नेभिगेशन
सबै कुरा

लुटपाट गर्न परिवारनै सखाप, ६ महिना अघिनै बनेको थियो योजना

मुगु ।  मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तले नै गरेको खुलेको छ  । कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ८ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दसैँमा माइत गएकी श्रीदेवी फर्किएकै दिन कात्तिक ८ गते राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो। 

Ncell
Extreme Energy

घटना  भएको १२ दिनपछि हत्या आरोपमा मृतका  छिमेकी गोपाल बोहरा र पिना गाँउपालिका घर भई बाँके बस्ने काले भन्ने गोरखराज शाही ठकुरी पक्राउ परेका हुन् । 

दशैँ मनाउने बहानामा गाँउ पुगेको गोरखराज, हत्या गर्ने मनसायलेनै गाँउमा लुकेर बसेको  पाइएको प्रहरीले जनाएको छ ।  हत्या गरेपछि भने भागेका उनलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो । उनकै बयानका आधारमा प्रहरीले  गोपललाई पक्राउ गरेको हो । 

नातामा गोरखराज श्रीदेवीका काका पर्छन् भने गोपाल देवर पर्छन् । उनिहरुले योजना बनाएरै परिवार सखाप पारेको प्रहरीको दाबी छ । उनिहरुले ६ महिना अघिनै बोहराको परिवारमा लुटपाट गर्ने योजना बनाएका थिए । बाँकेको कोहलपुर बस्दै आएका गोरखराज गत जेठमा गाँउ पुगेर गोपाल बोहोरको घरमा बसेका थिए । 

त्यही भेटमा उनीहरूले श्रीदेवीसँग  सुन र नगद भएकाले त्यो लुटपाट गर्ने योजना बनाए । सोही योजनाअनुसार कात्तिक ५ गते गोरखराज सुर्खेतबाट मुगु पिना गई गोपालबहादुरको घरमा बसे । ६ गते पुगेका उनी लुकिछिपी सोही गाउँमा बसेका थिए । 

कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किन् । त्यही बेलुकी गोरखराज र गोपाल श्रीदेवीको घर पुगेर हत्या गरे । त्यसपछि मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ ग्रामको तिलहरी, मृतकका श्रीमान् दीपक र श्रीदेवीको नाममा रहेका एनआईसी बैंकका २ थान चेक, श्रीदेवीको नामको जग्गाको लालपुर्जा, श्रीदेवीको मोबाइल सहित केहि नगर लुटेको  प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोका लगाइदिएर हिँडेका थिए । गोपला बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोरखराज भने सुर्खेततर्फ लागेका थिए । लुटिएको सुन गोरखाराजले नेपालगंजमा बेचे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...
जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

जंगलमा फेला पर्‍यो ११ नाल भरुवा बन्दुक

प्रहरी चौकी रामपुरबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहान ९ बजे १ नाल बेचालु र १० नाल चालु (लोड नगरिएको) भरुवा बन्दुक फेला पारेको हो ।