नेभिगेशन
मुख्य समाचार

प्रधानमन्त्रीलाई बालेनले भने: ‘लिपुलेक हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला’

All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।

काठमाडौँ  । काठमाडौँ महानगरका प्रमुख बालेन शाहले चीन भ्रमणको क्रममा चीनले हाम्रो सावैभौमिककतामाथि आक्रमण गरेको विषयमा समझाउन सुझाव दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत  भारत–चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथि अतिक्रमण भएको बताएका हुन् । 

उनले प्रधानमन्त्रीलाई भ्रमणको शुभकामना दिदै प्रधानमन्त्रीप्रति पूर्ण विश्वास भएको पनि बताएका छन् । उनले लेखेका छन् । 'चीन भ्रमणको शुभकामना प्रधानमन्त्रीज्यु ।
नेपालको लिपुलेक नाकाबाट व्यापार पुनः सञ्चालन गर्ने भारत-चीनको सहमतिले हाम्रो सार्वभौमिकतामाथिको अतिक्रमण गरेको छ, त्यो हाम्रो नै हो भन्ने कुरा चीनलाई सम्झाउन नबिर्सनु होला । 
All the best हामीलाई तपाईं माथी पुर्ण बिश्वास छ ।'

प्रधानमन्त्री आज नै चीन भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग तियान्जिनमा भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्नेछन् । 

सो अवसरमा प्रधानमन्त्री ओलीले शिखर सम्मेलनमा सहभागी केही विश्व नेताहरूसँग समेत भेटवार्ता गर्नेछन् । त्यसैगरी, प्रधानमन्त्री ओलीले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नेछन् । 

शिखर सम्मेलनका क्रममा विभिन्न मित्रराष्ट्रहरूका राष्ट्र तथा सरकार प्रमुखहरूसँग प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।  । 

हालसम्म रूसी महासङ्घका राष्ट्रपति भ्लादिमीर पुटिन, गणतन्त्र माल्दिभ्सका राष्ट्रपति डा मोहमद मिज्जु, कम्बोडिया अधिराज्यका प्रधानमन्त्री डा सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेट, लाओ जनप्रजातान्त्रिक गणतन्त्रका प्रधानमन्त्री सोनेसाइ सिपानडोन तथा समाजवादी गणतन्त्र भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग छुट्टाछुट्टै भेटवार्ता तय भएको प्रधानमन्त्री ओलीले हिजै सदनलाई जानकारी गराई सकेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

बसले ठक्करदिँदा पैदलयात्रीको मृत्यु

जनकपुरबाट काठमाडौँतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा पैदलयात्री रुपन्देहीको देवदह नगरपालिका–८ का ३७ वर्षीय रामबहादुर बोहराको मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब...
घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

घोडाघोडीमा जिपको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

प्रहरी नायब उपरीक्षक अवस्थीका अनुसार गम्भीर घाइते डगौरालाई उपचारका लागि घोडाघोडी अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका हुन् । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
डा.तोसिमाले रास्वपाको विस्तारित बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रमा के छ ?

डा.तोसिमाले रास्वपाको विस्तारित बैठकमा पेस गरेको रिफर्मेसनको मार्गचित्रमा के छ ?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा तोसिमा कार्कीले विस्तारित बैठकमा चार बुँदे मार्गचित्र पेश गरेकी छन्। जेनजी आन्दोलनपछि अवस्था पहिलेको जस्तो नरहने उल्लेख गर्दै उनले उनले पार्टी...
रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

रास्वपाको समानुपातिक उम्मेदवारः जेनजी प्रतिनिधित्व २७ प्रतिशत, विदेशबाट फर्कीनेलाई १० प्रतिशत सुनिश्चित

जेन–जीको स्पिरिटको प्रतिनिधित्वलाई समानुपातिक बन्दसूचीमा समेट्दै २५ देखि ४० वर्षबीचका युवाका लागि उनीहरूको जनसङ्ख्या अनुपातकै आधारमा २७ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरिएको छ। त्यसैगरी, प्रवासबाट उम्मेदवार बन्न फर्किने नेपालीका...

भर्खरै