नेभिगेशन
समाज

चीनको सुरक्षा रणनीतिमा समर्थनबारे संसदमा प्रधानमन्त्रीको धारणा माग

काठमाडौँ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनको सुरक्षा रणनीति (ग्लोबल सेक्युरिटी इनिसियटिभ)मा समर्थन गरेको विषयमा सरकारको धारणा माग गरेका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकको आकस्मिक समयमा विपक्षी दलका सांसदहरूले ग्लोबल सेक्युरिटी इनिसियटिभमा समर्थन गरेको र प्रमुख विकास साझेदार जापानले आत्मसमर्पण गरेको सम्झनामा आयोजित ‘परेड’मा नेपालको सहभागिता सम्बन्धमा सरकारको धारणा माग गरेका थिए । 

Ncell
Extreme Energy

प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले चिनियाँ पक्षले ग्लोबल सेक्युरिटी इनिसियटिभ (जिएसआई)मा नेपालको समर्थन रहेको र भ्रमणदलमा सहभागी नेपाली अधिकारीको ‘होइन’ भने अभिव्यक्तिबारे सदनलाई स्पष्ट पार्नुपर्ने बताए । 

“चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भेटपछि चिनियाँ पक्षले जारी गरेको वक्तव्यमा जिएसआईमा नेपालले समर्थन गर्छ भनेर उल्लेख गरिएको छ”, सांसद पाण्डेले भने, “प्रधानमन्त्रीको भ्रमण दलका नेता र मन्त्रीले यसमा नेपालको समर्थन छैन भन्दै आउनुभएको देखिन्छ । सत्य के हो यो प्रष्ट हुनुपर्छ ।”

सांसद पाण्डेले नेपालको प्रमुख विकास साझेदार जापानले आत्मसमर्पण गरेको अवसरलाई सम्झना गर्न आयोजित परेडमा प्रधानमन्त्रीले भाग लिनु नेपालले अङ्गीकार गर्दै आएको असंलगन परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तको  विरोधमा भएको बताए । उनले भने, “यसबारे प्रधानमन्त्रीले संसद्मा उपस्थित भएर जानकारी गराउनुपर्छ”, ।

उनले नेपालको भूभाग लिपुलेक नाकामार्फत सीमा व्यापार गर्नेसम्बन्धी भारत र चीनबीच हालै भएको समझदारीप्रति प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपतिसमक्ष असहमति राखेकामा धन्यवाद दिए । प्रधानमन्त्रीको आसन्न भारत भ्रमणका क्रममा पनि यसैगरी आपत्ति जनाउन उनले आग्रह गरे । उनले भने, “लिपुलेक कालापानी भारत र नेपालबीचको विषय भन्दै चीन पन्छिएको भन्ने विषय बाहिर आएको छ, हामीले सधैँभरि चीनलाई असल छिमेकी मानेका छौँ । भारत र नेपालको मात्र मामिला हो भनेर चीन पन्छिन मिल्दैन”, । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा चीनको सुरक्षा रणनीतिमा सहमति जनाएको भन्ने बारेमा स्पष्ट पार्न सरकारको ध्यानाकर्षण गराए । उनले भने, “यो नेपालले अङ्गीकार गरेको असंलग्न परराष्ट्र नीतिबाट फरक हो, यदि नेपालले सोसम्बन्धी समर्थन गरेको भए आगामी दिनमा घातक परिणाम निम्तन सक्छ । प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्छ ।” 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अशोककुमार चौधरीले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्नेमा आफूहरूको असहमति नरहेको उल्लेख गर्दै त्यस्ता माध्यमलाई नियमनमा ल्याउनुपर्ने बताए । उनले भने, “सामाजिक सञ्जाल बन्द गर्ने धम्की दिन हुँदैन, सामाजिक सञ्जाल नियमनसम्बन्धी न्यायालयको फैसला कार्यान्वयन गर्न कूटनीतिक प्रयास गर्नुपर्छ” । 

विपद् व्यवस्थापन र रोग नियन्त्रणमा सरकारको कमजोरी स्पष्ट भएको जनाउँदै सांसद चौधरीले वीरगञ्जमा फैलिएको हैजाको स्रोत पत्ता लगाउन नसक्नु विडम्बना भएको बताए । उनले भने, “वीरगञ्जमा हैजा फैलिएको डेढ हप्ता बितिसक्दा पनि स्रोत पत्ता लागेको छैन, जनता त्रासमा छन्, तर सरकार मौन छ”, ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

धाप ड्याम कति जोखिममा, सरकारी अध्ययन टोलीले के निकाल्यो निष्कर्ष ?

लगातारको वर्षापछि ड्यामको उत्तरतर्फ, सिन्धुपाल्चोकको हैबुङतर्फ सडकमुनि पहिरो गएको छ। पहिरोका कारण सडक किनारमा बनाइएको ग्याबिन वाल भासिएको छ भने ह्युम पाइपको जोर्नीमा समेत क्षति पुगेको छ।
१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

१५औँ महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेस सभापति थापाको आह्वान

सभापति थापाले मंगलबार ‘हार्दिक आह्वान’ जारी गर्दै असोज ३ र ४ गते हुने वडा अधिवेशनमा सक्रियतापूर्वक सहभागी हुन कांग्रेसजनलाई आग्रह गरेका हुन्। उनका अनुसार १५औँ महाधिवेशन असोज १६...
सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।
बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

बङ्गलादेशमा आवामी लिगका सात नेताविरुद्ध मृत्युदण्डको फैसला

अदालतले उनीहरूलाई हत्या तथा मानवताविरुद्धको अपराध र हत्याका लागि उक्साएको अभियोगमा दोषी ठहर गरेको हो। सजाय सुनाइएकामध्ये आवामी लिगका पूर्वमहासचिव ओबैदुल कादेर र पूर्वमन्त्री मोहम्मद अली अराफात रहेका  ...