई उद्धार गर्न गएको भारतीय विमान सेवाको उडानबाट विभिन्न मितिमा तीन लटमा गरी नौ नेपाली नागरिकलाई यसअघि नै इरानबाट उद्धार गरी स्वदेश फिर्ता ल्याइएको थियो ।

Ncell
Extreme Energy

इजरायल र इरानबीच गत १३ जुन २०२५ देखि सुरु भएको द्वन्द्व २३ जुन २०२५ का दिन दुवै पक्षबीच युद्धविराम भएपश्चात् शान्तिसुरक्षाको स्थिति सहज हुँदै गएकाले नेपाली नागरिकलाई फिर्ता ल्याउन सकिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो प्रक्रियामा सहयोग, सक्रियता तथा सदाशयता प्रदर्शन गर्ने सबैलाई सरकारले धन्यवाद दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

हरित हाइड्रोजनबाट खाना पकाउने प्रविधिको विकास

त्रिभुवन विश्वविद्यालयसहित विभिन्न देशका विश्वविद्यालय, वैज्ञानिक तथा प्राविधिक संस्थाको सहकार्यमा परियोजना सञ्चालन गरिएको हो । परियोजनाले अब हाइड्रोजन ग्यासको सुरक्षित वितरण प्रणाली र व्यावसायिक विस्तारका विषयमा थप अध्ययन...
मनसुन आकलनः ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

मनसुन आकलनः ५१ हजार ८६८ घरधुरीका २ लाख २६ हजार ६६१ व्यक्ति प्रभावित हुने अनुमान

कार्ययोजनामा भनिएको छ, “यस वर्षको मनसुनको पूर्वानुमान सन् २०१४, २०१६ र २०२२ का मनसुन मौसमसँग मिल्दोजुल्दो देखिन्छ । समग्रमा यस वर्षको मनसनुको अवधिमा मनसनुजन्य विपद्बाट देशभर करिब ५१...
चिया निर्यातको अवरोध तत्काल हटाउन सांसद सुहाङ नेम्वाङद्वारा सरकारको ध्यानाकर्षण

चिया निर्यातको अवरोध तत्काल हटाउन सांसद सुहाङ नेम्वाङद्वारा सरकारको ध्यानाकर्षण

बुधबारको प्रतिनिधिसभा बैठकमा इलाम–२, बाट निर्वाचित साँसद् सुहाङ नेम्वाङले  हाल भारतले नेपालको चिया निर्यातमा गरेको अवरोध कुटनीतिक पहलमार्फत समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
सूर्यविनायक धुलिखेल सडक निर्माण सुस्त, सरोकारवालाको चासो(तस्बिरहरु)

सूर्यविनायक धुलिखेल सडक निर्माण सुस्त, सरोकारवालाको चासो(तस्बिरहरु)

आइतबार बनेपामा आयोजना, निर्माण व्यवसायी तथा सरोकारवालाबीच भएको छलफलमा वर्षायामअघि यात्रुलाई सहज आवागमनको व्यवस्था मिलाउन निर्माण कार्य तीव्र बनाउन जोड दिइएको हो। छलफलमा सडक विस्तारअन्तर्गत बनेपा क्षेत्रका सर्भिस...