नेभिगेशन
मुख्य समाचार

बालबालिकासम्बन्धी विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौँ । प्रतिनिधिसभाले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छफलका लागि विषयगत समितिमा पठाएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले राख्नुभएको उक्त विधेयकलाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभाको सर्वसम्मति स्वीकृति प्राप्त भएको थियो । सभामुख घिमिरेले उक्त विधेयकमाथि संशोधन राख्न चाहनेले प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गराउन सक्ने जानकारी गराए ।

City Express

सभामुख घिमिरेले बिहीबारको बैठकको कार्यसूचीमा रहेको राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि पुनर्विचार गरियोस्’ भन्ने कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराए । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते दिउँसो १ बजे बस्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय पछि गोकुल बाँस्कोटाः 'कानुन बनाउन भनेको, सरकारले नर्थ कोरिया पो बनाउन लागेछ'

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय पछि गोकुल बाँस्कोटाः 'कानुन बनाउन भनेको, सरकारले नर्थ कोरिया पो बनाउन लागेछ'

उनले फेशबुकमा लेखेका छन्, ‘नियमनको प्रविधिको प्रबन्ध मिलाउने र कानुन बनाउने भनेथे मैले। तर सरकारले नर्थ कोरिया पो बनाउने भएछ। विकृति अन्त गर्न सूचनामा बिर्को लगाउने हैन नि।’...
सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत, सरकार उल्टोबाटो हिड्योः गगन थापा

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गलत, सरकार उल्टोबाटो हिड्योः गगन थापा

उनले आफ्नो फेसबुकमा स्टाट्स लेख्दै सरकारको यस कमदमको विरोध जनाएका हुन । उनले भने, ‘सामाजिक सञ्जालको विषयमा सरकारले जुन निर्णय गरेको छ, त्यो गलत छ। सरकार उल्टो बाटो...
सञ्चार मन्त्रीको निहित स्वार्थ र नयाँ दलसँगको डरले सामाजिक सञ्जाल बन्द गरेर समाजलाई ढुङ्गे युगमा फर्काउन खोजियो: रास्वपा

सञ्चार मन्त्रीको निहित स्वार्थ र नयाँ दलसँगको डरले सामाजिक सञ्जाल बन्द गरेर समाजलाई ढुङ्गे युगमा फर्काउन खोजियो: रास्वपा

उनले भने,'सरकारले अहिले चालेको कदम आवरणमा नियमन देखिए पनि सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङलाई उनको सल्लाहकार टिमले को कुनै व्यवसायिक लाभको उद्देश्यले दिएको सुझावका आधारमा देखाइएको इगोको उपज...

भर्खरै