नेभिगेशन
समाज

‘कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो’

कर्णाली । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले देखाएको मार्गदर्शनलाई अपनाउँदै जनताको हित र अधिकार रक्षा हुनेगरी काम गर्न प्रदेश सरकारलाई आग्रह गरे । मुलुक सङ्घीयतामा गएसँगै कर्णालीजस्ता पिछडिएका क्षेत्रको विकासमात्र नभई नागरिकको जीवनस्तर माथि उठेकोउनले उल्लेख गरे । 

Ncell
Extreme Energy

उनले भने, “पैसा हामीसँगै छ, टाढा जानुपर्दैन । इच्छाशक्तिले काम गरियो भने कर्णालीले मुलुकलाई केही दिन सक्ने सामथ्र्य राख्छ । अब सङ्घले केही दिएन भनेर गुनासो गर्नुपर्छ जस्तो लाग्दैन । हामीसँग भएको बजेट खर्च गर्ने क्षमता बढाऔँ ।” बजेट खर्च गर्न जिम्मेवार कर्मचारीलाई पुरस्कृत र त्यसमा लापरवाही गर्ने कर्मचारीलाई प्रदेश सरकारले दण्डित गर्ने साहस राख्नुपर्नेमा उनले जोड दिए । 
 
कर्णाली प्रदेश सभामुख नन्दा गुरुङले कर्णालीवासीको सङ्घर्षबाट कान्छो भएर जन्मे पनि प्रदेशको नामकरणमा कर्णालीले जेठो रूपमा स्थापित गरेको बताइन् । उनले सङ्घीयताको कार्यान्वयनपश्चात सबै वर्ग जाति, भेग, क्षेत्रको उत्थानमा सहयोग पुगेको जनाइन् । 

उक्त कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, जिल्ला समन्वय समितिका प्रमुख, वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव, प्रदेश सचिवहरू, सुरक्षा निकायका प्रमुख, कर्मचारी, नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योगमन्त्री  दीपक कुमार साहद्वारा शपथ ग्रहण

नवनियुक्त उद्योग मन्त्री साहले बिहीबार नै शितल निवासमा आयोजित विशेष समारोहकाबीच राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

रसुवा बाढीपछि नेपालले  हानि र नोक्सानी सम्बोधन कोषलाई पठाएको पत्रको जवाफ के आयो ?

विनाशकारी भोटेकोशी बाढीको तत्काल सम्बोधनका लागि नेपालले यही भदौ १५ गते लेखेको पत्रको जवाफ कोषले आज अर्थमन्त्री डा स्वर्णिम वाग्ले र कृषि, वन तथा वातावरणमन्त्री गिता चौधरीलाई सम्बोधन...
जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

“यो महाविपत्तिको मूल कारण हामी नेपाली नभई विश्वव्यापी जलवायु परिवर्तन हो भन्ने कुरामा दुईमत छैन । विपत्तिमा ज्यान गुमाउनुभएका ती निर्दोष नागरिक कुनै पनि रूपमा कारक थिएनन्”, उनले...
प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत

बैठकले नयाँ दिल्लीमा आयोजना हुने नेपाल–इन्डिया इन्टर–गभर्मेन्टल सब–कमिटिको बैठकमा सहभागी हुने नेपाली वार्ता टोली गठन गर्ने निर्णय पनि गरेको छ ।