नेभिगेशन
मुख्य समाचार

झन्डोत्तोलन गर्दै मनाइयो  नेपाल रेडक्रस स्थापना दिवस

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीको ६३औंँ स्थापना दिवस विविध कार्यक्रम आयोजना गर्दै मनाइएको  छ ।  नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा नेपाल रेडक्रसका निमित्त कार्यकारी निर्देशक धर्मदत्त विडारी र रेडक्रसको अन्तरराष्ट्रिय समितिका नेपाल प्रमुख सन्देश श्रेष्ठले संयुक्त रूपमा रेडक्रसको झण्डोत्तोलन गरिएको थियो । 

सो अवसरमा निमित्त निर्देशक विडारीले नेपाल रेडक्रसको उन्नयनका लागि साथ र सहयोग गर्नुहुने सबैप्रति हार्दिक धन्यवादसहित नेपाल रेडक्रसको संस्थागत विकास तथा सेवामूलक गतिविधिमा सबैबाट निरन्तर सहयोग प्राप्त हुनेमा विश्वास व्यक्त गरेका थिए । नेपाल रेडक्रसले गतवर्ष देशका विभिन्न स्थानमा आएको बाढीपहिरो, आगलागी र शीतलहरबाट प्रभावित ४ हजार ९०६ परिवारलाई  नेपाल रेडक्रसले राहत सामग्री वितरण गरेको थियो ।

साथै, ५हजार ३३ परिवारलाई पूर्वानुमानमा आधारित पूर्वकार्य, पुनर्लाभ, प्रतिकार्य र जीविकोपार्जनका लागि कूल रु १२ करोड २४ लाख २० हजार नौ सय ४ रुपैयाँ बराबरको नगद सहायता उपलब्ध गराइएको छ । आपत्कालीन परिस्थितिको तयारीस्वरूप, नेपाल रेडक्रसले हाल १ केन्द्रीय, ६ प्रदेशस्तरीय र ५ उपक्षत्रीय गोदामको साथै सबै जिल्ला शाखामा आवश्यक उद्धार तथा राहत सामग्रीको भण्डारणको व्यवस्था मिलाएको छ ।

सो अवसरमा नेपाल रेडक्रस सोसाइटीको मानवीय मूल्य तथा सञ्चार विभागका निर्देशक विपुल न्यौपानेले गत एक वर्षमा नेपाल रेडक्रस सोसाइटीले पुर्‍याएको सेवाका बारेमा जानकारी प्रस्तुत गरेका थिए ।  ‘म सेवा गर्छु ’ भन्ने मूलमन्त्र राखी नेपाल रेडक्रसले सरकारको सहयोगीको रूपमा रही सङ्गठन विकास, जुनियर तथा युवा विकास, विपद् तथा सङ्कट व्यवस्थापन, सामुदायिक विकास, लैङ्गिक तथा समावेशीकरण, मानवीय मूल्य तथा रेडक्रस सिद्धान्तको प्रवद्र्धन, स्वास्थ्य सेवा, रक्तसञ्चार सेवाजस्ता महत्वपूर्ण गतिविधि देशैभरी सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा आइसिआरसीका नेपाल कार्यालय प्रमुख सन्देश श्रेष्ठले विगतको द्वन्द्व, भूकम्प र कोभिड महामारीका बेला नेपाल रेड्क्रस सोसाइटीसँग मिलेर गरिएको सहकार्यको स्मरण गरेका थिए । विदेशयात्रा, बसाइसराइँ र द्वन्द्वलगायतका कारण व्यक्ति बेपत्ता हुनेक्रम विश्वमा नै बढेकोले नेपालमा आइसिआरसीले नेपाल रेड्क्रससँग मिलेर बेपत्ता व्यक्तिको खोजीमा सहकार्य गरिरहेको जानकारी दिए ।

कार्यक्रममा रेडक्रसका युवाप्रतिनिधि सुरजकुमार सिंहले नेपाल रेडक्रसले युवाको नेतृत्व विकासका गतिविधि सञ्चालन गरी युवालाई सहभागी हुने अवसर दिँदै आएकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि युवालाई स्थान दिइने अपेक्षा गरिएको बताए ।

दिवसका अवसरमा नेपाल रेडक्रस सोसाइटी कर्मचारी कल्याण कोषद्वारा आयोजित कार्यक्रममा संस्थामा २५ वर्ष काम गरिसकेका कर्मचारीलाई सम्मान, कर्मचारीका छोराछोरीलाई प्रोत्साहनस्वरुप शैक्षिक सहयोग र प्रशंसापत्र वितरण गरिएको थियो । साथै विश्व रेडक्रस दिवसको अवसरमा आयोजना गरिएको फोटो तथा भिडियो प्रतियोगिताका विजयीलाई नगदसहित प्रमाणपत्र वितरण गरिएको थियो । दिवसकै अवसरमा आज रेड्क्रसको केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।  कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी कर्मचारी कल्याण कोषका सभापति अमरमणी पौडेलले कोषमा रहेको रकमको उचित व्यवस्थापन गरिएको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

एनपिएलः सुदूरपश्चिमको दोस्रो जित, शीर्षस्थानमा उक्लियो

पहिलो खेलमा सुदूरपश्चिमले काठमाडौँ गोर्खाजमाथि २९ रनको जित निकाल्दै सुखद सुरुआत गरेको थियो । योसँगै पोखरा दोस्रो खेलमा पनि पराजित भएको हो । पहिलो खेलमा पोखरा विराटनगर किङ्ससँग...
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा ५३ जनामाथि मुद्दा

तीमध्ये १४ जना धरौटीमा छुटेको र ३९ जनामाथि अनुसन्धान भइरहेको उनले बताए । वडा प्रहरी कार्यालय बैदामबाट तीन जना र अन्यलाई जिल्ला प्रहरी कार्यालयबाट मुद्दा चलाइएको हो ।...
जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

जिल्ला सुरक्षा समिति र जेन जी समूहबीच वार्ता जारी(तस्बिरहरु)

बुधबार बारा जिल्लाको सिमरामा जेन जी समूह र नेकपा एमाले निकट नेता तथा कार्यकर्ता बीच भएको झडप र त्यस पछिको सिर्जित अवस्था अन्त्यका लागि शुक्रबार सशस्त्र प्रहरी बल,...
‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

‘जेनजी’ अगुवा र प्रशासनबीच वार्ता, सिमराको अवस्था सामान्य बन्दै

वार्तामा ‘जेनजी’ पक्षबाट बारा संयोजक सम्राट उपाध्यायसहित १८ जना र प्रशासनका तर्फबाट प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रसहित सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको सहायक प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम भट्टराईले...