नेभिगेशन
समाज

बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ (बीवाईडी सिगल), नाइमा एक्सपोमा बुकिङ गर्नेलाई विशेष अफर

काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको घोषणा गरेको छ । सो लन्च कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको बताइएकाे छ । वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो  ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको कम्पनीकाे दावी छ । 

Ncell
Extreme Energy

‘बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई प्रजातान्त्रिकरण गरेका छौँ र नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तनलाई ल्याएका छौँ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘यो एक इन्ट्री लेभल ईभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो । यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको हो ।’

के छ विशेषता ?

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ । जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ । 

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । 

त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ । 

नाइमामा विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर उपलब्ध हुनेछ । यस अनुसार नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध हुनेछ । 

बीवाईडी एट्टो १ ले अत्याधुनिक अन्तर्राष्ट्रिय डिजाइन, शहरी उपयोगिता र अतुलनीय सुरक्षाको दुर्लभ संयोजनको प्रतिनिधित्व गर्छ । विश्वभर मान्यता प्राप्त यस सवारीसाधनलाई शहरवासीहरूको आवश्यकता अनुसार निर्माण गरिएको छ, र यो नेपालमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट ईभी बन्ने तयारीमा छ ।

बीवाईडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपाललाई सफा, स्मार्ट र अझै समावेशी विद्युतीय भविष्यतर्फ अगाडि बढाउने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...