नेभिगेशन
कर्पाोरेट

ब्रिलियन्टको ‘एड्मिसन डे’मा अभिभावक र विद्यार्थीको उत्साहजनक सहभागिता

काठमाडौँ । ब्रिलियन्ट एजुकेशन एण्ड सर्भिसेजले उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई सत्य तथ्य सूचना दिने उद्देश्यले गरेको ‘एड्मिसन डे’ सम्पन्न भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार संस्थाको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा विद्यार्थी तथा अभिभावकको उत्साहजनक सहभागिता रहेको संस्थाले जनाएको छ।कक्षा १२ पछि उच्च शिक्षा विदेशबाट लिने योजना बनाएका विद्यार्थीलाई लक्षित गरेर आयोजना गरिएको उक्त कार्यक्रममा विद्यार्थीसँगै अभिभावकको पनि राम्रो उपस्थिति रहेको ब्रिलियन्ट एजुकेशनकी निर्देशक कल्पना बस्नेतले जानकारी दिइन् ।

Ncell
Extreme Energy

उनका अनुसार ‘एड्मिसन डे’ कार्यक्रममा उपस्थित विद्यार्थीहरूलाई विभिन्न १० भन्दा बढी देशका विश्वविद्यालय, शिक्षण संस्था र त्यहाँ अध्ययन गर्न जाँदा लाग्ने खर्च, छात्रवृत्ति लगायत विषयमा जानकारी दिइएको थियो । विद्यार्थी अध्ययनका लागि जान चाहेको देश, विद्यार्थीले पुरा गर्नुपर्ने मापदण्ड र सिकेर जानुपर्ने सीप जस्ता विषय विद्यार्थी तथा अविभावकलाई जानकारी गराइएको निर्देशक बस्नेतले बताइन् । 

अष्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका, डेनमार्क, आयरल्यान्ड, जापान, जर्मनीलगायत विभिन्न देशमा रहेका विश्वविद्यालयका प्रतिनिधिहरूसँग भेटेर विद्यार्थी र उनका अभिभावकले उच्च शिक्षा सम्बन्धी आफ्ना सबै जिज्ञासाको जवाफ प्राप्त गर्ने अवसर ब्रिलियन्ट एजुकेशनको ‘एडमिसन डे’ले दिएको उनको भनाई छ ।

ब्रिलियन्टले १० भन्दा धेरै ख्यातिप्राप्त विश्वविद्यालय एवं कलेजका प्रतिनिधिहरू सहभागी गराएर विद्यार्थीहरूलाई त्यहाँको शैक्षिक प्रणाली, छात्रवृत्ति, शुल्क लगायत अन्य मापदण्डबारे जानकारी पनि दिएको थियो । ब्रिलियन्ट शैक्षिक परामर्श क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि सक्रिय छ। ‘शिक्षा सबैको लागि, पहिले देश अनि विदेश’ भन्नेका नाराका साथ शैक्षिक परामर्श क्षेत्रमा ब्रिलियन्ट एजुकेशनले काम गर्दै आइरहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप कर्पाोरेट
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...