नेभिगेशन
मुख्य समाचार

मोटरसाइकलमा डोको जोडेर तरकारी बेच्ने ‘धनराज’

दाङ । मोटरसाइकलको पछाडि जोडिएका दुई वटा डोको । त्यही मोटरसाइकल र डोकोबाट चलेको छ, दाङ तुलसीपुर उपमहानगरपालिका–४ माथिल्लो हलवारी निवासी धनराज बुढाथोकीको दैनिकी । उनले मोटरसाइकलमा जोडिएका डोकोमा तरकारी बोक्छन् । गाउँ–गाउँ अनि बजारमा लिएर बेच्छन् ।

आफैँले उत्पादन गरेको तरकारी विगत १० वर्षदेखि यसरी नै बजारमा बिक्री गर्दै आएको उनले बताए । “मैले १० वर्ष भयो तरकारीखेती गरेको”, उनले भने, “यही तरकारी मोटरसाइकलको पडाडि जोडिएको डोकोमा लगेर बजार बिक्री गर्दै आएको छु, यसले नै घरखर्च धानेको छ ।”

हरेक दिन बिहान ५ बजे उठेर उनले काँक्रा र बोडी गाउँगाउँमा लिएर बेच्छन् । उनी तरकारी बिक्री गर्न खाद्रे, बनहरी, तल्लो ग्वारखोला, मथिल्लो ग्वारखोला, कपडादेवी, मोतिपुर, राजापुरसम्म पुग्छन् । अहिले उनको दैनिकी यसरी नै बितिरहेको छ ।

अहिले दैनिक पाँच क्वीन्टल तरकारी र काक्रा बिक्री गर्ने गरेको उनको भनाइ छ । “विगतका वर्षमा दैनिक सात/आठ क्वीन्टलसम्म बिक्री गर्थे”, उहाँले भने, “यसबर्ष त्यति बजार पाएको छैन, त्यही पाँच क्वीन्टलसम्म बिक्री गर्ने गरेको छु ।”

उनले बोडीलाई रु ५० किलोमा बिक्री गर्दै आएका छन्, भने काँक्रा एक सय रुपैयाँमा साढे दुई केजी बिक्री गर्दै आएका छन् । बोडी र काँक्राको सिजन असारदेखि साउनको अन्तिमसम्म रहन्छ । जसमा बोडी एक सिजनमा रु दुई लाखसम्मको कारोवार हुन्छ भने काँक्रा पाँच लाखसम्म कारोबार हुन्छ । यसमा खर्च कटाएर रु चारदेखि पाँच लाखसम्म एक सिजनमा आम्दानी हुने गरेको उनले बताए।

अब बोडी र काक्राको सिजन सकिनै थालेको भन्दै टमाटरखेती गर्ने तयारी गरेको उनले बताए । वैशाखमा रोपिएका काँक्राले असार र साउनमा आम्दानी दिने र साउनमा रोपिएको टमाटरले कात्तिकदेखि चैतसम्म आम्दानी दिने बताउनुभयो । यसरी वर्षमा दुई सिजनमा तरकारी खेती गरेर आम्दानी लिने गरेको उनले बताए ।/रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
माइक्रोबस दुर्घटनामा १७ जना घाइते

माइक्रोबस दुर्घटनामा १७ जना घाइते

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

जुकाको औषधि घाँटीमा अड्किएर १८ महिने शिशुको मृत्यु

उनका अनुसार राष्ट्रव्यापी रूपमा यही कात्तिक २० र २१ गते सञ्चालन भएको भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कार्यक्रमअन्तर्गत बिहीबार गढवा–४ रामनगरमा औषधि खुवाउने बेला शिशुको घाँटीमा अड्किएपछि...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...
लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु

मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए...

भर्खरै