नेभिगेशन
कर्पाोरेट

ब्रिलियन्टको ‘एड्मिसन डे’मा अभिभावक र विद्यार्थीको उत्साहजनक सहभागिता

काठमाडौँ । ब्रिलियन्ट एजुकेशन एण्ड सर्भिसेजले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सत्य तथ्य सूचना दिने उद्देश्यले गरेको ‘एड्मिसन डे’ सम्पन्न भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार संस्थाको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको संस्थाले जनाएको छ।कक्षा १२ पछि उच्च शिक्षा विदेशबाट लिने योजना बनाएका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीसँगै अभिभावकको पनि राम्रो उपस्थिति रहेको ब्रिलियन्ट एजुकेशनकी निर्देशक कल्पना बस्नेतले जानकारी दिइन् ।

Ncell
Extreme Energy

उनका अनुसार ‘एड्मिसन डे’ कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई विभिन्न १० भन्दा बढी देशका विश्वविद्यालय, शिक्षण संस्था र त्यहाँ अध्ययन गर्न जाँदा लाग्ने खर्च, छात्रवृत्ति लगायत विषयमा जानकारी दिइएको थियो । विद्यार्थी अध्ययनका लागि जान चाहेको देश, विद्यार्थीले पुरा गर्नुपर्ने मापदण्ड र सिकेर जानुपर्ने सीप जस्ता विषय विद्यार्थी तथा अविभावकलाई जानकारी गराइएको निर्देशक बस्नेतले बताइन् । 

अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, डेनमार्क, आयरल्यान्ड, जापान, जर्मनीलगायत विभिन्न देशमा रहेका विश्वविद्यालयका प्रतिनिधिहरूसँग भेटेर विद्यार्थी र उनका अभिभावकले उच्च शिक्षा सम्बन्धी आफ्ना सबै जिज्ञासाको जवाफ प्राप्त गर्ने अवसर ब्रिलियन्ट एजुकेशनको ‘एडमिसन डे’ले दिएको उनको भनाई छ ।

ब्रिलियन्टले १० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालय एवं कलेजका प्रतिनिधिहरू सहभागी गराएर विद्यार्थीहरूलाई त्यहाँको शैक्षिक प्रणाली, छात्रवृत्ति, शुल्क लगायत अन्य मापदण्डबारे जानकारी पनि दिएको थियो । ब्रिलियन्ट शैक्षिक परामर्श क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय छ। ‘शिक्षा सबैको लागि, पहिले देश अनि विदेश’ भन्नेका नाराका साथ शैक्षिक परामर्श क्षेत्रमा ब्रिलियन्ट एजुकेशनले काम गर्दै आइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइटबाट इन्टरनेट दिने

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ।...
“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

“Ultima Aura Earbuds सार्वजनिक हुँदै, Hi-Res Audio र Sony LDAC मा नेपालको पहिलो उपलब्धि हासिल गर्दै”

Hi-Res Audio प्रमाणपत्र, Sony LDAC सुविधा र Sony द्वारा समायोजन गरिएको ध्वनिसहित Aura ले सामान्यतया निकै महँगा अन्तर्राष्ट्रिय इयरबड्समा पाइने प्रविधिहरू नेपाली ब्रान्डमार्फत नेपाली उपभोक्तामाझ ल्याएको छ ।...
बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

बाढी प्रभावित क्षेत्रमा एनसेलको निःशुल्क सेवा अवधि पुनः ७ दिन थप

यससँगै प्रभावित क्षेत्रमा थप एक हप्तासम्म एनसेलका भ्वाइस, डेटा र एसएमएस सेवा निःशुल्क उपलब्ध हुनेछन्। यसअघि एनसेलले बाढी आएको दिन भदौ १० गते प्रभावित क्षेत्रमा तीन दिनसम्म निःशुल्क...
भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

भोटेकोशी बाढीपीडित व्यवसायीका लागि सरकारले ल्यायो यस्तो पुनरुत्थान प्याकेज

सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि राहत, कर छुट, ऋण तथा ब्याज सहुलियत र बीमा दाबी भुक्तानीमा सहज हुने गरी प्याकेज...