नेभिगेशन
सबै कुरा

लुटपाट गर्न परिवारनै सखाप, ६ महिना अघिनै बनेको थियो योजना

मुगु ।  मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुका एकै परिवारका चार जनाको हत्या आफन्तले नै गरेको खुलेको छ  । कात्तिक ८ गते राति मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ८ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या भएको थियो । 

दसैँमा माइत गएकी श्रीदेवी फर्किएकै दिन कात्तिक ८ गते राति धारिलो हतियार प्रहार गरी उनीहरूको हत्या भएको थियो। 

CG

घटना  भएको १२ दिनपछि हत्या आरोपमा मृतका  छिमेकी गोपाल बोहरा र पिना गाँउपालिका घर भई बाँके बस्ने काले भन्ने गोरखराज शाही ठकुरी पक्राउ परेका हुन् । 

दशैँ मनाउने बहानामा गाँउ पुगेको गोरखराज, हत्या गर्ने मनसायलेनै गाँउमा लुकेर बसेको  पाइएको प्रहरीले जनाएको छ ।  हत्या गरेपछि भने भागेका उनलाई प्रहरीले सुर्खेतबाट पक्राउ गरेको हो । उनकै बयानका आधारमा प्रहरीले  गोपललाई पक्राउ गरेको हो । 

नातामा गोरखराज श्रीदेवीका काका पर्छन् भने गोपाल देवर पर्छन् । उनिहरुले योजना बनाएरै परिवार सखाप पारेको प्रहरीको दाबी छ । उनिहरुले ६ महिना अघिनै बोहराको परिवारमा लुटपाट गर्ने योजना बनाएका थिए । बाँकेको कोहलपुर बस्दै आएका गोरखराज गत जेठमा गाँउ पुगेर गोपाल बोहोरको घरमा बसेका थिए । 

त्यही भेटमा उनीहरूले श्रीदेवीसँग  सुन र नगद भएकाले त्यो लुटपाट गर्ने योजना बनाए । सोही योजनाअनुसार कात्तिक ५ गते गोरखराज सुर्खेतबाट मुगु पिना गई गोपालबहादुरको घरमा बसे । ६ गते पुगेका उनी लुकिछिपी सोही गाउँमा बसेका थिए । 

कात्तिक ८ गते श्रीदेवी बोहोरा दुई छोरा र एक छोरीसहित माइतीघरबाट फर्किन् । त्यही बेलुकी गोरखराज र गोपाल श्रीदेवीको घर पुगेर हत्या गरे । त्यसपछि मृतकले कानमा लगाएका साढे दुई तोलाका सुनका रिङ, २५ ग्रामको तिलहरी, मृतकका श्रीमान् दीपक र श्रीदेवीको नाममा रहेका एनआईसी बैंकका २ थान चेक, श्रीदेवीको नामको जग्गाको लालपुर्जा, श्रीदेवीको मोबाइल सहित केहि नगर लुटेको  प्रहरी अनुसन्धानबाट खुलेको छ। 

प्रहरीका अनुसार घटनापछि उनीहरू शव घरभित्रै छाडेर बाहिरबाट ढोका लगाइदिएर हिँडेका थिए । गोपला बोहोरा त्यसपछि पनि गाउँमै बसेको र गोरखराज भने सुर्खेततर्फ लागेका थिए । लुटिएको सुन गोरखाराजले नेपालगंजमा बेचे । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

पक्राउ पर्नेमा कास्की घर भई शुक्लागण्डकी नगरपालिका–५ बस्ने ४६ वर्षीय कुमार नेपालीविरुद्ध जिल्ला अदालतबाट बिहीबार सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

लुटपाट तथा चोरीमा संलग्न सक्रिय गिरोह पक्राउ, प्रहरीले गोली हानेर लिइएको थियो नियन्त्रणमा

जिल्ला प्रहरी परिसर काठमाडौंले बिहीबार पत्रकार सम्मेलन गर्दैै विगत ३ महिनादेखि रातको समयमा मोटरसाइकलमा चढेर लुटपाट गर्ने गिरोहलाई पक्राउ गरिएको जनाएको हो ।
मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

मुलपानीमा प्रहरीले चलायो गोली, १० लुटेरा पक्राउ

उनका अनुसार रातिको समयमा विभिन्न व्यक्तिहरुलाई पछ्याएर गहना, नगद लगायतका सामान लुटपाट भएको घटनापछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोली गएराति परिचालित भएको थियो ।
अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

अज्ञात व्यक्तिद्वारा धारिलो हतियार प्रयोग गरी आमा–छोराको हत्या

प्रहरीले घटनास्थलको मुचुल्का उठाइसकेको र मृतक दुवैको शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको जनाएको छ । बिच गाउँमा रहेकाे अवस्थामा यस घटनाले स्थानीय क्षेत्रमा त्रास फैलिएको छ ।