नेभिगेशन
समाज

नाडा अटो शो मा साइमेक्स इंकले लन्च गर्यो बीवाईडी एट्टो २

काठमाडौँ ।  नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले अल–न्यु बीवाईडी एट्टो २ सार्वजनिक गरेको छ । पहुँचयोग्य अर्थात सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रुपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच सार्वजनिक गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त अनावरण समारोह प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एमबेसडर हरिबंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

Ncell
Extreme Energy

बीवाईडी एट्टो २ ले सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्याण्डलिङ र एसयूभीको व्यवहारिकता संयोजन गरेको छ । यसमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँछ ।  

BYD-ATTO-2-1755667686.jpg
बीवाईडी एट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जर समेत समावेश छ । 

कम्प्याक्ट आकारमा दमदार एसयूभी डिजाइन

कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी एट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ । ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेस सहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकोले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ । 

बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाटको क्रान्तिकारी ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लुएलटीपी अनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ। यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ ।  

यसमा भएको डायनामिक एक्स्टेरियर डिजाइनमा फुल एलईडी हेडलाइट, एलईडी डे टाइम रनिङ लाइट, फ्लोटिङ रूफलाइन र एलईडी टेललाइट बार समावेश छ। यसकारण नै यो गाडी सडकमा बोल्ड  र युथफुल देखिन्छ । पछाडि पुरै फैलिएको लाइट बारको माथि रहेको आकर्षक रूफ स्पोइलर अंग्रेजी नम्बर ८ जस्तै देखिन्छ र ‘मोबियस इन्फिनिटी रिङ’ ले असीमित शुभकामनाको प्रतीकको झलक दिन्छ । 

इन्टेलिजेन्ट फिचर सहितको प्रिमियम क्याबिन

बीवाईडी एट्टो २ को भित्रतिर रहेको सिन्थेटिक लेदर अपहोल्स्ट्री, भेन्टिलेटेड फ्रन्ट सिट, ६–वे पावर ड्राइभर सिट र ४–वे पावर प्यासेन्जर सिटले स्टाइल र व्यावहारिकताको संयोजन गराएको छ ।  फ्ल्याट ईभी फ्लोर डिजाइन र ६०र४० तरिकाले स्प्लिट गर्न सकिने रियर सिटले अतिरिक्त सामान राख्न मिल्ने गरी कार्गो फ्लेक्जिबिलिटीको सुविधा दिन्छ ।

बीवाईडी एट्टो २ मा उपलब्ध १२।८ इन्चको इन्टेलिजेन्ट रोटेटिङ टचस्क्रिन, एप्पल कारप्ले र एन्ड्रोइड अटो, ८।८ इन्चको एलसीडी इन्स्ट्रयुमेन्ट क्लस्टर, भ्वाइस असिस्टेन्ट र वायरलेस स्मार्टफोन चार्जिङ जस्ता फिचरले प्रविधि अनुभवलाई केन्द्रमा राखेको छ । 

ब्लेड ब्याट्री र सेल–टु–बडी प्रविधि

नयाँ बीवाईडी एट्टो २ बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री तथा एड्भान्स्ड सेल–टु–बडी (सीटीबी) निर्माण प्रविधिका साथ आउँछ, जसले सुधारिएको स्पेस, एफिसियन्सी, बडी रिजिडिटी र प्यासेन्जर सेफ्टीका लागि ब्याट्री प्याकलाई सिधै च्यासिसमा एकीकृत गर्छ ।  

कोबाल्ट र निकेलमुक्त ब्लेड ब्याट्रीमा लिथियम आइरन फस्फेट (एलएफपी) रसायनको प्रयोग हुन्छ र यो लामो समय सम्म टिकाउ, दीर्घकाल सम्म प्रयोग गर्न सकिने र उच्च तापक्रममा पनि उपयुक्त हुन्छ । यी सबैका लागि यो ब्याट्रीले उद्योगकै कडा नेल पेनेट्रेसन टेस्ट सफलतापूर्वक पास गरिसकेको छ।

लेभल २ एडास सहितको एड्भान्स्ड सेफ्टी

बीवाईडी एट्टो २ मा लेभल २ एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) उपलब्ध छ, जसमा निम्न फिचर समावेश छन्ः
एडेप्टिभ क्रुज कन्ट्रोल (एसीसी)
लेन डिपार्चर वार्निङ र असिस्ट (एलडीडब्लु एन्ड एलडीए)
ट्राफिक जाम असिस्ट (टीजेए)
अटो इमर्जेन्सी ब्रेकिङ (एईबी)
इन्टेलिजेन्ट स्पिड लिमिट कन्ट्रोल (आईएसएलसी)
राडार सेन्सर सहितको ३६० डिग्री भ्यु मोनिटर 

यस वाहेक ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), ट्रयाक्सन कन्ट्रोल (टीसीएस), हिल डिसेन्ट कन्ट्रोल (एचडीसी) र आईसोफिक्स एङ्कर लगायतले पुरै सुरक्षा सुनिश्चित गर्छन् । 

नाडा ग्राहकका लागि लन्च अफर

साइमेक्स इंकले बीवाईडी एट्टो २ को एक भेरिएन्ट मात्र उपलब्ध गराएको छ र यसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकिएको छ, जसमा ७ किलोवाटको वाल चार्जर पनि समावेश छ । यस वाहेक नाडा अटो शो २०२५ मा बुकिङ गर्ने ग्राहकहरूले निम्न विशेष फाइदा समेत प्राप्त गर्नेछन्ः
निःशुल्क १ वर्षको अटो प्लस इन्सुरेन्स
निःशुल्क ३।३ किलोवाट पोर्टेबल चार्जर
१० वर्षको विस्तारित वारेन्टी
निःशुल्क एसेसरिज प्याकेज
निःशुल्क १० वर्ष सम्म बीवाईडी एप कनक्टिभिटी 

कलर र उपलब्धता

बीवाईडी एट्टो २ चार आकर्षक कलर अप्सन ब्रिज ग्रीन, हार्बर ग्रे, कसमस ब्ल्याक र स्की ह्वाइटमा उपलब्ध छ, जसको भित्री इन्टेरियरमा ब्ल्याक फिनिस रहेको छ । अब देशभरका बीवाईडी शोरुमहरुमा यसको बुकिङ समेत खुला गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

एनसेल एपमा ‘शेक एन्ड विन’, मोबाइल हल्लाउँदा उपहार जित्न सकिने

बहुउपयोगी सेल्फ सर्भिस एपका रुपमा स्थापित भईसकेको एनसेल एपको प्रयोगलाई बढावा दिने र डिजिटल सेवा प्रयोगलाई प्रोत्साहन गर्ने उदेश्यले एनसेलले यो अफर संचालनमा ल्याईएको हो । यस अफरमा...
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च

अध्यक्ष वैद्यले नाइमाको दृष्टि “Empowering Growth Through Mobility” र मिसन “Mobility for All” एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको...
एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

एक्स्ट्रिम इनर्जी ड्रिंक्स एनपीएलका ६ फ्रेन्चाइज टोलीको टाइटल स्पोन्सर

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सोमबार आयोजित एक विशेष कार्यक्रममा ६ वटै टोलीका प्रतिनिधि र एग्रो थाई फुड्स प्रालिकी विजनेस हेड सोनिया राणाले सम्झौता पत्रमा...
नयाँ प्रविधि अपनाउन १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

नयाँ प्रविधि अपनाउन १३ जिल्लाका स्थानीय तहमा थ्रीजी सेवा बन्द गर्दै एनसेल, ‘भोल्टे’ सेवाको फाइदा लिन ग्राहकहरूलाई आग्रह

थ्रीजीमा आधारित भ्वाइस सेवा अब फोरजीमा आधारित भोल्टेमार्फत प्रदान हुनेछ । कतिपय ग्राहकले फोरजी चल्ने सिमकार्ड लिएपछि र फोरजी नै चल्ने सेटमा सिमकार्ड प्रयोग गरिरहेका भए पनि थ्रीजी...