नेभिगेशन
मुख्य समाचार

दर्ता नभएका सामाजिक सञ्जाललाई बन्द गर्न दुरसञ्चार प्राधिकरणलाई निर्देशन

काठमाडौँ । सूचीकरणका लागि नआएका सबै सामाजिक सञ्जाललाई बन्द गर्न सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ । 

बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा बसेको सञ्चारमन्त्रीसहित सरोकारवाला निकायको बैठकले बिहीबारदेखि नै नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जाल सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थीत गर्ने निर्देशिका, २०८० बमोजिम सात दिनको म्याद दिइ सामाजिक सञ्जाल प्लेटफर्महरुलाई सूचिकरण गर्न सरकारले भाद्र १२ गते सार्वजनिक सूचना प्रकाशन गरेको थियो । 

उक्त समयसिमाभित्र सूचीकरणका लागि सम्पर्क गर्न नआएका सामाजिक सञ्जाल प्लेटफर्महरुलाई नेपालभित्र निष्क्रिय गराउने निर्णय गरिएको सञ्चारमन्त्री पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । उनले सूचीकरण गराउन आएमा सोहि क्षणदेखि पुनः सक्रिय गराउन नेपाल दुरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको उल्लेख गरे । 

सञ्चार मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, वीटक, निम्बुज र पोप्पो लाइभ सूचिकरण भएका छन् । त्यस्तै टेलिग्रामसहित २ एपले दर्ता गर्नको लागि निवेदन दिएका छन् । 

543511509_24591568523835547_4042037997197093020_n-(2)-1756978094.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ

नेपाल ट्रष्टका नाममा दर्ता कायम रहेको काठमाडौँको जग्गा बद्नीयत राखेर हानिनोक्सानी हुनेगरी भाडा सम्झौता दिएको पाइएपछि उक्त घटनाको अनुसन्धानका लागि कार्कीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का...
हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

हङकङ इन्टरनेशनल सिक्सेसः नेपालद्वारा भारत ९२ रनले पराजित

जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२र१२ रन बनाए भने...
रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

रविमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध चलाइएको हस्ताक्षर अभियानको खर्च विवरण सार्वजनिक

अभियानका संयोजक बोहराका अनुसार अभियानका लागि कुल ६७ लाख ५९ हजार ५ सय २२ रुपैयाँ सहयोग प्राप्त भएको छ । जसमा केन्द्रीय कार्यालयमा रसिदबाट नगद  ११ लाख १३...
भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

भासिएको ८ वर्षसम्म पनि पुनःनिर्माण हुन सकेन जब्दिघाट पुल

पुल्चोक इन्जिनियरिङ क्याम्पस अन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ्ग कन्सल्टेन्सी सर्भिसेजको प्रतिबेदन अनुसार जमीनमुनि १६ मीटरसम्म पाइल राख्नु पर्नेमा ५ मीटरसम्म मात्र राखिएको भेटिएको प्रतिबेदन उल्लेख गरिएको छ । जसका...