नेभिगेशन
सबै कुरा

खाग चोर्न तस्करले दुई गैँडा मारे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तस्करले दुईवटा गैँडा मारेका छन् । निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत चपरचुली पोष्टबाट तीन दशमलव पाँच किलोमिटर दक्षिण–पूर्वमा खाल्डोमा पारेर गैँडा मारिएका भेटिएको छ । 

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार अन्दाजी ६ वर्ष र १८ वर्षका पोथी गैँडा खाल्डोमा मरेको अवस्थामा भेटिएका छन् । दुवै गैँडा खागविहीन अवस्थामा मृत भेटिएका हुन् । एउटाको खाग काटिएको छ भने ठुलो गैँडाको खाग छैन । 

CG

छ वर्षको गैँडा मार्न  उनिहरुले हालै नयाँ खाल्डो खनेको देखिएको छ भने ठुलो गैँडा मार्न उनिहरुले केहि समय अघिनै योजना बनाएर खाल्डो खनेको देखिएको छ । 

सानो गैँडा अन्दाजी तीन दिन पहिले र ठूलो गैँडा १० दिन जति पहिला खाल्डोमा पारिएको अनुमान गरिएको छ । गत वर्ष पनि तस्करको समूहले अमलटारी क्षेत्रमा दुईवटा गैँडा मारेका थिए  । प्राकृतिक कारणले मात्रै यो वर्ष पाँचवटा गैँडा मरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी, यसअघि नै दर्ता भएका थिए ७ मुद्दा

पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी, यसअघि नै दर्ता भएका थिए ७ मुद्दा

सिंहसहित दोलखाको मेलुङ गाउँपालिका–७ का ५१ वर्षीय लड्डुबहादुर श्रेष्ठले बेरोजगार युवायुवतीलाई बेलायतको म्यान्चेस्टर सहरमा सञ्चालित एक होटलबाट कमदारको माग भएकाले सो होटलमा रोजगारी मिलाइदिने भन्दै ठगी गरेको अनुसन्धानबाट...
नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–८ का २४ वर्षीय सजोल रावत र बेथानचोक गाउँपालिका–३ धुनिखर्कका २५ वर्षीय सरोज तिमल्सिनालाई दुई ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

यी हुन् भिजिट भिसा प्रकरणमा मुद्दा चलाइएका ७ जना, कसलाई कति बिगो ?

आयोगले घुस/रिसवत लिई दिई भ्रष्टाचार गरेको र सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी कसुरमा आरोपपत्र दायर गरेको हो ।
भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

भिजिट भिसा प्रकरणमा तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध मुद्दा दायर

अख्तियारले भट्टराईलाई प्रमुख प्रतिवादी बनाएको छ भने शाखा अधिकृत यज्ञ अर्याल, ट्राभल एजेन्सीका बालकृष्ण खड्का, बिचौलिया खेम सुवेदी, कविता पौडेल लगायत ७ जनालाई प्रतिवादी कायम गरेको हो ।  ...