नेभिगेशन
समाज

ग्लोबल आइएमई बैंक र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बंैकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी  र सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले हस्ताक्षर गरेका छन् । 

Ncell
Extreme Energy

सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यकता पर्ने गैर कोषमा आधारित प्रतीत पत्र (लेटर अफ क्रेडिट), बैंक ग्यारेण्टी, डकुमेन्ट अगेन्स्ट पेमेन्ट, डकुमेन्ट अगेन्स्ट असेप्टेन्स, ट्रेड ट्रान्जेक्सन बैंकिङ्ग आदि सुविधाहरु ग्लोबल आइएमई बैंकले उपलब्ध गराउने छ । 

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । 
साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । 

बैंकको ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५५ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । 

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

यसैगरी, सांग्रिला डेभलपमेन्ट बैंकले देशभर रहेका १०९ वटा शाखा तथा ३० वटा एटिएम मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा डिसहोमले निःशुल्क स्याटेलाइट इन्टरनेट उपलब्ध गराउने

युटेलस्याट वनवेबको लो-अर्थ अर्बिट (LEO) स्याटेलाइट प्रविधिमार्फत उपलब्ध गराइएको यो वैकल्पिक कनेक्टिभिटीले बाढीका कारण क्षतिग्रस्त स्थानीय दूरसञ्चार तथा इन्टरनेट पूर्वाधारको विकल्पका रूपमा काम गर्ने अपेक्षा गरिएको छ ।...
इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

इनड्राइभद्वारा राहत तथा पुनस्र्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख सहयोग

अगस्ट २६ मा नेपाल–चीन सीमाक्षेत्र नजिकै गएको हिम तथा चट्टानी पहिरोका कारण आएको भोटेकोशी बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रका नुवाकोट र धादिङका विभिन्न स्थानमा ठूलो मानवीय तथा भौतिक...
यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

यशोदा फुड्स र श्रीराम टोबाकोद्वारा ३ करोड ५१ लाख ५१ हजार नगद र ३० लाख बराबरको चाउचाउ सहयोग

उक्त रकम बराबरको चेक ग्रुपका अध्यक्ष कमल किशोर मालपानी र चेयरमेन चुन्न प्रसाद शर्माले संयुक्त रूपमा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए ।
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...