नेभिगेशन
समाज

NAIMA एक्सपाेमा एमजीको वर्षकै सबैभन्दा ठूलो अफर सार्वजनिक

काठमाडौँ । NAIMA नेपाल मोबिलिटी एक्सपाे २०२५ धुमधामका साथ जारी  । यसै सन्दर्भमा एमजीले यस वर्षकै सबैभन्दा रोमाञ्चक अफरहरू सार्वजनिक गर्दै उत्साह थपेको छ । नेपालमा एमजी गाडीहरूको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एक्स्पो अवधिमा मात्र लागू हुने विशेष अफरहरू घोषणा गरेको छ, जसले देशमा स्मार्ट मोबिलिटीको नयाँ मापदण्ड स्थापित गरेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

साउन २५ गतेसम्म, हल A (स्टल A1 र A3 ) र हल B (स्टल एच 3) मा रहेका एमजी र आइएमका स्टलहरूमा गएर ग्राहकहरूले सीमित अवधिका लागि लागू हुने अफरहरू प्राप्त गर्न सक्छन्। यी अफरहरू MG 4 EV (कम्फर्ट, डिलक्स भेरियन्ट), MG S5 इभी (कम्फर्ट, लक्जरी भेरियन्ट), विन्डसर इभी (एक्साइट, एक्सक्लुसिभ भेरियन्ट), कमेट इभी (एक्साइट, एक्जिक्युटिभ भेरियन्ट) र भविष्यको प्रविधि समेटिएको MG IM 6 (प्रिमियम ७५ किलोवाट भेरियन्ट) जस्ता चर्चित मोडेलहरूमा उपलब्ध छन्। ४ लाख रुपैयाँसम्मको छुट, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स र प्रत्येक खरिदमा ३ किलोवाट वा ७ किलोवाट चार्जर निःशुल्क पाइने जस्ता आकर्षक सुविधाहरु छन् । यो एमजीको अहिलेसम्मकै सबैभन्दा आकर्षक अफर हो । 

Ncell
Extreme Energy

“यो एक्स्पो गाडीहरू देखाउन मात्र होइन, ग्राहकहरूलाई स्मार्ट र ग्रीन मोबिलिटीतर्फ सहज रूपले अघि बढाउने प्रयास पनि हो,” पारामाउन्ट मोटर्सका महाप्रबन्धक श्री सुनील बहादुर क्षेत्रीले भने, “हामीले एमजीको स्वामित्वलाई अझ सहज र पहुँचयोग्य बनाउन यस अफरमार्फत अतुलनीय मूल्य प्रदान गरिरहेका छौँ ।”

उत्साहजनक सहभागिता र प्रतिक्रियासँगै, एक्स्पोमा एमजीको उपस्थितिले ब्रान्डप्रतिको लोकप्रियता र नेपालको विद्युतीय मोबिलिटी परिवर्तनप्रतिका सोचलाई प्रस्ट पारेको छ। केवल एक्स्पो अवधिमा मात्र उपलब्ध यी विशेष अफरहरूले आगामी दिनहरूमा उल्लेखनीय रुची र बुकिङहरू बढ्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...