नेभिगेशन
समाज

बीवाईडीले लन्च गर्यो अल-न्यु बीवाईडी एट्टो १ (बीवाईडी सिगल), नाइमा एक्सपोमा बुकिङ गर्नेलाई विशेष अफर

काठमाडौँ । नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि.ले इलेक्ट्रिक ह्याचब्याक बीवाईडी एट्टो १ आधिकारिक रुपमा लन्च गरेको घोषणा गरेको छ । सो लन्च कार्यक्रम नाइमा नेपाल मोबिलिटी एक्सपो २०२५ मा गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


विश्वव्यापी रुपमा बीवाईडी सिगल, बीवाईडी डल्फिन मिनी अथवा डल्फिन सर्फ भनिने बीवाईडी एट्टो १ नेपालको सहरी इलेक्ट्रिक मोबिलिटीका लागि गेम चेन्जर बनेर आएको बताइएकाे छ । वर्ल्ड कार अवार्ड्समा वर्ल्ड अर्वन कार अफ द इयर २०२५ को उपाधि समेत प्राप्त गरेको सो  ईभीले मूल्य, सुरक्षा र नवप्रवर्तनको क्षेत्रमा आफूलाई एक कदम अगाडि बढाएको कम्पनीकाे दावी छ । 

Ncell
Extreme Energy

‘बीवाईडी एट्टो १ मार्फत हामीले ईभी प्रविधिलाई प्रजातान्त्रिकरण गरेका छौँ र नेपाली सडकमा विश्व स्तरीय नवप्रवर्तनलाई ल्याएका छौँ’, साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठले भने, ‘यो एक इन्ट्री लेभल ईभी मात्र होइन, कम्प्याक्ट इलेक्ट्रिक मोबिलिटीतर्फको क्रान्ति समेत हो । यो वर्तमानको अर्वन लाइफस्टाइल र भोलिको हरित भविष्यका लागि डिजाइन गरिएको हो ।’

के छ विशेषता ?

बीवाईडीको एड्भान्स्ड ई–प्लेटफर्म ३.० मा बनेको र क्रान्तिकारी ब्लेड ब्याट्रीद्वारा सुसज्जित एट्टो १ मा सेल–टु–बडी (सीटीबी) टेक्नोलोजी रहेको छ । जसले एकीकृत बनावट र गाडीको सुरक्षालाई मजबुत बनाएको छ, जुन ईभीका लागि विशेष रुपमा बनेको छ । 

नेपालमा डाइनामिक र प्रिमियम गरी दुई भेरिएन्टका बीवाईडी एट्टो १ ईभी उपलब्ध हुने छन् । डाइनामिकमा ३०.०८ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा २३० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । 

त्यसैगरी प्रिमियममा ३८.८८ किलोवाट आवरको ब्याट्री छ, जसले ३०० किलोमिटरको डब्लुएलटीपी रेन्ज दिन्छ । यी दुई भेरिएन्टको मूल्य क्रमशः २८ लाख ९५ हजार र ३२ लाख ९९ हजार रुपैयाँ हुनेछ । 

नाइमामा विशेष अफर

नाइमा नेपाल मोबिलिटी एक्सपोमा यो गाडी बुकिङ गर्ने ग्राहकका लागि विशेष अफर उपलब्ध हुनेछ । यस अनुसार नगद छुट, निःशुल्क एक वर्षको अटो प्लस इन्स्योरेन्स, निःशुल्क ३.३ किलोवाट पोर्टेबल चार्जर, १० वर्षको एक्सटेन्डेड वारेन्टी, निःशुल्क एसेसरिजका साथै १० वर्ष सम्म निःशुल्क एप कनेक्टिभिटी सब्स्क्रिप्सन उपलब्ध हुनेछ । 

बीवाईडी एट्टो १ ले अत्याधुनिक अन्तर्राष्ट्रिय डिजाइन, शहरी उपयोगिता र अतुलनीय सुरक्षाको दुर्लभ संयोजनको प्रतिनिधित्व गर्छ । विश्वभर मान्यता प्राप्त यस सवारीसाधनलाई शहरवासीहरूको आवश्यकता अनुसार निर्माण गरिएको छ, र यो नेपालमा सबैभन्दा बढी बिक्री हुने कम्प्याक्ट ईभी बन्ने तयारीमा छ ।

बीवाईडी एट्टो १ को लन्चसँगै साइमेक्स इंकले नेपाललाई सफा, स्मार्ट र अझै समावेशी विद्युतीय भविष्यतर्फ अगाडि बढाउने आफ्नो लक्ष्यलाई अझ सशक्त बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

नेपालमा थप २०० अर्ब लगानी गर्ने बहुराष्ट्रिय कम्पनीको प्रतिबद्धता

अर्थमन्त्री वाग्लेले नेपालमा नयाँ लगानी भित्र्याउन, सञ्चालनमा रहेका उद्योगको क्षमता विस्तार गर्न तथा नयाँ रोजगारी सिर्जना गर्न कम्पनीहरूलाई आग्रह गरेका थिए । “नेपालमा अझ ठूलो लगानी गर्नुहोस्, भइरहेको...
बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिलाई अर्थमन्त्रीले के भने ?

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा अझ ठूलो लगानी गरेर उद्यो विस्तार गर्न र नयाँ प्रविधि भित्र्याउँदै रोजगारी सिर्जना गर्न नेपालस्थित बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिहरुलाई आग्रह गरेका छन् । आज...
सुरु भयो अर्थमन्त्री वाग्लेसँग २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिको छलफल

सुरु भयो अर्थमन्त्री वाग्लेसँग २० ठूला बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिको छलफल

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आह्वान गर्नुभएको नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीका प्रतिनिधिसँगको छलफल सुरु भएको छ।
गाडीका पार्टपूर्जाको अवैध कारोबारी पक्राउ

गाडीका पार्टपूर्जाको अवैध कारोबारी पक्राउ

अवैध रुपमा टाटा गाडीका नक्कली पार्ट पूर्जा तथा लुब्रिकेन्टस आयात गरी बिक्री वितरण गरी उपभोक्ता ठगी गरेको काभ्रे प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।