नेभिगेशन
समाज

काठमाडौँ महानगर प्रहरीको काम सराहनीय छः बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र साहले महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न काठमाडौँ महानगर प्रहरीले सराहनीय काम गरेको बताएका छन् । 
तेत्तीसौँ महानगर प्रहरी दिवसका अवसरमा कार्यक्रममा उनले कानुन, नीतिनियम पालना तथा कार्यान्वयन गराउन सक्रिय भएर लाग्न नगरप्रहरीलाई आग्रह गरे । उनले भने, “महानगरमा अतिक्रमण हटाउने, सार्वजनिक सम्पत्ति संरक्षण गर्ने तथा सुशासन एवं सुव्यवस्था कायम गर्न महानगर प्रहरीले निर्वाह गरेको भूमिकाको म सराहना गर्दछु ।” साथै उनले राज्यका सुरक्षा सङ्गठनबीच सहकार्य एवं समन्वय गर्दै महानगरप्रहरीले काम गर्नुपर्नेमा जोड दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपप्रमुख सुनिता डङ्गोलले व्यक्ति विशेष नभई जनता र संस्थाको हितमा काम गर्न महानगर प्रहरी बललाई निर्देशन दिइन् ।  उनले भनीन्, “नागरिकको सुखदुःख, जात्रा, पर्वमा सधैँ जनतासँगै हुने महानगर प्रहरीले संस्थाको असल प्रतिनिधिका रुपमा काम गर्नुपर्छ ।”

Ncell
Extreme Energy

महानगर प्रहरी बलले सार्वजनिक स्थलमा धूमपान नियन्त्रण,  सडकमा छाडिएका चौपाया, अव्यवस्थित घरटहरा हटाउने तथा विपद् र ढलनिकास व्यवस्थापन, बजार अनुगमन गर्दै आएको छ । महानगर प्रहरीले स्थापना दिवसका अवसरमा स्वयम्भूनाथ र वसन्तपुर दरबार क्षेत्रको सरसफाइका साथै महानगरपालिकाभित्रका विभिन्न स्थानमा वृक्षरोपणसमेत गरेको थियो ।

विसं २०५० भदौ १४ गते स्थापना भएको महानगर प्रहरी बलान हाल ३६२ जना कार्यरत छन् । प्रहरी बलले गत वर्ष नियम उल्लङ्घन गरेका २० हजार ७३४ सवारीसाधन धनी र तोकिएका स्थानबाहेक अन्यत्र फोहर फाल्ने ३९७ जनालाई कारबाही गरेको जनाएको छ । उक्त कारबाहीबाट महानगरलाई रु तीन करोड ५६ लाख प्राप्त भएको छ । 
    
त्यसअवसरमा यस वर्षको ‘महानगर प्रहरी गौरव’ पुरस्कार नगरप्रहरी वरिष्ठ निरीक्षक लक्ष्मी  महर्जनलाई प्रदान गरिएको थियो भने ‘उत्कृष्ट महानगर प्रहरी पुरस्कार’ हवल्दार बालकृष्ण कार्कीलाई र ‘महानगर प्रहरी पुरस्कार’ हवल्दारद्वय विजय तामाङ र मणिराम खनाल हवल्दार तथा प्रहरी जवान फिलिपी सारु मगरलाई प्रदान गरिएको थियो ।

nagarpolice_SIDHAKURA_ktm_7-1756542939.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, यथाशीघ्र ऋण चुक्ता नगरे कानुनअनुसार असुली गरिने

तुलसी सहकारीका ३७७ ऋणीको नाम सार्वजनिक, यथाशीघ्र ऋण चुक्ता नगरे कानुनअनुसार असुली गरिने

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड का ३७७ जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ।
फिफा विश्वकप : अतिरिक्त समयमा गोल गर्दै स्पेन १६ वर्षपछि क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो

फिफा विश्वकप : अतिरिक्त समयमा गोल गर्दै स्पेन १६ वर्षपछि क्वाटरफाइनलमा, पोर्चुगल बाहिरियो

फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।
भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाल र आन्तरिक राजश्वमा डा.भीष्मकुमार भुसाल नियुक्त

भन्सार विभागको महानिर्देशकमा यमलाल भुसाल र आन्तरिक राजश्वमा डा.भीष्मकुमार भुसाल नियुक्त

विभागमा यसअघि निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थमन्त्रालय बाहिरका निकायमा  सरुवा गरिएको छ । विभागको उपमहानिर्देशकमा भने प्रेम प्रसाद आचार्य नियुक्त भएका छन् ।
ललितपुरमा भएको दुर्व्यवहारको घटनामा गृहमन्त्रीले भने, ‘महिलाको साहसलाई सम्मान छ, दोषीलाई कारबाही गर्नेमा दृढ छु’

ललितपुरमा भएको दुर्व्यवहारको घटनामा गृहमन्त्रीले भने, ‘महिलाको साहसलाई सम्मान छ, दोषीलाई कारबाही गर्नेमा दृढ छु’

‘कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन। पीडितले आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था आउनु पनि आफैँमा...

भर्खरै