नेभिगेशन
मुख्य समाचार

डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी छः मन्त्री दाहाल

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातामन्त्री देवेन्द्र दाहालले डिजिटल नेपाल बनाउन सवारीमा इम्बोस्ड नम्बर जरुरी भएको बताएका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा शून्य र विशेष समयमा उठेका सवालको जवाफ दिन समयको माग गर्दै उनले सवारीमा एम्बोस्ड नम्बरका लागि सम्झौता पहिला नै भइसकेको हुनाले इम्बोस्ड नम्बर जडान गर्नैपर्ने भएको बताए । उनले भने, “सवारी साधानमा इम्बोस्ड नम्बर जडान गर्नका लागि तीन पटकसम्म सम्झौता भएको देखिन्छ, वर्तमान सरकारले सम्झौता गरेको होइन । जडान नगर्ने हो भने रु तीन अर्ब पैसा सित्तैमा निर्माण कम्पनीलाई दिनुपर्ने हुन्छ ।”

उनले पहिला नै सम्झौता गरिएको र कुनै चीज उत्पादन नगरिकन पैसा तिर्नुपर्ने भएकाले वर्तमान सरकारले इम्बोस्ड नम्बर राख्नुपर्ने आवश्यकता परेको बताए । उनले भाषा अंग्रेजीमा हुँदा कुनै पनि फरक नपर्नेसमेत स्पष्ट पारेका छन् । मन्त्रालयले यस प्रक्रियालाई अघि बढाएको जानकारी दिँदै उनले व्यक्ति, निजी वा सरकारी सवारी साधनका लागि अहिलेसम्म ६ लाख ३५ हजार पाँच सय ४५ छपाइ भइसकेको  र ८७ हजार ९८९ इम्बोस्ड नम्बर जडान भइसकेको जानकारी दिए ।

उनले भने, “नेपाल सरकारले डिजिटल नेपालको अवधारणालाई आत्मसाथ गर्दै सरकारका तर्फबाट प्रवाह हुने सेवाहरु राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी चालक अनुमतिपत्र, जग्गादर्ता लगायतका क्षेत्रमा गरेको अवस्था छ । सो अनुरुप यातायात क्षेत्रलाई पनि डिजिटल क्षेत्रमा लैजानुपर्ने जरुरी छ, सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरेपछि देशभरका सवारी साधनको एकीन विवरण हुनेछ ।”

उनले सवारी इजाजतका बारेमा एकिन विवरण हुने, सवारीसाधन चोरी, राजस्व छलिका विषयमा रोक्न पनि सहज हुने र सवारी साधानमा इम्बोस्ड नम्बर जडान गर्न निर्देशिकासमेत जारी भएको जानकारी गराए । मन्त्री दाहालले सवारी साधनको पहिचानका लागि सङ्केत नम्बर प्रविधिको कारण अंग्रेजी भाषामा राख्नुपर्ने हुँदा अन्तरदेशीयरुपमा आवतजावतमा सहयोग पुग्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...